सामग्रीमा जानुहोस्

सुनसरी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:DistrictInfobox

सुनसरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला र २ वटा उपमाहानगरपालिका भएको नेपालको एक मात्र जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतया: थारू, मुसहर, लिम्बू , राइ, याक्खा, बाहुन, क्षेत्री, सतार आदि जनजातिको बसोबास पाइन्छ।

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको नामाकरण भरौल गाविस क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरसिंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ।

भौगोलिक अवस्था

[सम्पादन गर्नुहोस्]
  • अक्षांशः २६० २३" उत्तरदेखि २६० ५५" उत्तरसम्म
  • देशान्तरः-८७० ५" पूर्वदेखि ८७० १६" पूर्वसम्म।
  • सिमाना: पूर्व मोरङ जिल्ला, पश्चिम सप्तरी जिल्लाउदयपुर जिल्ला (कोशी नदी), उत्तर धनकुटा जिल्ला (भेडेटार),र दक्षिण भारतको विहार राज्य पर्दछ।
  • क्षेत्रफल:१,२५७ वर्ग कि.मि.
  • औसत लम्वाई : पूर्वको बुढी नदी देखि पश्चिमको कोशी नदीसम्मको लम्वाई ४४ कि. मि.
  • औसत चौडाई: उत्तरको भेडेटार देखि दक्षिणको बुढीखोलासम्मको चौडाई ४५ कि.मि.
  • भौगोलिक विभाजन: १. उत्तरको पहाडी प्रदेश २. मध्यभागको भावर प्रदेश र ३. दक्षिणको समथर भुमि।
  • स्थानीय निकायः जिल्लामा ४९ वटा गाविस तथा ६ वटा नगरपालिका पर्दछ।

सुनसरी जिल्ला महाभारत पर्वत शृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेकोछ। यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ।

प्रमुख नदी ताल तलैयाहरू

[सम्पादन गर्नुहोस्]

यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी, कोकाहा, सुनसरी, बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला, दचकिचा, पटनाली, गडन खोला आदि पर्दछन्।

प्रमुख धार्मिक क्षेत्र

[सम्पादन गर्नुहोस्]

बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, विष्णुपादुका चतारा धाम आदी।

पर्यटकीय क्षेत्र

[सम्पादन गर्नुहोस्]

चिमडी दह, भेडेटार, ठिंगेढुंगा, कोशी टप्पु वन्यजन्तु आरक्ष, एभरेष्ट विज्ञान केन्द्र,तालतलैया

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा २ उपमहानगरपालिका र ४ नगरपालिका, ६ गाउँपालिकाहरू गरि १२ वटा स्थानीय तहहरू रहेका छन्।[]

सुनसरी जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
इटहरी उपमहानगरपालिका एकम्वा, खनार, पकली तथा हाँसपोसा २० इटहरी १,९७,२४१ ९३.७८ २,१००
धरान उपमहानगरपालिका पाँचकन्याविष्णुपादुका २० धरान १,६६,५३१ १९२.३२ ८७०
इनरुवा नगरपालिका मधेशा, चाँदबेला, बबिया, डुम्राहा (२,७-९) र जल्पापुर १० इनरुवा ७४,९१४ ७७.९२ ९६०
दुहवी नगरपालिका दुहवी, भलुवा, सिमरिया, सोनापुर पूर्व कुसाहातनमुना १२ दुहवी ६६,०७४ ७६.६७ ८६०
रामधुनी नगरपालिका भादगाउँ सिनुवारी, सिङ्गिया, डुम्राहा (१,३-६) र बकलौरी भादगाउँ सिनुवारी ६३,४५२ ९१.६९ ६९०
बराहक्षेत्र नगरपालिका बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुरमधुवन ११ महेन्द्रनगर ९१,०८७ २११.२३ ४३०
देवानगञ्ज गाउँपालिका मध्यहर्षाही, देवानगञ्ज, कप्तानगञ्ज, साहेबगञ्ज राजगञ्ज सिनुवारी देवानगञ्ज ३९,०३० ५३.५६ ७३०
कोशी गाउँपालिका पश्चिम कुसाहा, लौकही, श्रीपुरजब्दीहरिपुर लौकही ४८,८०४ ७५.९८ ६४०
गढी गाउँपालिका औराबनी, छिटाहा, मधेलीसतेरझोडा औराबनी ३८,७३९ ६७.७ ५७०
१० बर्जु गाउँपालिका अमाहिबेला, रामगञ्ज बलगछिया, अमडुबाचिमडी अमाहिबेला ३६,२४९ ६९.४३ ५२०
११ हरिनगर गाउँपालिका रामनगर भुटाहा, गौतमपुर, हरिनगरा, वसन्तपुरघुस्की हरिनगरा ४९,८४५ ४२.१९ १,२००
१२ भोक्राहा नरसिंह गाउँपालिका भोक्राहानरर्सिंहटप्पु भोक्राहा ४९,२८० ६३.३७ ७८०
सुनसरी जिल्लाका पूर्व गाविसहरूको नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२ 
  • केन्द्रीय तथ्याङ्क विभाग

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]