शेषनारायण मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शेषनारायण मन्दिर
प्राथमिक विवरण
स्थान:दक्षिणकाली नगरपालिका
सम्बन्धनहिन्दू
देवताविष्णु
चाडपर्वहरिबोधनी एकादशी
जिल्लाकाठमाडौं जिल्ला
प्रदेशबाग्मती प्रदेश
देशनेपाल

शेषनारायण मन्दिर बाग्मती अञ्चल अन्तर्गत हालको दक्षिणकाली नगरपालिका पर्ने एउटा प्रसिद्ध धार्मिक स्थल हो । काठमाडौँको प्रसिद्ध चार नारायण मध्य शेषनारायण पनि एक हो र हरेक हरिबोधनी एकादशीको दिन यस मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ। राजधानीबाट करिब १५ कि मि को दुरिमा रहेको यस ठाउँमा अन्य दिनहरूमा पनि चहलपहल हुने गर्दछ । मनोरम दृष्य, शितल अनि शान्त वातावरणको अनुभुती हुने यस पवित्र मन्दिरलाई बौद्ध धर्माबलम्बीहरूले पनि विशेष महत्त्वका साथ दर्शन गर्ने गर्दछन। 

उत्पत्ति[सम्पादन गर्नुहोस्]

शेषनारायणका बारेमा विभिन्न किम्बदन्तीहरु प्रचलित रहेका छन् । तर यसको उत्त्पतिको कारण यही नै हो भन्ने यकिन प्रमाण भने कही कतै पाईेको अवस्था छैन ।

जलविद्युत[सम्पादन गर्नुहोस्]

शेषनारायणको पानी प्रयोग गरी नेपालको पहिलो जलविद्युत (चन्द्र ज्योति) को उत्पादन सुरु गरिएको थियो र हाल सम्म पनि प्रयोग नै गरिएको छ भने ललितपुरका विभिन्न भागमा आजपनि यही स्थानको पानीलाई पिउने पानीको रूपमा वितरण गर्ने गरिएको छ ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]