कोशी बाँध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोशी बाँध
निर्देशाङ्क२६°३१′३५″N ८६°५५′३७″E / २६.५२६३°N ८६.९२६९°E / 26.5263; 86.9269


कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो । यो नेपाल-भारत सीमाक्षेत्रमा नेपालको सुनसरीसप्तरी जिल्लाको बीचमा बनेको छ । यो बाँध नेपाल-भारतीय सीमा नजिकै रहेको छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो । यो नेपालमा रहेता पनि सम्झौता अनुरूप सय वर्षसम्म भारतीय अधिकारीहरु द्वारा नियन्त्रित छ । यस बाँधमा ५६ ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ । खासगरी यसको अधिकार भारतिय अधिकारीहरूसँग भएकाले नेपालले चाहेर पनि आफुले चाहेका बेलामा खोल्न वा बन्द गर्न सक्दैन । त्यसैले कुनै बेला बाढि, पहिरो आयो भने र नेपाली भूमी जलमल्ल भयो भने नेपाली पक्षले भारतीय पक्षहरूलाई सुचना दिनुपर्ने भएको हो । जसको कारण कहिलेकाहीँ ढिला पनि हुनेगरेको इतिहास पनि छ । बिहारको दुख को उपनामले परिचित नेपालको कोशी नदीबाट हुने प्रकोपबाट बच्न भारतले त आफ्नो दुनो सोझाएर नेपालीको खेतिपाती नष्ट गरेर नेपाली किसानका आँखामा आँशु झार्दै आइरहेको कुरा जान्दाजान्दै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसीरहेको आभाष नेपाली जनतालाई भइरहेको छ ।



==सन्दर्भ सामग्रीहरू== कोशी बाँध 2065 साल भदौ 2 गते पूर्वी तटीय क्षेत्रका केही भागहरू बढीले भत्काइएको थियो ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]