इटहरी उपमहानगरपालिका
इटहरी | |
---|---|
उपमहानगरपालिका | |
![]() इटहरी उपमहानगरपालिकाको दृश्य | |
निर्देशाङ्क: २६°३९′४७″उ॰ ८७°१६′२८″पू॰ / २६.६६३०६°N ८७.२७४४४°Eनिर्देशाङ्कहरू: २६°३९′४७″उ॰ ८७°१६′२८″पू॰ / २६.६६३०६°N ८७.२७४४४°E | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. १ |
जिल्ला | सुनसरी जिल्ला |
नगरपालिका | वि.सं. २०५३ माघ ११[१] |
समावेश (गाविस) | इटहरी |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
उपमहानगरपालिका | वि.सं. २०७१ पुस २८[२] |
समावेश (गाविस) | एकम्वा, खनार, पकली र हाँसपोसा |
सम्मिलित (मिति) | वि.सं. २०७१ पुस २८ |
सरकार | |
• प्रकार | इटहरी उपमहानगरपालिका |
• मेयर | द्वारिकलाल चौधरी |
• उप मेयर | लक्ष्मी गौतम |
क्षेत्रफल | |
• जम्मा | ९३.७८ किमी२ (३६.२१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १,४०,५१७ |
• क्रम | २औँ (प्रदेश नं. १) १२औँ (नेपाल) |
• घनत्व | १,५००/किमी२ (३,९००/वर्ग माइल) |
• धर्मावलम्बी | हिन्दू, बौद्ध |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ५६७०५ |
क्षेत्रीय सङ्केत(हरू) | ०२५ |
वेबसाइट | itaharimun.gov.np |
इटहरी उपमहानगरपालिका नेपालको प्रदेश नं. १मा पर्ने सुनसरीको एक उपमहानगरपालिका हो।[४][५] यो तीव्र गतिमा विकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्रविन्दु सहर हो। यो सहर धरानको दक्षिणमा र विराटनगरबाट उत्तरमा रहेको छ।[६] सुनसरी जिल्लाको तत्कालिन इटहरी गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०५३ माघ ११ गते नगरपालिका घोषणा गरिएको थियो।[१]
इटहरीलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो।[२] इटहरीलाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन एकम्वा, खनार, पकली तथा हाँसपोसा गाविसलाई समावेश गरिएको थियो।[७]
नामकरण[सम्पादन गर्ने]
पूर्वी नेपालको सङ्गमस्थल र महेन्द्र राजमार्ग खुलेपछि चर्चामा आएको इटहरी नगरको नामकरण यहाँका आदिवासी थारुहरूको बोलीचालीबाट भएको स्थानीय बुढापाकाहरू बताउँछन्। पहिलेदेखि नै यस ठाउँमा इट्टाको प्रयोग विभिन्न प्रयोजनका लागि गरिँदै आएको थियो भने राणा शासनकालको उत्तरार्धमा अपराधीलाई सजाय दिने नियतले इट्टा र काठ मिलाएर बनाएको 'तुरूङ' (खुट्टालाई चेपुवाभित्र राखेर सजाय दिने एक साधन) निर्माण गरिएको थियो। यहाँका आदिवासी थारु भाषामा इट्टालाई 'इट' र काठवाट बनेको तुरूङलाई 'हरि' भनिन्छ। यसरी 'इट' र 'हरि' मिलेर 'इटहरी' नाम रहन गएको यहाँका बुढापाकाको भनाइ छ।[८]
इतिहास[सम्पादन गर्ने]
वि.सं. २०५४ को पहिलो चुनावमा नेकपा एमालेका सर्वध्वज साँवा नगर प्रमुख र रेवतीरमण भण्डारी नगर उपप्रमुख भएका थिए।[९] शाहीकालमा राजाद्वारा गीतानिधि रायमाझी र नुर महमद मियाँलाई क्रमशः नगर प्रमुख र उपप्रमुख मनोनित गरिएको थियो। वि.सं. २०६१ सालमा रायमाझीलाई तत्कालिन समयमा माओवादीले गोली हानी हत्या गरेको थियो।[१०] वि.सं. २०६२ साल मङ्सिरमा भएको निर्वाचनमा दानबहादुर विष्ट नगर प्रमुखमा र नुर महमद मियाँ नगर उपप्रमुखमा निर्वाचित भएका थिए। वि.सं. २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका द्वारिकलाल चौधरी नगर प्रमुख पदमा र नेकपा एमालेकी लक्ष्मी गौतम नगर उप-प्रमुख पदमा निर्वाचित भएका छन्।[११][१२]
भूगोल[सम्पादन गर्ने]
समुद्र सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाइ र कुल ९३.७८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इटहरी नगरक्षेत्रमा आवास तथा व्यापारिक क्षेत्र ३० हेक्टरभन्दा बढी जमीनमा फैलिएको छ। भौगोलिक रूपमा इटहरीलाई हेर्दा यो सहर समथर भूभागमा अवस्थित छ। यहाँबाट २० किलोमिटरको दुरीमा कोशी बाँध रहेको छ। इटहरीबाट उत्तरमा १२ किलोमिटरको दुरीमा धरान उपमहानगरपालिका रहेको छ भने २२ किलोमिटर दक्षिणमा विराटनगर महानगरपालिका रहेको छ।
