इटहरी उपमहानगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(इटहरी नगरपालिका बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इटहरी
इटहरी
—  उपमहानगरपालिका  —
इटहरी उपमहानगरपालिका
आदर्श वाक्य: हरियो,शान्ति
इटहरी is located in नेपाल
इटहरी
इटहरी
नेपालमा रहेको इटहरी उपमहानगरपालिका
निर्देशाङ्क: २६°४०′ उत्तर ८७°१७′ पूर्व / २६.६६७° उत्तर ८७.२८३° पूर्व / 26.667; 87.283निर्देशाङ्क: २६°४०′ उत्तर ८७°१७′ पूर्व / २६.६६७° उत्तर ८७.२८३° पूर्व / 26.667; 87.283
देश  नेपाल
अञ्चल कोशी अञ्चल
जिल्ला सुनसरी जिल्ला
उपमहानगरपालिका घोषित वि.स. २०७१ मङ्सिर १७
सरकार
 - प्रकार इटहरी उपमहानगरपालिका
क्षेत्रफल
 - जम्मा ८७.३३०१ किमी (३३.७ वर्ग मी)
जनसङ्ख्या (सन् २०११)
 - जम्मा १,४१,५१७
 जनघनत्व १,६२०.५/किमी (४,१९७/वर्ग मी)
 - धर्मावलम्बी हिन्दू, बौद्ध
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड ५६७०५
टेलिफोन कोड ०२५
वेबसाइट itaharimun.gov.np

इटहरी उप-महानगरपालिका सुनसरीमा पर्ने एउटा उप-महानगरपालिका हो ।[१] [२] यो तिब्र गतिमा बिकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्रबिन्दु शहर हो । यो शहर धरान शहरको दक्षिणमा र बिराटनगरबाट उत्तरमा रहेको छ । यहाँ अञ्चल यातायात कार्यालय, क्षेत्रिय ट्राफिक कार्यालय, अान्तरिक राजस्व कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयका साथै केही इलाका स्तरीय कार्यलयहरु छन् । साथै यो शहरमा काठमाण्डौ पछिका भव्य गगनचुम्भि महलहरु देख्न सकिन्छ । यो शहरको लोकप्रियताकै कारण धेरै सरकारी संस्थाहरु अाफ्नो कार्यालय इटहरी मा नै राख्न खोजिरहेका छन् । नेपाल टेलिभिजनले पनि याँहा अाफ्नो कार्यालय स्थापना गर्ने भएको छ । यो शहरमा झन्डै १ लाख ६० हजार मानिस बसोबास गर्दछन र जनसङ्ख्या बृद्धि दर तिव्र गतिमा बढिरहेको छ । इटहरी उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका घोषणा भएको हो । इटहरीलाई उपमहानगरपालिका घोषित गर्दा यसमा एकम्वा, खनार, पकली तथा हाँसपोसा गाविसलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएएको हो । नगरपालिका भएको बेला भने यहाँ पहिलोपटक सर्वध्वज साँवा प्रमुख र रेवतीरमण भण्डारी उपप्रमुख भएका थिए भने पछिल्लोपटक प्रमुख र उपप्रमुखमा क्रमशः स्वर्गीय गीतानिधि रायमाझी र नुरमहमद मियाँ भएका थिए। रायमाझीलाई तत्कालिन समयमा माओवादीले गोली हानी हत्या गरेका थिए । इटहरी उप-महानगरपालिका क्षेत्रमा २०६८ सालको जनगणनाअनुसार उप-महानगरपालिका भईसकेपछी एकम्वा, खनार, पकली तथा हाँसपोसा गाविस सबै गरेर यहाँ को कुल जन्सन्ख्या १,४१,५१७ भन्दा बढी पुगे को छ । यहाँ ३३ हजार ७९४ घरपरिवार बसोवास गर्दछन्। बासिन्दा छन् । नगरमा २६ वडा छन् । समुद्र सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाइ र कुल चार हजार १७७ हेक्टरमा फैलिएको इटहरी नगरक्षेत्रमा आवास तथा व्यापारिक क्षेत्र ३० हेक्टर भन्दा बढि जमीनमा फैलिएको छ । इटहरीमा २ डि देखि १२ डि सम्म क्षमता भएका सिनेमा हलहरु, सपिङ्ग मलहरु, पार्कहरु, व्यवस्थित तारे होटलहरु, क्षेत्रिय रङ्गशाला(अन्तराष्ट्रियस्तरको निर्माणाधिन), स्थानिय सञ्चारमाध्यमहरु (एफ.एम,अखबार,टि.भि,अनलाईन न्युज) अादि सबै सुबिधा तथा मापदण्डहरु छन्, जुन एउटा शहरका लागि अपरिहार्य हुन्छ । भौगोलिक रुपमा इटहरी लाई हेर्दा यो शहर समथर भुभागमा अवस्थित छ, सप्तकोशी याहाँ बाट २० कि.मि टाढा रहेको छ, जुन ठाउँ लाई चक्रघट्टी भनिन्छ । इटहरी बाट उत्तरमा १२ कि.मि को दुरिमा धरान उपमाहानगरपालिका रहेको छ, दक्षिणमा २२ कि.मि को दुरीमा बिराटनगर उपमाहानगरपालिका रहेको छ, पुर्वमा साना ठुला थुप्रै शहरहरु छन् (दुलारी,बिराटचौक,बेलबारी,पथरी,उर्लाबारीमा,दमक,बिर्तामोड,काकडभिट्टा),पश्चिममा रामधुनिभासी नगरपालिका, इनरुवा नगरपालिका रहेका छन् ।

