सामग्रीमा जानुहोस्

इनरुवा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इनरूवा नगरपालिकाबाट अनुप्रेषित)
इनरुवा नगरपालिका
इनरुवा नगरपालिका मा पर्दछ कोशी प्रदेश
इनरुवा नगरपालिका
कोशी प्रदेको नक्सामा इनरुवा नगरपालिकाको अवस्थिति
इनरुवा नगरपालिका मा पर्दछ नेपाल
इनरुवा नगरपालिका
इनरुवा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३६′०९″उ ८७°०९′००″पू / 26.60250°N 87.15000°E / 26.60250; 87.15000
देश नेपाल
प्रदेशकोशी
जिल्लासुनसरी
स्थापितवि.सं २०४७
सरकार
  नगर प्रमुखकेदार भण्डारी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखविनीताकुमारी मेहता (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७७.९२ किमी (३०.०९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७४,९१४
  घनत्व९६०/किमी (२५००/वर्ग माइल)
  धर्मावलम्बी
हिन्दू बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

इनरूवा नगरपालिका कोशी प्रदेशको सुनसरी जिल्लामा पर्ने एक नगरपालिका तथा जिल्लाको सदरमुकाम हो। यो नगरपालिका सुनसरी नदिको किनारमा, पूर्व पश्चिम लोकमार्गको दक्षिणमा अवस्थित छ। २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका मधेशा, चाँदबेला, बबिया, डुम्राहा (२,७-९) र जल्पापुर गाविसहरूलाई यसमा गाभिएको थियो।

भौगोलिक सिमाङ्कन अनुसार पूर्वमा गढी र पश्चिममा भोक्राहा नरसिंह गाउँपालिका, उत्तरमा इटहरी उपमहानगरपालिकारामधुनी नगरपालिका तथा दक्षिणमा हरिनगर गाउँपालिकाले घेरिएको छ। यो नगरपालिकालाई राजनीतिक हिसाबले १० वटा वडाहरूमा विभाजन गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार इनरुवा नगरपालिकाको कुल जनसङ्ख्या ७४,९१४ रहेको छ भने यहाँ १६,०२९ घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन गर्नुहोस्]

इनरुवा नगरपालिकाको वडा विभाजन, समावेश साविकका क्षेत्रहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

इनरुवा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
इनरुवा (१-२)५,३५६१.०५५१०१.००
इनरुवा (७-८)७,०१८४.७६१४७४.३७
इनरुवा (३,५)९,२००४.४३२०७६.७५
इनरुवा (४,६)६,९२२५.२२१३२६.०५
इनरुवा (९,१०)५,४८०६.९५७८८.४९
मधेशा७,३७०१४.५२५०७.५८
चाँदबेला७,५३११२.५४६००.५६
डुम्राहा (२, ७–९)८,५३९११.८२७२२.४२
बबिया९,८१३१०.७४९१३.६९
१०जल्पापुर७,६८५५.८९१३०४.७५
जम्मा७४,९१४७७.९२९६१.४२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१