इनरुवा नगरपालिका
स्वरूप
इनरुवा नगरपालिका | |
|---|---|
| निर्देशाङ्क: २६°३६′०९″उ ८७°०९′००″पू / 26.60250°N 87.15000°E | |
| देश | |
| प्रदेश | कोशी |
| जिल्ला | सुनसरी |
| स्थापित | वि.सं २०४७ |
| सरकार | |
| • नगर प्रमुख | केदार भण्डारी (नेपाली काङ्ग्रेस) |
| • उपप्रमुख | विनीताकुमारी मेहता (नेपाली काङ्ग्रेस) |
| क्षेत्रफल | |
| • जम्मा | ७७.९२ किमी२ (३०.०९ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ७४,९१४ |
| • घनत्व | ९६०/किमी२ (२५००/वर्ग माइल) |
| • धर्मावलम्बी | हिन्दू बौद्ध |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| वेबसाइट | आधिकारिक वेबसाइट |
इनरूवा नगरपालिका कोशी प्रदेशको सुनसरी जिल्लामा पर्ने एक नगरपालिका तथा जिल्लाको सदरमुकाम हो। यो नगरपालिका सुनसरी नदिको किनारमा, पूर्व पश्चिम लोकमार्गको दक्षिणमा अवस्थित छ। २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका मधेशा, चाँदबेला, बबिया, डुम्राहा (२,७-९) र जल्पापुर गाविसहरूलाई यसमा गाभिएको थियो।
भौगोलिक सिमाङ्कन अनुसार पूर्वमा गढी र पश्चिममा भोक्राहा नरसिंह गाउँपालिका, उत्तरमा इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिका तथा दक्षिणमा हरिनगर गाउँपालिकाले घेरिएको छ। यो नगरपालिकालाई राजनीतिक हिसाबले १० वटा वडाहरूमा विभाजन गरिएको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार इनरुवा नगरपालिकाको कुल जनसङ्ख्या ७४,९१४ रहेको छ भने यहाँ १६,०२९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
विकिमिडिया कमन्समा इनरूवा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।