मनमैंजु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनमैजु
फुसिखः, मदनपुर(नेपाल भाषा)
गा.वि.स
देश Nepal
अञ्चलबागमती अञ्चल
जिल्लाकाठमाडौँ
जनसङ्ख्या
 • जम्मा४०,४१६

मनमैजु गाँउ विकास समिति (गा.वि.स) बागमतीको काठमाडौँ उपत्यकाको उर्तरी भेगमा पर्ने धार्मिक र ऐतिहासिक महात्व बोकेको एउटा पुरानो नेवार गाँउ हो। यँहा नेवारमा पनि महर्जन उपजातीको बहुलेता रहेको पाइन्छ। काठमाडौँमा बसाइसराइ बडे अनुरुप यहाँ पनि देशको विभिन्न क्ष‌‌ेत्रबाट विभिन्न जातजाती, धर्मिक समप्रदायको बसाइसराइ बडदो छ।यो नगरोन्मुख गा.वि.स हो। यो गा.वि.स प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा पर्छ भने जि.वि.स क्षेत्र नं १० मा पर्छ।यसको क्षेत्रफल ६५०० रोपनी छ।[१] यस गा.वि.स मा पुरुषको संख्य २०७६१ र महिलाको १९६५५ गरी जम्म ४०४१६ छन्[२]

नामाकरण[सम्पादन गर्नुहोस्]

मनमैंजु देवीको रथलाई गाँउ परिक्रमा गराइदै

मनमैजु नामाकरण सम्बन्धमा ऐतिहासिक लेखहरु र किंवदन्तीहरूमा धेरै कुराहरु उल्‍लेख गरिको छ। ऐतिहासिक किंवदन्ती अनुसार लिच्छविकालमा राजा गुण कामदेव एक दिन नागार्जुन डाँडा (बालाजु रानीवन) मा सिकारका क्रममा त्यहीँ बास बसेको र राती मनमैजु देवी(अजिमा; ईन्द्रायणी) प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पुजा अर्चना गरी जात्रा चलाएमा मनो आकाङक्षा पूरा हुने भनी सपना देखेछन्। भोलि बिहान अग्लो स्थानबाट चारैतिर हेदा पानीको दह भएको, काँडाहरूको झयाङैझयाङ वीच एउटा मन्दिर र स-साना वस्तीहरु देखेपछि गुणकाम देवले उक्त मन्दिरसम्म पुग्‍ने बाटो निर्माण गरी त्यहाँको स्थानीय वासीलाई जागृत गराई ईन्द्रायणीको नित्य पुजा अर्चना सहित चार दिनसम्म जात्रा गरी पाँचौँ दिनमा ईन्द्रायणी देवीको चिनो स्वरुप छोडिएको हिरामोतीले जडिएको भोटो देखाउँदा गुण कामदेव र स्थानीय वासीको मनको आकाङक्षा पुरा भएकोले त्यस समयदेखी नै मनमैंजु देवी नामबाटै यस गाँउको नाम मनमैजु रहनगएको मानिन्छ।[१]

मनमैजुलाई नेपाल भाषीहरु फुसिखः, खुसिखः, मदनपुर पनि भन्ने गर्छन्। नेपाल भाषामा "फुसे" भनेको फेदी र "खः" भनेको चौर वा खेल्ने ठाँउ बुझिन्छ। यी दुबै शब्दको मेलबाट फुसिखः बनेको हो, जस अर्थ डाँडाको फेदीमा रहेको गाँउ हो। त्यसरी नै "खुसी" खोला र "खः" खेल्ने ठाँउ मली खुसिंखः बनेको हो। यसको अर्थ खोला खेल्ने ठाँउ हो। मनमैजुलाई पश्चिम र दक्षिणमा महादेव खोला र पूर्वमा साङ्गले खोलाले घेरेको हुनाले खुसिखः भनिएको हुनुपर्छ।

भूगोल[सम्पादन गर्नुहोस्]

मनमैजु गा. वि. स को सीमाङ्कन पश्चिम र दक्षिणमा महादेव खोला र पूर्वमा साङ्गले खोलाले गरिदिएको छ। यस गा. वि. स को उत्तरमा फुटुङ्ग र काभ्रेस्थली गा.वि.सहरु छन्।

दिशा खोला वडा नं गा.वि.स
पूर्व साङ्गले, विष्णुमती ३,४,५ गोंगबू ग.वि.स
पश्चिम महादेव ८,९ गोल्ढुङ्ग, धर्मस्थली
उत्तर छैन ३,८ फुटुङ्ग
दक्षिण महादेव १,९ का.न.पा वडा नं १६ बालाजु

सामुदायिक वन[सम्पादन गर्नुहोस्]

क.स सामुदायिक वनको नाम स्थान क्षेत्रफल लाभान्वित परिवार
वृहस्पति सामुदायिक वन मनमैजु ५ १.६ हेक्टर २५
इन्द्रायणी सामुदायिक वन मनमैजु ५ १.४ हेक्टर ३२
पिपल डाँडा सामुदायिक वन मनमैजु ८ ९.३२ हेक्टर ९७
खजान्तीको पाखा सामुदायिक वन मनमैजु ८ २.८ हेक्टर ३६
जम्म १४ हेक्टर १८९ परिवार

