सुनसरी जिल्ला
सुनसरी जिल्ला | |
|---|---|
कोशी प्रदेशमा सुनसरी जिल्लाको अवस्थिति | |
| देश | |
| प्रदेश | कोशी प्रदेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | इनरुवा |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिसस सुनसरी |
| • जिल्ला अदालत | सुनसरी जिल्ला अदालत |
| • निर्वाचन क्षेत्र | संसदीय निर्वाचन क्षेत्र ४ प्रादेशिक निर्वाचन क्षेत्र ८ |
| क्षेत्रफल | |
| • जम्मा | १२५७ किमी२ (४८५ वर्ग माइल) |
| जनसङ्ख्या (२०७९) | |
| • जम्मा | ९३४४६१ |
| • क्रम | ५ |
| • घनत्व | ७४०/किमी२ (१९००/वर्ग माइल) |
| जनसाङ्ख्यिकी | |
| • जातीय समूहहरू | ब्राह्मण, क्षेत्री, मधेशी, लिम्बू, तामाङ |
| • मानव विकास सूचकांक | ०.५४६६ (मध्यम) |
| • पुरुष ♂/महिला ♀ | १००/९४ |
| शिक्षा | |
| • साक्षरता दर | ७८.१% |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| टेलिफोन कोड | ०२५ |
| आधिकारिक भाषा | नेपाली |
| अन्य भाषाहरू | मैथिली, लिम्बू, थारु |
| वेबसाइट | जिसस, सुनसरी जिल्ला प्रशासन कार्यालय, सुनसरी |
सुनसरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला र २ वटा उपमाहानगरपालिका भएको नेपालको एक मात्र जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतया: थारू, मुसहर, लिम्बू , राइ, याक्खा, बाहुन, क्षेत्री, सतार आदि जनजातिको बसोबास पाइन्छ।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]यस जिल्लाको नामाकरण भरौल गाविस क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरसिंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ।
भौगोलिक अवस्था
[सम्पादन गर्नुहोस्]- अक्षांशः २६० २३" उत्तरदेखि २६० ५५" उत्तरसम्म
- देशान्तरः-८७० ५" पूर्वदेखि ८७० १६" पूर्वसम्म।
- सिमाना: पूर्व मोरङ जिल्ला, पश्चिम सप्तरी जिल्ला र उदयपुर जिल्ला (कोशी नदी), उत्तर धनकुटा जिल्ला (भेडेटार),र दक्षिण भारतको विहार राज्य पर्दछ।
- क्षेत्रफल:१,२५७ वर्ग कि.मि.
- औसत लम्वाई : पूर्वको बुढी नदी देखि पश्चिमको कोशी नदीसम्मको लम्वाई ४४ कि. मि.
- औसत चौडाई: उत्तरको भेडेटार देखि दक्षिणको बुढीखोलासम्मको चौडाई ४५ कि.मि.
- भौगोलिक विभाजन: १. उत्तरको पहाडी प्रदेश २. मध्यभागको भावर प्रदेश र ३. दक्षिणको समथर भुमि।
- स्थानीय निकायः जिल्लामा ४९ वटा गाविस तथा ६ वटा नगरपालिका पर्दछ।
सुनसरी जिल्ला महाभारत पर्वत शृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेकोछ। यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ।
प्रमुख नदी ताल तलैयाहरू
[सम्पादन गर्नुहोस्]यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी, कोकाहा, सुनसरी, बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला, दचकिचा, पटनाली, गडन खोला आदि पर्दछन्।
प्रमुख धार्मिक क्षेत्र
[सम्पादन गर्नुहोस्]बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, विष्णुपादुका चतारा धाम आदी।
पर्यटकीय क्षेत्र
[सम्पादन गर्नुहोस्]चिमडी दह, भेडेटार, ठिंगेढुंगा, कोशी टप्पु वन्यजन्तु आरक्ष, एभरेष्ट विज्ञान केन्द्र,तालतलैया।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा २ उपमहानगरपालिका र ४ नगरपालिका, ६ गाउँपालिकाहरू गरि १२ वटा स्थानीय तहहरू रहेका छन्।[१]

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।
- केन्द्रीय तथ्याङ्क विभाग