सामग्रीमा जानुहोस्

इटहरी उपमहानगरपालिका

(इटहरी नगरपालिकाबाट अनुप्रेषित)
इटहरी
इटहरी उपमहानगरपालिकाको दृश्य
इटहरी उपमहानगरपालिकाको दृश्य
इटहरी मा पर्दछ कोशी प्रदेश
इटहरी
इटहरी
नक्सामा इटहरी उपमहानगरपालिकाको स्थान
इटहरी मा पर्दछ नेपाल
इटहरी
इटहरी
इटहरी (नेपाल)
निर्देशाङ्क: २६°३९′४७″उ ८७°१६′२८″पू / 26.66306°N 87.27444°E / 26.66306; 87.27444
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)इटहरी
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
उपमहानगरपालिकावि.सं. २०७१ पुस २८[]
समावेश (गाविस)एकम्वा, खनार, पकलीहाँसपोसा
सम्मिलित (मिति)वि.सं. २०७१ पुस २८
सरकार
  प्रकारइटहरी उपमहानगरपालिका
  नगरप्रमुखहेमकर्ण पौडेल (नेपाली काङ्ग्रेस)
  उपप्रमुखसङ्गीताकुमारी चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा९३.७८ किमी (३६.२१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१९७,२४१
  क्रम२औँ (कोशी प्रदेश)
१२औँ (नेपाल)
  घनत्व२१००/किमी (५४००/वर्ग माइल)
  धर्मावलम्बी
हिन्दू बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
५६७०५
क्षेत्रीय सङ्केत०२५
वेबसाइटitaharimun.gov.np

इटहरी उपमहानगरपालिका नेपालको कोशी प्रदेशमा पर्ने सुनसरीको एक उपमहानगरपालिका हो।[][] यो तीव्र गतिमा विकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्रविन्दु सहर हो। यो सहर धरानको दक्षिणमा र विराटनगरबाट उत्तरमा रहेको छ।[] सुनसरी जिल्लाको तत्कालिन इटहरी गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०५३ माघ ११ गते नगरपालिका घोषणा गरिएको थियो।[]

इटहरीलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो।[] इटहरीलाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन एकम्वा, खनार, पकली तथा हाँसपोसा गाविसलाई समावेश गरिएको थियो।[]

यहाँ विभिन्न जातजाति तथा धर्म-संस्कृतिका मानिसहरूको बसोवास रहेको छ।मुख्य इटहरीमा थारु ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, मुसहर, मुसलमान तथा समुदायको मुख्य बसोवास रहेको इटहरी उपमहानगर क्षेत्रमा मुख्य भाषाका रूपमा नेपाली, थारु, मैथिली, राई, लिम्बु, तामाङ, सुनुवारनेवारी भाषा बोलिन्छ।

पूर्वी नेपालको सङ्गमस्थल र महेन्द्र राजमार्ग खुलेपछि चर्चामा आएको इटहरी नगरको नामकरण यहाँका आदिवासी थारुहरूको बोलीचालीबाट भएको स्थानीय बुढापाकाहरू बताउँछन्। पहिलेदेखि नै यस ठाउँमा इट्टाको प्रयोग विभिन्न प्रयोजनका लागि गरिँदै आएको थियो भने राणा शासनकालको उत्तरार्धमा अपराधीलाई सजाय दिने नियतले इट्टा र काठ मिलाएर बनाएको 'तुरूङ' (खुट्टालाई चेपुवाभित्र राखेर सजाय दिने एक साधन) निर्माण गरिएको थियो। यहाँका आदिवासी थारु भाषामा इट्टालाई 'इट' र काठवाट बनेको तुरूङलाई 'हरि' भनिन्छ। यसरी 'इट' र 'हरि' मिलेर 'इटहरी' नाम रहन गएको यहाँका बुढापाकाको भनाइ छ।[]

वि.सं. २०५४ को पहिलो चुनावमा नेकपा एमालेका सर्वध्वज साँवा नगर प्रमुख र रेवतीरमण भण्डारी नगर उपप्रमुख भएका थिए।[१०] शाहीकालमा राजाद्वारा गीतानिधि रायमाझी र नुर महमद मियाँलाई क्रमशः नगर प्रमुख र उपप्रमुख मनोनित गरिएको थियो। वि.सं. २०६१ सालमा रायमाझीलाई तत्कालिन समयमा माओवादीले गोली हानी हत्या गरेको थियो।[११] वि.सं. २०६२ साल मङ्सिरमा भएको निर्वाचनमा दानबहादुर विष्ट नगर प्रमुखमा र नुर महमद मियाँ नगर उपप्रमुखमा निर्वाचित भएका थिए। वि.सं. २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका द्वारिकलाल चौधरी नगर प्रमुख पदमा र नेकपा एमालेकी लक्ष्मी गौतम नगर उप-प्रमुख पदमा निर्वाचित भएका छन्।[१२][१३]

