दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिका Dakshinkali Municipality | |
---|---|
![]() दक्षिणकाली सन् २००९ मा | |
![]() | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
स्थापना | मंसिर २०७१ |
सरकार | |
• मेयर | मोहन बस्नेत |
• उप मेयर | बसन्ती तामाङ (डंगोल) |
क्षेत्रफल | |
• जम्मा | ४२.६ किमी२ (१६.४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,२९७ |
• घनत्व | ५७०/किमी२ (१,५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-१ |
वेबसाइट | www |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
दक्षिणकाली नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौ जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले यी ६ गाउँ विकास समितिहरूलाई समेटेर दक्षिणकाली नगरपालिका घोषणा गरिएको हो।[३][४] दक्षिणकाली नगरपालिकाको केन्द्रभने फर्पिङ्ग बजार रहको छ।[२]
क्षेत्र[सम्पादन गर्नुहोस्]
नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौबाट करीब एक घण्टाको दुरिमा रहेको यस नगर धार्मिक , पर्यटकिय , मौलिक , सान्स्कृतिक आदी महत्त्वको लागि धनी छ । प्राय नेवारको बाहुल्यता रहेको फर्पिङ बजार क्षेत्र अनी आसपासका क्षेत्रमा बाहुन छेत्री लगायत अन्य समुदायको बाक्लो उपस्थिती रहेको छ।[४]
पर्यटन[सम्पादन गर्नुहोस्]
फर्पिङ बजार (२००७)
नेपालकै एउटा प्रमुख धार्मिक मन्दिर दक्षिणकाली, नेपालको पहिलो विद्युत फर्पिङ (चन्द्रज्योती) विद्युत, नेपालको पुरानो मध्यको एक फर्पिङ पाठशाला (हाल फर्पिङ मा बि), चार नारायण मध्यको एक शेषनारायण, गोपालेस्वर पिठ, असुरा गुफा, पद्मसम्भव गुफा, केही सुबिधासम्पन्न रिसोर्टहरू, हरियाली बातावरण यहाँको विशेषताहरू हुन ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
दक्षिणकाली नगरपालिका साविकका चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा दक्षिणकाली नगरपालिकाको कूल जनसङ्ख्या २४,२९७ हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |