दुहवी नगरपालिका
स्वरूप
(दुहबी नगरपालिकाबाट अनुप्रेषित)
दुहवी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°३५′N ८७°१७′E / २६.५८°N ८७.२८°Eनिर्देशाङ्कहरू: २६°३५′N ८७°१७′E / २६.५८°N ८७.२८°E | |
देश | नेपाल |
प्रदेश | कोशी |
जिल्ला | सुनसरी |
सरकार | |
• नगर प्रमुख | वेदकुमार गच्छदार (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | मेनुका पोखरेल (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ७६.६७ किमी२ (२९.६० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६६,०७४ |
• घनत्व | ८६०/किमी२ (२२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
हुलाक कोड | ५६७०७ |
क्षेत्रीय सङ्केत | ०२५ |
राजमार्ग | कोशी राजमार्ग |
वेबसाइट | आधिकारिक वेबसाइट |
दुहवी नगरपालिका कोशी प्रदेशको सुनसरी जिल्लामा पर्ने एक नगरपालिका हो। नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक दुहवी र भलुवा गाविसहरू मिलेर बनेको दुहवी भालुवा नगरपालिका, सिमरिया, सोनापुर पूर्व कुसाहा र तनमुना गाउँ विकास समितिहरूलाई समेटेर दुहवी नगरपालिका बनाइएको थियो।[३] यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ७६.६७ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको दुहवीको कार्यालयमा राखिएको छ ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुहवी नगरपालिकाको कुल जनसङ्ख्या ६६,०७४ रहेको छ भने यहाँ १५,०३० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।