धौलागिरि हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धौलागिरी हिमालबाट अनुप्रेषित)
धौलागिरि
सर्वोच्च बिन्दु
उचाइ८,१६७ मी (२६,७९५ फिट)
सातौँ स्थान
प्रमुखता३,३५७ मी (११,०१४ फिट)[१]
५५ औँ स्थान
अभिभावक शिखरके२
भिन्नता३१८ किमी (१९८ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
Ultra
भूगोल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
क्षेत्रNP
हिमशृङ्खलाधौलागिरी हिमाल
आरोहण
पहिलो आरोहणमे १३, १९६० मा स्विस/अस्ट्रियाका दलद्वारा
सबैभन्दा सजिलो मार्गउत्तर-पूर्वी चट्टानी बाटो

धौलागिरि (वा धवलागिरि) संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ। यसको पूर्वमा काली गण्डकीको गहिरो गल्छीको अर्कोपट्टि अन्नपूर्ण हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरिको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।

उल्लेखनीय आकृति[सम्पादन गर्नुहोस्]

सन् १८०८मा पश्चिमाहरूले पत्ता लगाएपछि धौलागिरिलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइन्थ्यो तर कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो। स्थानीय भूधरातलमा भएको अग्लाइको आधारमा धौलागिरिजस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपूर्वमा ३० किमिको तेर्सो दूरीमा कालीगण्डकीको गल्छीदेखि ७००० मिटरमाथि उठेको छ। धौलागिरि र अन्नपूर्णजस्ता दुई आठ-हजारी हिमाल नदी नजिकै गल्छी वारिपारि रहेकोले कालीगण्डकी गल्छीलाई अनौठो गल्छीको रूपमा लिइन्छ।

चित्रदीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Greg Slayden, "Dhaulāgiri, Nepal", Peakbagger.com Peak Lists 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]