सामग्रीमा जानुहोस्

रामधुनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामधुनी नगरपालिका
रामधुनी नगरपालिका मा पर्दछ कोशी प्रदेश
रामधुनी नगरपालिका
कोशी प्रदेशको नक्सामा रामधुनी नगरपालिकाको अवस्थिति
रामधुनी नगरपालिका मा पर्दछ नेपाल
रामधुनी नगरपालिका
रामधुनी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′उ ८७°११′पू / 26.667°N 87.183°E / 26.667; 87.183
देश नेपाल
प्रदेशकोशी
जिल्लासुनसरी
स्थापना१६ मङ्सिर २०७१
सरकार
  नगर प्रमुखशङ्करलाल चौधरी (नेकपा एमाले)
  उपप्रमुखतारा थापा (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा९१.६९ किमी (३५.४० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६३,४५२
  घनत्व६९०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविक भादगाउँ सिनुवारी गाविसको कार्यालय

रामधुनी नगरपालिका सुनसरी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, भादगाउँ सिनुवारीसिङ्गिया गाविसहरूलाई मिलाएर रामधुनी भासी नगरपालिका बनाइएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा डुम्राहा (१,३-६) र बकलौरी गाविसहरूलाई पनि यसमा गाभिएको थियो।[] यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ९१.६९ वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको रामधुनीको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामधुनी नगरपालिकाको कुल जनसङ्ख्या ६३,४५२ रहेको छ भने यहाँ १५,६४४ घरधुरी रहेका छन्।[]

रामधुनी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
भादगाउँ सिनुवारी (१-३,६-७)७,७०८५.१११५०८.४१
भादगाउँ सिनुवारी (४,८) र सिङ्गिया (४,८)६,५६६१४.४२४५५.३४
भादगाउँ सिनुवारी (९) र सिङ्गिया (३,७,९)८,५८७९.३३९२०.३६
सिङ्गिया (१-२,५-६)६,०९८१५.८३८५.९५
भादगाउँ सिनुवारी (५)८,३४४३.५१२३७७.२१
बकलौरी (३,५-७,९)७,५६६१०.९१६९३.४९
बकलौरी (१-२,४,८)८,४६४१३.६९६१८.२६
डुम्राहा (३-४)४,२२४७.७७५४३.६३
डुम्राहा (१,५,६)५,८९५११.१५५२८.७०
जम्मा६३,४५२९१.६९६९२.०३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]