अन्नपूर्ण हिमाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अन्नपूर्ण
Annapurna South Face.jpg
अन्नपूर्णको दक्षिणी मोहोडा
उचाई ८,०९१ m (२६,५४५ ft)
दसौं स्थान
Prominence २,९८४ m (९,७९० ft)[१][२]
Parent peak चोयू
सूचिकृत आठ-हजारी
Ultra
Location
अन्नपूर्ण is located in Nepal
अन्नपूर्ण
नेपालको मध्य भाग
शृंखला हिमालय पर्वत श्रृङ्खला
निर्देशांक 28°35′46″N 83°49′13″E / 28.59611, 83.82028}
Climbing
प्रथम आरोहण माउरिस हर्जोग र लुइस लचेनलद्वारा १९५० मा
सजिलो मार्ग हिउँ/हिउँको पहाड

Annapurna (Sanskrit, Nepali, Nepal Bhasa: अन्नपूर्णा) is a section of the Himalaya in north-central Nepal that includes 8091 meter (26,545 ft) Annapurna I, thirteen additional peaks over 7000 meters and 16 more over 6000 meters.[३]. This section is a ५५ km (३४ mi)-long massif. Annapurna I is tenth among Earth's fourteen eight-thousanders. It rises east of the Kali Gandaki Gorge separating it from Dhaulagiri massif. 8167 meter Dhaulagiri I is 34 km to the west and the gorge between is considered Earth's deepest.

अन्नपूर्ण (प्रथम) ८,०९१ मि. हिमाल संसारको दशौं अग्लो र नेपालको नवौं अग्लो हिमाल हो। यसको उचाइ ८,०९१ मिटर छ।

प्रथम आरोहण[सम्पादन गर्ने]

सन् १९५०मा फ्रान्सेली आरोहण दलले धौलागिरी अथवा अन्नपूर्ण पर्वत आरोहण गर्ने अनुमति पाएको थियो। सोही अनुरूप अन्नपूर्ण हिमाल आरोहण गर्ने उद्देश्यले ५ अप्रिल, १९५०मा फ्रान्सेली दल नेपाल आयो। आरोहण दलमा जिन कौजी , लुइस लचेनल, ग्यास्टन रिवुफत , मार्सल स्कातज र लायोनल टेरी रहेका थिए। सोही दलमा चिकित्सक जाकेस औडत , फोटोग्राफर मार्सल आइचक र कुटनैतिक एवम् संयोजन प्रमुखको पनि सहभागिता थियो। Groupe de Haute Montage का महासचिव माउरीस हर्जोगले दलको नेतृत्व गरेका थिए। सरदार आङ्गथार्केको मातहतका ८ जना शेर्पाहरू आरोहण कार्यका सहयोगी थिए। उत्तर पश्चिम धारबाट पहिलो आरोहण गर्ने प्रयास भएकोमा यसलाई परिवर्तन गरी उत्तरी मोहोडाबाट चढ्ने निर्णय भयो। शिविरबाट पाचौं शिविरसम्म पुग्न १० दिन लाग्यो। यति ठूलो र अपरिचित पर्वतको लागि यो समय छिटो थियो। आरोहीहरूले विहान सवेरै चढाइ सुरू गरे पनि अपरान्हतिर हिउँ पर्ने हुनाले शिविरमा पुग्दा दिनहुँ बाटो अवरुद्ध हुन्थ्यो। हिमपातको कारणले गर्दा हिमपहिरो आउने सम्भावना हुन्थ्यो। अन्नपूर्णको उत्तरी मोहोडा हिउँ पहिरोको खतरा हुने ठाउ मानिन्छ। मध्यान्हतिर ३० देखि ५० सेन्टिमिटर बाक्लो हिउँ पर्नाको कारण बढी खतारायुक्त अवस्था थियो। अनेकौ कठिनाइको बावजुद हर्जोग र लचेनल पाचौं शिविरमा पुगे। हर्जोगले आङ्गथार्की शेर्पालाई जुन ३ सम्म शिखर आरोहण गर्ने मौका दिएका थिए तर हिउँले उनका पैताला खाएको हुनाले आरोहण त्यागेर तल फर्के। जुन २मा जोडसँग हावा चलेको हुनाले पाल तथा सामान तितरवितर भए। पाल तथा कपडाहरूमा हिमपात भै थुप्रो लाग्यो। त्यस रातमा उनीहरू सुत्न पाएनन। यस प्रकारको जटिल परिस्थितिले लचेनललाई विहृवल बनायो र उनी तल झर्ने विचार गरे तर हर्जगले आरोहणलाई निरन्तरता दिन अनुरोध गरे। लचेनलले हर्जोगको अनुरोध स्वीकार गरी उनकै साथमा लागे। अक्सिजन प्रयोग नगरीकन सन् १९५० जुन ३मा ती दुवैजना अन्नपूर्ण(प्रथम)को शिखरमा पुगे। हिउँले हात तथा पैताला खाएर गम्भीर रूपमा बिमारी भए पनि अन्नपूर्ण(प्रथम)को प्रथम आरोहण सम्पन्न गरेकोमा दुवैजना प्रशन्न देखिन्थे।

पर्वतारोहणको ऐतिहासिक तालिका[सम्पादन गर्ने]

  • सन् १९५० - फ्रान्सेली नागरिक माउरिस हर्जोग (Maurice Herzog)को नेतृत्वमा ८,००० मिटरमध्येको अन्नपूर्ण प्रथम आरोहण दल पठायो। जुन ३मा माउरिस हर्जोग र लुइस लचेनल अन्नपूर्ण(प्रथम)को शिखरमा पुगे। यो अन्नपूर्ण(प्रथम)को पहिलो आरोहण हो।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "Annapurna" 
  2. "Nepal/Sikkim/Bhutan Ultra-Prominences - peaklist.org" 
  3. H. Adams Carter (1985), "Classification of the Himalaya", American Alpine Journal (American Alpine Club) 27(59): 127–9, <http://c498469.r69.cf2.rackcdn.com/1985/109_carter_himalaya_aaj1985.pdf>. Retrieved on १ मे २०११ 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]