[१][३][४]

धार्मिक स्थल[सम्पादन गर्नुहोस्]

मनमैजु अजिमा (ईन्द्रायणी, मनमैजु देवी) मन्दिर[सम्पादन गर्नुहोस्]

मनमैजु अजिमा मन्दिर मल्‍लकालीन शैलीमा निर्माण भएको दुई तले मन्दिर हो। यस मन्दिरको प्राङ्गणमा रहेको शिलापत्रमा उल्‍लेख भए अनुसार यस मन्दिरको स्थापना प्रताप मल्‍लद्वारा वि.सं. १७१९ (नेपाल सम्बत् ७८३) मा भएको प्रमाण भेटिन्छ। वि.सं. १८५८ (नेपाल सम्बत् ९२१)मा श्री ५ गीर्वाणयुद्ध शाहको पालामा मान्दिरको पूजाआजा चलाउन गुठीको स्थापना गरेको पाइन्छ।

मनमैजु गणेश मन्दिर[सम्पादन गर्नुहोस्]

मनमैजु चुनी देवी मन्दिर[सम्पादन गर्नुहोस्]

शिक्षण संस्था[सम्पादन गर्नुहोस्]

वंडा नं. १[सम्पादन गर्नुहोस्]

क्र.नं. नाम सम्पर्क टेलिफोन नं
ग्रानीण आदर्श बहुमुखी क्‍याम्पस (सामुदायिक) ४३५४१२४
एन. आर. बहुमुखी क्‍याम्पस ४३५०६२४
ने.रा. उच्च मा. वि (सरकारी) ४३५०६२४
युरेका हाइ स्कूल
ईमेज एकेडेमी ४०२७७१४
आकाश गंगा मा.वि ४३६२८८७
न्याता स्हित्‍ता-इङ्गलिस ९८४१५१०६६२

वंडा नं. २[सम्पादन गर्नुहोस्]

क्र.नं नाम सम्पर्क टेलिफोन नं.
न्युसिरस बोर्डिङ्ग स्कूल ४३५२६१९
शुभकामना इङ्गलिस बोर्डिङ्ग स्कूल ४०२६५९९
एञ्‍जल हार्ट सेकेन्डरी इङ्गलिस बोर्डिङ्ग स्कूल ४०२७७१४

वंडा नं. ३[सम्पादन गर्नुहोस्]

क्र.नं नाम सम्पर्क टेलिफोन नं
मनमैंजु मा.वि (सरकारी) ४०२६५६२

वंडा नं. ४[सम्पादन गर्नुहोस्]

हाललाई छैन

वंडा नं. ५[सम्पादन गर्नुहोस्]

क्र.नं नाम सम्पर्क टेलिफोन नं
मानसिंह धर्म उच्च मा.वि (सरकारी) ४०२७०९३
अक्सफोर्ड इन्टरनेशल एकाडेमी ०१६९०१९९७

वंडा नं. ६[सम्पादन गर्नुहोस्]

क्र.नं नाम सम्पर्क टेलिफोन नं
हिमरश्‍मी हाइ स्कूल ४०२६२९६
जीवन ज्‍योति इङ्गलिस बोर्डिङ्ग स्कूल ४०२६७५०

वंडा नं. ७[सम्पादन गर्नुहोस्]

क्र.नं नाम सम्पर्क टेलिफोन नं
पिसल्याण्‍ड एकेडेमी २१७३७०१

वंडा नं. ८[सम्पादन गर्नुहोस्]

क्र.नं नाम सम्पर्क टेलिफोन नं.
बाल उद्दान मा.वि ४०२६१०८
सिद्धार्थ मोडेल स्कूल ०१६२११८६६
चिल्‍ड‍्रेन हेराल्ड एकेडेमी ४३५८९५७
मनमैजु भ्‍याली भ्‍यू इन्टरनेशल बोर्डिङ्ग स्कूल २१७२०६७
श्रीयन्‍त्र इङ्गलिस एकेडेमी ९७४१००८२४५
क्याटालोनिया ९८४१०२२४२१
कौशल इङ्गलिस बोर्डिङ्ग स्कूल ४०२५८२५
ज्ञानभूमि हाइ स्कूल ०२२६८५३

वंडा नं. ९[सम्पादन गर्नुहोस्]

क्र.नं नाम सम्पर्क टेलिफोन नं
गुरुकूल पब्‍लिक स्कूल ४३८९२४५


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ मनमैंजु गाँउ विकास समिति वस्तुगत विवरण २०६७
  2. Government of Nepal National Planning Commission Secretariat Central Bureau of Statistics Kathmandu, Nepal November, 2012;http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  3. Government of Nepal Ministry of Forests and Soil Conservation Department of Forests
  4. .forestrynepal;http://www.forestrynepal.org/wiki/326 वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]