सामग्रीमा जानुहोस्

तारकेश्वर नगरपालिका

तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिका काठमाडौँ जिल्ला-को अवस्थिति
तारकेश्वर नगरपालिका
बागमती प्रदेशको नक्सामा तारकेश्वर नगरपालिकाको अवस्थिति
तारकेश्वर नगरपालिका बागमती प्रदेश-को अवस्थिति
तारकेश्वर नगरपालिका
बागमती प्रदेशको नक्सामा तारकेश्वर नगरपालिकाको अवस्थिति
तारकेश्वर नगरपालिका नेपाल-को अवस्थिति
तारकेश्वर नगरपालिका
बागमती प्रदेशको नक्सामा तारकेश्वर नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°४७′१२″ उत्तर ८५°१८′११″ पूर्व / २७.७८६६७° उत्तर ८५.३०३०६° पूर्व / 27.78667; 85.30306
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखकृष्‍णहरी महर्जन (ने.का.)
 • उपप्रमुखसृजना बुर्लाकोटी (ने.का.)
क्षेत्रफल
 • जम्मा५४.९५ किमी२ (२१.२२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५१,४७९
 • घनत्व२८००/किमी२ (७१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रसाविक धर्मस्थली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तारकेश्वर नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका साङला, जितपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैंजु र फुटुङ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तारकेश्वर नगरपालिकाको कुल जनसङ्ख्या १,५१,४७९ रहेको छ भने यहाँ ४१,३६२ घरधुरी रहेका छन्।[२]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार तारकेश्वर नगरपालिकाको कुल जनसङ्ख्या १,५१,४७९ रहेको छ। यस नगरपालिकालाई ११ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

तारकेश्वर नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१साङला६,७७२५.९८१,१३२.४४
२काभ्रेस्थली१३,१५४८.५४१,५४०.२८
३जितपुरफेदी६,९४६८.९५७७६.०९
४गोलढुङ्गा (१-२)१८,३२४०.९१२०,१३६.२६
५गोलढुङ्गा (३-९)१७,७३२४.२४४,१८२.०८
६धर्मस्थली१३,६२८१.८६७,३२६.८८
७फुटुङ१२,८२११.४२९,०२८.८७
८मनमैंजु (८)१७,५७३०.४४३९,९३८.६४
९मनमैंजु (३-४,६-७)१६,९९५१.७४९,७६७.२४
१०मनमैंजु (२,५)१४,३३२०.४५३१,८४८.८९
११मनमैंजु (१,९)१३,२०२०.४२३१,४३३.३३
जम्मा१,५१,४७९३४.९५४,३३४.१६

पर्यटकीय सम्भावना

[सम्पादन]

शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको यो नगरपालिका पश्चिममा नुवाकोट जिल्लाको ओखरपौवा गाविस, पूर्वमा टोखा नगरपालिका र दक्षिणमा काठमाडौँ महानगरपालिका अवस्थित छ। नगरपालिकाको नामाकरण गरिएको तारकेश्वर महादेव धार्मिक स्थल साथै पर्यटकीइ थलो पनि हो। शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थल २ हजार मिटरभन्दा उच्च स्थानमा छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]