जनसङ्ख्या[सम्पादन गर्ने]
वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यहाँको जनसङ्ख्या १,४०,५१७ रहेको छ।[३] यस सहरमा ३३,७९४ घरपरिवार बसोवास गर्दछन्। यहाँ विभिन्न जातजाति तथा धर्म-संस्कृतिका मानिसहरूको बसोवास रहेको छ। ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, मुसहर, मुसलमान तथा थारु समुदायको मुख्य बसोवास रहेको इटहरी उपमहानगर क्षेत्रमा मुख्य भाषाका रूपमा नेपाली, थारु, मैथिली, राई, लिम्बु, तामाङ, सुनुवार र नेवारी भाषा बोलिन्छ।
धार्मिक केन्द्र[सम्पादन गर्ने]
इटहरी नगरक्षेत्रमा कृष्ण प्रणामी मन्दिर, राधाकृष्ण मन्दिर, मानवधर्म सेवा समिति, शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिर लगायत विभिन्न धार्मिक मठ, मन्दिर तथा देवस्थलहरू छन्। दशैं, भाइटीका, तीज, होली, श्रीकृष्ण जन्माष्टमी, बुद्ध पूणिर्मा, ल्होसार, छठ, राम नवमी, इद, बकरिद तथा रमजान लगायतका चाडपर्वहरू भव्य रूपमा मनाइने इटहरी नगरक्षेत्रको आफ्नै प्रकारको विशेषता छ।
मौसम[सम्पादन गर्ने]
इटहरी नगर क्षेत्रमा चिसो मौसममा १०-१८ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ भने गर्मी मौसममा ३०-४२.३ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ २.० २.१ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२।
- ↑ ३.० ३.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "थप ६१ नगरपालिका र सात उपमहानगरपालिका घोषणा, काठमाडौं र भक्तपुर गाविसरहित", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
- ↑ "दुई उपमहानगरपालिका हुने नेपालको एउटै जिल्ला सुनसरी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
- ↑ "'इतिहासमा इटहरी' सार्वजनिक", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
- ↑ "प्रदेश एकमा चम्किदै इटहरी", ब्लाष्ट खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
- ↑ "प्रदेशको राजधानी बन्न योग्य इटहरी", पूर्वेली न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
- ↑ "इटहरीका पहिलो मेयर प्रदेशसभामा विजयी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
- ↑ "हत्या गरिएका पतिको सपना पूरा गर्न उपमेयरमा उठिन् रायमाझी", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
- ↑ "इटहरी उपमहानगरमा एमाले विजयी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
- ↑ "इटहरीको नेतृत्व एमालेको पोल्टामा, द्वारिकलाल चौधरी मेयरमा विजयी", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
क्रम | नाम | प्रदेश | जनसङ्ख्या | क्रम | प्रदेश | जनसङ्ख्या | |||
---|---|---|---|---|---|---|---|---|---|
काठमाडौँ पोखरा |
१ | काठमाडौँ | बागमती | ९७५,४५३ | ११ | तुलसीपुर | लुम्बिनी | १४१,५२८ | ![]() ललितपुर ![]() भरतपुर |
२ | पोखरा | गण्डकी | ४१४,१४१ | १२ | इटहरी | प्रदेश नं. १ | १४०,५१७ | ||
३ | ललितपुर | बागमती | २८४,९२२ | १३ | नेपालगञ्ज | लुम्बिनी | १३८,९५१ | ||
४ | भरतपुर | बागमती | २८०,५०२ | १४ | बुटवल | लुम्बिनी | १३८,७४१ | ||
५ | वीरगञ्ज | मधेश | २४०,९२२ | १५ | धरान | प्रदेश नं. १ | १३७,७०५ | ||
६ | विराटनगर | प्रदेश नं. १ | २१४,६६२ | १६ | कलैया | मधेश | १२३,६५९ | ||
७ | जनकपुरधाम | मधेश | १५९,४६८ | १७ | जितपुर सिमरा | मधेश | ११७,४९६ | ||
८ | घोराही | लुम्बिनी | १५६,१६४ | १८ | मेचीनगर | प्रदेश नं. १ | १११,७९७ | ||
९ | हेटौँडा | बागमती | १५२,८७५ | १९ | बुढानिलकण्ठ | बागमती | १०७,९१८ | ||
१० | धनगढी | सुदूरपश्चिम | १४७,७४१ | २० | गोकर्णेश्वर | बागमती | १०७,३५१ |