मानिसहरू[सम्पादन गर्ने]

यहाँ नौ हजार ७९१ घरपरिवार बसोवास गर्दछन्। यस नगरमा विभिन्न जातजाति तथा धर्म-संस्कृतिका मानिसहरूको बसोवास रहेको छ । ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, मुसहर, मुसलमान, चौधरी तथा थारूको मुख्य बसोवास रहेको इटहरी उप-महानगर क्षेत्रमा मुख्य भाषाका रूपमा नेपाली, थारू, मैथिली, राई, लिम्बु, तामाङ, सुनुवार र नेवारी भाषा बोलिन्छ ।

धार्मिक केन्द्र[सम्पादन गर्ने]

इटहरी नगरक्षेत्रमा कृष्ण प्रणामी मन्दिर, राधाकृष्ण मन्दिर, मानवधर्म सेवा समिति, शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिरलगायत विभिन्न धार्मिक मठ, मन्दिर तथा देवस्थलहरू छन् । बडादसैं, भाइटीका, तीज, होली, श्रीकृष्ण जन्माष्टमी, बुद्ध पूणिर्मा, ल्होसार, छठ, रामनवमी, इद, बकरिद तथा रमजानलगायतका चाडपर्वहरू भव्य रूपमा मनाइने इटहरी नगरक्षेत्रको आफ्नै प्रकारको विशेषता छ ।

नाम[सम्पादन गर्ने]

पूर्वाञ्चलको सङ्गमस्थलका रूपमा महेन्द्र राजमार्ग खुलेपछि चर्चामा आएको इटहरी नगरको नामकरण यहाँका आदिवासी थारूहरूको बोलीचालीबाट भएको स्थानीय बुढापाकाहरू बताउँछन् । पहिलेदेखि नै यस ठाउँमा इट्टाको प्रयोग विभिन्न प्रयोजनका लागि गरिँदै आएको थियो भने राणाशासनकालको उत्तरार्धमा अपराधीलाई सजाय दिने नियतले इट्टा र काठ मिलाएर बनाएको 'तुरूङ' (खुट्टालाई चेपुवाभित्र राखेर सजाय दिने एक साधन) निर्माण गरिएको थियो । यहाँका आदिवासी थारूहरूको भाषामा इट्टालाई 'इट' र काठवाट बनेको तुरूङलाई 'हरि' भनिन्छ । यसरी 'इट' र 'हरि' मिलेर 'इटहरी' नाम रहन गएको यहाँका बुढापाकाको भनाइ छ ।

मौसम्[सम्पादन गर्ने]

चिसो मौसममा १०-१८ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ भने गर्मियाममा ३०-४२.३ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]