सामग्रीमा जानुहोस्

दक्षिणकाली नगरपालिका

(दक्षिणकालीबाट अनुप्रेषित)
दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिका मा पर्दछ बागमती प्रदेश
दक्षिणकाली नगरपालिका
बागमती प्रदेशको नक्सामा दक्षिणकाली नगरपालिकाको अवस्थिति
दक्षिणकाली नगरपालिका मा पर्दछ नेपाल
दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ ८५°३०′३५″पू / 27.74667°N 85.50972°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखमोहन बस्नेत (नेपाली काङ्ग्रेस)
  उपप्रमुखबसन्‍ती तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४२.६८ किमी (१६.४८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२६,३६२
  घनत्व६२०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रफर्पिङ
वेबसाइटआधिकारिक वेबसाइट

दक्षिणकाली नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौरछैमले गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दक्षिणकाली नगरपालिकाको कुल जनसङ्ख्या २६,३७२ रहेको छ भने यहाँ ६,४८९ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार दक्षिणकाली नगरपालिकाको कुल जनसङ्ख्या २६,३७२ रहेको छ। यस नगरपालिकालाई ९ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

दक्षिणकाली नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चाल्नाखेल (१-७,९)४,५०७५.२५८५८.४८
चाल्नाखेल (८), सेतीदेवी (६)१,८०३१.५३१,१७८.४३
सेतीदेवी (१-४)२,१०११.९९१,०५५.७८
सेतीदेवी (५,७-९)१,५६५२.६६०१.९२
शेषनारायण३,८८९५.११७६१.०६
दक्षिणकाली (१-४,८-९)३,६८११.७१२,१५२.६३
दक्षिणकाली (५-७)१,५७३२.८९५४४.३०
छैमले४,३२३९.७१४४५.२१
टल्कु डुडेचौर२,९३०११.८८२४६.६३
जम्मा२६,३७२४२.६७६१८.०५

काठमाडौबाट करीब एक घण्टाको दुरिमा रहेको यस नगर धार्मिक , पर्यटकिय , मौलिक , सान्स्कृतिक आदी महत्त्वको लागि धनी छ । प्राय नेवारको बाहुल्यता रहेको फर्पिङ बजार क्षेत्र अनी आसपासका क्षेत्रमा बाहुन छेत्री लगायत अन्य समुदायको बाक्लो उपस्थिती रहेको छ।[]

नेपालकै एउटा प्रमुख धार्मिक मन्दिर दक्षिणकाली, नेपालको पहिलो विद्युत फर्पिङ (चन्द्रज्योती) विद्युत, नेपालको पुरानो मध्यको एक फर्पिङ पाठशाला (हाल फर्पिङ मा बि), चार नारायण मध्यको एक शेषनारायण, गोपालेस्वर पिठ, असुरा गुफा, पद्मसम्भव गुफा, केही सुविधा सम्पन्न रिसोर्टहरू, हरियाली बातावरण यहाँको विशेषताहरू हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मङ्सिर, २०७१, अन्तिम पहुँच १७ मंसिर

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]