सामग्रीमा जानुहोस्

कोशी बाँध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोशी बाँध
निर्देशाङ्क२६°३१′३५″N ८६°५५′३७″E / 26.5263°N 86.9269°E / 26.5263; 86.9269

कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो । यो नेपाल-भारत सीमाक्षेत्रमा नेपालको सुनसरीसप्तरी जिल्लाको बीचमा बनेको छ । यो बाँध नेपाल-भारतीय सीमा नजिकै रहेको छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो ।[] २५ अप्रिल १९५४ मा नेपाल र भारत सरकार बीच कोशी सम्झौतामा हस्ताक्षर भएपछि यसको निर्माण गरिएको थियो।[][] यो ब्यारेज भारतको जोसेफ एण्ड कम्पनी लिमिटेडले डिजाइन र निर्माण गरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष ब्यारेजबाट लगभग ३-४ माइल उत्तरमा छ।

यो नेपालमा रहेता पनि सम्झौता अनुरूप सय वर्षसम्म भारतीय अधिकारीहरु द्वारा नियन्त्रित छ । यस बाँधमा ५६ ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ । खासगरी यसको अधिकार भारतिय अधिकारीहरूसँग भएकाले नेपालले चाहेर पनि आफुले चाहेका बेलामा खोल्न वा बन्द गर्न सक्दैन । त्यसैले कुनै बेला बाढि, पहिरो आयो भने र नेपाली भूमी जलमल्ल भयो भने नेपाली पक्षले भारतीय पक्षहरूलाई सुचना दिनुपर्ने भएको हो । जसको कारण कहिलेकाहीँ ढिला पनि हुनेगरेको इतिहास पनि छ । बिहारको दुख को उपनामले परिचित नेपालको कोशी नदीबाट हुने प्रकोपबाट बच्न भारतले त आफ्नो दुनो सोझाएर नेपालीको खेतिपाती नष्ट गरेर नेपाली किसानका आँखामा आँशु झार्दै आइरहेको कुरा जान्दाजान्दै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसीरहेको आभाष नेपाली जनतालाई भइरहेको छ ।


कोशी बाँध २०६५ साल भदौ २ गते पूर्वी तटीय क्षेत्रका केही भागहरू बढीले भत्काइएको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Koshi Barrack over the largest river of Nepal", Boss Nepal (en-USमा), मूलबाट २०२४-०५-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-२९ अभिलेखिकरण २०२४-०५-२९ वेब्याक मेसिन
  2. "Sorrow of Bihar", egov.eletsonline.com, ३० सेप्टेम्बर २००८, अन्तिम पहुँच २०१८-०५-२९
  3. "Koshi Agreement between India and Nepal", Indian Embassy, Nepal (en-USमा), मूलबाट २ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-२९ अभिलेखिकरण २०१८-०९-०२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]