वडागत विवरण

[सम्पादन गर्नुहोस्]
इटहरी उपमहानगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
हाँसपोसा (१,३,९)१०,६४१४.३३२४५७.५१
इटहरी (२)१९,५९४११.७९१६६१.९२
इटहरी (३)६,५४८१२.४१५२७.६४
इटहरी (४)१९,५१२३.०५६३९७.३८
इटहरी (५)२१,२३३३.०२७०३०.७९
इटहरी (१)७,२५९०.४५१६१३१.११
इटहरी (६)६,००४३.४८१७२५.२९
इटहरी (७)१२,३२०४१०६.६७
इटहरी (८)९,१९९१.४८६२१५.५४
१०खनार (१-३)६,७७९३.३२२०४१.८७
११खनार (७-९)५,०७३४.१९१२१०.७४
१२खनार (४)४,८७०२.०२२४१०.८९
१३खनार (५-६)९,९३७३.६७२७०७.६३
१४इटहरी (९) र एकम्बा (८-९)६,२६६७.६५८१९.०८
१५एकम्बा (१,५-७)२,९४०४.५८६४१.९२
१६एकम्बा (२-४) र पकली (६-८)९,३०९८.५११०९३.८९
१७पकली (३-५) र हाँसपोसा (७-८)१२,१०७४.९४२४५०.८१
१८पकली (१-२,९)५,३१०६.८५७७५.१८
१९हाँसपोसा (४-६)९,२४२३.१८२९०६.२९
२०हाँसपोसा (२)१३,०९८१.८७७००४.२८
जम्मा१,९७,२४१९३.७९२१०३.०१

समुद्र सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाइ र कुल ९३.७८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इटहरी नगरक्षेत्रमा आवास तथा व्यापारिक क्षेत्र ३० हेक्टरभन्दा बढी जमीनमा फैलिएको छ। भौगोलिक रूपमा इटहरीलाई हेर्दा यो सहर समथर भूभागमा अवस्थित छ। यहाँबाट २० किलोमिटरको दुरीमा कोशी बाँध रहेको छ। इटहरीबाट उत्तरमा १२ किलोमिटरको दुरीमा धरान उपमहानगरपालिका रहेको छ भने २२ किलोमिटर दक्षिणमा विराटनगर महानगरपालिका रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार इटहरी उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,९७,२४१ रहेको छ भने यहाँ ५०,३५० घरधुरी रहेका छन्।[]

धार्मिक केन्द्र

[सम्पादन गर्नुहोस्]

इटहरी नगरक्षेत्रमा कृष्ण प्रणामी मन्दिर, राधाकृष्ण मन्दिर, मानवधर्म सेवा समिति,थारु बिछुधामी ग्राम थान,कचना महादेव,राजदेवी,सुन्दरदेवी,जव्दी मन्दिर, शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिर लगायत विभिन्न धार्मिक मठ, मन्दिर तथा देवस्थलहरू छन्। दशैं, भाइटीका, तीज,जितिया,समाचकेवा, तिला संङक्राइत,सिरूवा पर्व,होली, श्रीकृष्ण जन्माष्टमी, बुद्ध पूणिर्मा, ल्होसार, छठ, राम नवमी, इद, बकरिद तथा रमजान लगायतका चाडपर्वहरू भव्य रूपमा मनाइने इटहरी नगरक्षेत्रको आफ्नै प्रकारको विशेषता छ।

इटहरी नगर क्षेत्रमा चिसो मौसममा १०-१८ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ भने गर्मी मौसममा ३०-४२.३ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  2. 1 2 "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२
  3. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  4. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  5. "थप ६१ नगरपालिका र सात उपमहानगरपालिका घोषणा, काठमाडौं र भक्तपुर गाविसरहित", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९ अभिलेखिकरण २०२२-०१-२९ वेब्याक मेसिन
  6. "दुई उपमहानगरपालिका हुने नेपालको एउटै जिल्ला सुनसरी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९ अभिलेखिकरण २०२२-०१-२९ वेब्याक मेसिन
  7. "'इतिहासमा इटहरी' सार्वजनिक", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९
  8. "प्रदेश एकमा चम्किदै इटहरी", ब्लाष्ट खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९
  9. "प्रदेशको राजधानी बन्न योग्य इटहरी", पूर्वेली न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९ अभिलेखिकरण २०२२-०१-२९ वेब्याक मेसिन
  10. "इटहरीका पहिलो मेयर प्रदेशसभामा विजयी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९
  11. "हत्या गरिएका पतिको सपना पूरा गर्न उपमेयरमा उठिन् रायमाझी", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९
  12. "इटहरी उपमहानगरमा एमाले विजयी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९
  13. "इटहरीको नेतृत्व एमालेको पोल्टामा, द्वारिकलाल चौधरी मेयरमा विजयी", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]