कालीगण्डकी नदी
कालीगण्डकी | |
---|---|
![]() Kali Gandaki River, Nepal | |
![]() Map showing the Ghaghara and Gandaki tributaries of the Ganges. | |
स्थानीय नाम | Error {{native name}}: an IETF language tag as parameter {{{1}}} is required (help) |
स्थान | |
Country | तिब्बत, चीन |
भौतिक विषेशताहरू | |
मुख | |
• स्थान | देवघाट, तनहुँ |
लम्बाइ | 630 units? |
जलाधारका विशेषताहरू | |
सहरहरू | लोमान्थाङ |
कालीगण्डकी अथवा गण्डकी नदी संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भैरहेको छ। यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ।
नदीको उदगम
[सम्पादन गर्नुहोस्]कालीगण्डकीको नदी तिब्बतमा उत्त्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ। कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ।
काली गण्डकी गल्छी
[सम्पादन गर्नुहोस्]जोमसोम र टुकुचे हुँदै बगेपछि काली गण्डकी संसार कै सबैभन्दा गहीरो गल्छी कालीगण्डकी खोंच भएर बग्छ जसको पश्चिममा धौलागिरी (८१६७ मी.) तथा पूर्वमा अन्नपूर्ण (८०९१ मी.) हिमाल पर्दछन्। उक्त गल्छीको उँचाई १३०० मी. देखि २६०० मी. सम्म छ जुन अन्नपूर्ण र धौलागिरीको चुचुरोबाट ५५०० देखि ६८०० मी. तल पर्दछ।
सहायक नदीहरू
[सम्पादन गर्नुहोस्]उक्त खोंचबाट निस्केपछि गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, कुश्मा नजीकै मोदी खोला, रूद्रबेनीमा बडी गाड, आँधिखोला आदि मिसिन्छन्। त्यसपछि काली गण्डकी पूर्व तर्फ मोडिन्छ जुन देवघाटमा गएर सेती गण्डकी तथा त्रिशुली नदी सँग मिसिएर दक्षिण तर्फ बहन थाल्दछ। देबघाटबाट पहाडी भूभाग छिचलेर बहन थालेपछि यसलाई नारायणी तथा सप्त गण्डकी भनिन्छ।
कालीगण्डकी किनाराका बस्ती
[सम्पादन गर्नुहोस्]यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा फलेवास, पूर्तीघाट, सेतीबेनी, मिर्मी, रुद्रबेनी, रिडी, डेढगाउँ देवघाट, नारायणघाट रामपुर तथा चापाकोट तथा त्रिबेणी।
शालिग्राम पाइने ठाँउ
[सम्पादन गर्नुहोस्]हिन्दू धर्मका विष्णु भगवानको साक्षात् रूप मानिने अति दुर्लभ शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको तथा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्त्वसमेत रहेको छ । रामपुर नगरपालिकाको वडा न १ मा शालीग्राम संग्राहलय समेत छ ।
कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो परियोजनाहरूमध्ये पर्दछ। यसबाट उत्पादित १४४ मेगावाट बिजुली प्रसारण लाईन मार्फत सिधै बुटवल तथा नेपालको मुख्य प्रसारण लाईनमा जोडिएको छ। यसबाट भारतमा पनि बिद्युत प्रसारण गरिन्छ। कालिगण्डकी परियोजनाले मिर्मी तथा बेल्टारीको जनजीवन उकास्नमा राम्रो सहयोग पुर्याएको छ, नयाँ बाटोघाटो, निर्माणहरू तथा दर्पुक बेल्टारी पुल पनि बनेको छ।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
कालीगण्डकी नदी
-
कालीगण्डकी नदी
-
कालीगण्डकी नदी
-
कालीगण्डकी नदी
-
कालीगण्डकी नदी
-
कालीगण्डकी नदी
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]