सामग्रीमा जानुहोस्

मनमैंजु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनमैंजु
पूर्व गाविस
मनमैंजु मा पर्दछ बागमती प्रदेश
मनमैंजु
नेपालको नक्सामा मनमैंजुको अवस्थिति
मनमैंजु मा पर्दछ नेपाल
मनमैंजु
मनमैंजु (नेपाल)
निर्देशाङ्क: २७°४५′०″उ ८५°२५′४८″पू / 27.75000°N 85.43000°E / 27.75000; 85.43000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
क्षेत्रफल
  जम्मा३.०५ किमी (१.१८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४०,४१६
  घनत्व१३०००/किमी (३४०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

मनमैंजु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४०४१६ रहेको थियो जसमध्ये २०७६१ पुरुष र १९६५५ महिला रहेका थिए भने यहाँ १०९४९ घरधुरी रहेको थियो।[][] यो हाल तारकेश्वर नगरपालिकामा पर्दछ।

यसको साविकको ८ नम्बर वडा तारकेश्वर नगरपालिकाको वडा नम्बर ८ हो भने ३,४,६,७ नम्बर वडाहरू वडा नम्बर ९, २,५ वडाहरू वडा नम्बर १० र १,९ वडाहरू वडा नम्बर ११ हो।

यो काठमाडौँ उपत्यकाको उर्तरी भेगमा पर्ने धार्मिक र ऐतिहासिक महात्व बोकेको एउटा पुरानो नेवार गाँउ हो। यँहा नेवारमा पनि महर्जन उपजातीको बहुलेता रहेको पाइन्छ। काठमाडौँमा बसाइसराइ बडे अनुरुप यहाँ पनि देशको विभिन्न क्ष‌‌ेत्रबाट विभिन्न जातजाती, धर्मिक समप्रदायको बसाइसराइ बडदो छ।यो नगरोन्मुख गा.वि.स हो। यो गा.वि.स प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा पर्छ भने जि.वि.स क्षेत्र नं १० मा पर्छ।यसको क्षेत्रफल ६५०० रोपनी छ।[] यस गा.वि.स मा पुरुषको संख्य २०७६१ र महिलाको १९६५५ गरी जम्म ४०४१६ छन्[]

मनमैंजु देवीको रथलाई गाँउ परिक्रमा गराइदै

मनमैजु नामाकरण सम्बन्धमा ऐतिहासिक लेखहरु र किंवदन्तीहरूमा धेरै कुराहरु उल्‍लेख गरिको छ। ऐतिहासिक किंवदन्ती अनुसार लिच्छविकालमा राजा गुण कामदेव एक दिन नागार्जुन डाँडा (बालाजु रानीवन) मा सिकारका क्रममा त्यहीँ बास बसेको र राती मनमैजु देवी(अजिमा; ईन्द्रायणी) प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पुजा अर्चना गरी जात्रा चलाएमा मनो आकाङक्षा पूरा हुने भनी सपना देखेछन्। भोलि बिहान अग्लो स्थानबाट चारैतिर हेदा पानीको दह भएको, काँडाहरूको झयाङैझयाङ वीच एउटा मन्दिर र स-साना वस्तीहरु देखेपछि गुणकाम देवले उक्त मन्दिरसम्म पुग्‍ने बाटो निर्माण गरी त्यहाँको स्थानीय वासीलाई जागृत गराई ईन्द्रायणीको नित्य पुजा अर्चना सहित चार दिनसम्म जात्रा गरी पाँचौँ दिनमा ईन्द्रायणी देवीको चिनो स्वरुप छोडिएको हिरामोतीले जडिएको भोटो देखाउँदा गुण कामदेव र स्थानीय वासीको मनको आकाङक्षा पुरा भएकोले त्यस समयदेखी नै मनमैंजु देवी नामबाटै यस गाँउको नाम मनमैजु रहनगएको मानिन्छ।[]

मनमैजुलाई नेपाल भाषीहरु फुसिखः, खुसिखः, मदनपुर पनि भन्ने गर्छन्। नेपाल भाषामा "फुसे" भनेको फेदी र "खः" भनेको चौर वा खेल्ने ठाँउ बुझिन्छ। यी दुबै शब्दको मेलबाट फुसिखः बनेको हो, जस अर्थ डाँडाको फेदीमा रहेको गाँउ हो। त्यसरी नै "खुसी" खोला र "खः" खेल्ने ठाँउ मली खुसिंखः बनेको हो। यसको अर्थ खोला खेल्ने ठाँउ हो। मनमैजुलाई पश्चिम र दक्षिणमा महादेव खोला र पूर्वमा साङ्गले खोलाले घेरेको हुनाले खुसिखः भनिएको हुनुपर्छ।

मनमैजु गा. वि. स को सीमाङ्कन पश्चिम र दक्षिणमा महादेव खोला र पूर्वमा साङ्गले खोलाले गरिदिएको छ। यस गा. वि. स को उत्तरमा फुटुङ्ग र काभ्रेस्थली गा.वि.सहरु छन्।

दिशाखोलावडा नंगा.वि.स
पूर्वसाङ्गले, विष्णुमती३,४,५गोंगबू ग.वि.स
पश्चिममहादेव८,९गोल्ढुङ्ग, धर्मस्थली
उत्तरछैन३,८फुटुङ्ग
दक्षिणमहादेव१,९का.न.पा वडा नं १६ बालाजु

सामुदायिक वन

[सम्पादन गर्नुहोस्]
क.ससामुदायिक वनको नामस्थानक्षेत्रफललाभान्वित परिवार
वृहस्पति सामुदायिक वनमनमैजु ५१.६ हेक्टर२५
इन्द्रायणी सामुदायिक वनमनमैजु ५१.४ हेक्टर३२
पिपल डाँडा सामुदायिक वनमनमैजु ८९.३२ हेक्टर९७
खजान्तीको पाखा सामुदायिक वनमनमैजु ८२.८ हेक्टर३६
जम्म१४ हेक्टर१८९ परिवार

[][][]

धार्मिक स्थल

[सम्पादन गर्नुहोस्]

मनमैजु अजिमा (ईन्द्रायणी, मनमैजु देवी) मन्दिर

[सम्पादन गर्नुहोस्]

मनमैजु अजिमा मन्दिर मल्‍लकालीन शैलीमा निर्माण भएको दुई तले मन्दिर हो। यस मन्दिरको प्राङ्गणमा रहेको शिलापत्रमा उल्‍लेख भए अनुसार यस मन्दिरको स्थापना प्रताप मल्‍लद्वारा वि.सं. १७१९ (नेपाल सम्बत् ७८३) मा भएको प्रमाण भेटिन्छ। वि.सं. १८५८ (नेपाल सम्बत् ९२१)मा श्री ५ गीर्वाणयुद्ध शाहको पालामा मान्दिरको पूजाआजा चलाउन गुठीको स्थापना गरेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
  3. 1 2 3 मनमैंजु गाँउ विकास समिति वस्तुगत विवरण २०६७
  4. Government of Nepal National Planning Commission Secretariat Central Bureau of Statistics Kathmandu, Nepal November, 2012;http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf अभिलेखिकरण २०१५-०२-१३ वेब्याक मेसिन
  5. Government of Nepal Ministry of Forests and Soil Conservation Department of Forests
  6. .forestrynepal;http://www.forestrynepal.org/wiki/326 अभिलेखिकरण २०११-०८-२२ वेब्याक मेसिन