सामग्रीमा जानुहोस्

काठमाडौँ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ जिल्ला
Kathmandu
बागमती अञ्चलमा काठमाडौँ जिल्लाको स्थानको अवस्थिति
बागमती अञ्चलमा काठमाडौँ जिल्लाको स्थान
देश नेपाल
प्रदेशमध्यमाञ्चल विकास क्षेत्र
अवस्थितिपहाड
नगरपालिका१ महानगरपालिका सँगै १० नगरपालिका
सदरमुकामकाठमाडौँ
क्षेत्रफल
 • जम्मा३९५ किमी (१५३ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,७४४,२४०
 • घनत्व४४००/किमी (११०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
मुख्य भाषाहरू
वेबसाइटआधिकारिक वेबसाइट

काठमाडौँ जिल्ला (नेपालभाषामा:येँ जिल्ला) नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौँ एक हो । यस जिल्लाको पूर्वमा भक्तपुरकाभ्रेपलाञ्चोक, पश्चिममा धादिङनुवाकोट, उत्तरमा नुवाकोटसिन्धुपाल्चोक र दक्षिणमा ललितपुरमकवानपुर जिल्ला पर्दछन् ।

यस जिल्लाको सीमाना उत्तरमा जर्के खोला, सिन्धु खोला ठाडो खोला र शिवपुरी लेकले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लाहरूसँग, पूर्वमा कात्तिके खोला, मनोहरा खोलाबागमती नदीले भक्तपुर र ललितपुर जिल्लासँग, पश्चिममा कोलफु खोला, नागार्जुन डाँडा, दहचोक, चन्द्रागिरी पहाड आदिले नुवाकोट, धादिङ र मकवानपुर जिल्ला तथा दक्षिणमा महादेवटारका डाँडा, रातेमाटे खोलाले मकवानपुर जिल्लासँग छुट्याएको छ ।

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]

काठमाडौँको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा लिच्छविकालको पूर्वार्धतिरसम्म यस भूमिको नाम काठमाडौँ रहेको थिएन भन्न सकिन्छ । त्यसताकासम्म नेपाल उपत्यका पशुपति क्षेत्र, मन्जुपतन आदि नाम रहेको अड्कल लगाइएको पाइन्छ ।

  • वि.सं. १०४३ तिर प्रसिद्ध लिच्छवी राजा गुणकामदेवले यस क्षेत्रमा यो सहर विकास गरेपछि यहाँको नाम काष्ठमण्डप रहन आएको हो ।
  • अर्को भनाई अनुसार वि.सं. १२०० तिर काठमाण्डौं शहरको दक्षिण पश्चिम भागमा एउटा ठूलो रुखवाट काठैकाठको सत्तल बनेको हुँदा काष्ठमण्डप भनिन थाल्यो । संस्कृत शब्द काष्ठमण्डपको नेपाली रूपान्तर काठमाडौँ भएकोले पछि यस क्षेत्रलाई काठमाडौँ भनिन थालियो तर मल्लकालमा यसलाई कान्तिपुर पनि भनिन्थ्यो ।

यसरी संक्षेपमा यो क्षेत्रको नाम विभिन्न समयमा विभिन्न रूपले बदलिँदै काठमाण्डौं हुन आएको हो भन्न सकिन्छ ।

कान्तिपुर सहरको स्थापना राजा गुणकामदेवले गरेका हुन्| किम्बदन्ति अनुसार उहांले शक्तिको अराधना गरी खड्ग आकारको सहरको निर्माण गर्न लगाएका थिए जसको जग हनुमानढोका दरबार क्षेत्रमा राखिएको थियो ।

गोपाल तथा महिषपाल वंश

[सम्पादन गर्नुहोस्]

लिच्छिवि काल

[सम्पादन गर्नुहोस्]

४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थपना भएको थियो ।

प्रथम प्रजातन्त्रकाल

[सम्पादन गर्नुहोस्]

द्वितीय प्रजातन्त्रकाल

[सम्पादन गर्नुहोस्]

काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरियो ।

शाही घोषणा पश्चात

[सम्पादन गर्नुहोस्]

काठमाडौँ पहाडी भूभागमा पर्ने जिल्ला हो ।

यस जिल्लाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ ।

यस जिल्लामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा धेरै साना खोलाहरू बग्दछन् ।

मनसुन ऋतुमा बङ्गालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ । शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ ।

शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म ।


प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा १ महानगरपालिका र १० नगरपालिकाहरू छन्।[]

काठमाडौँ जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तह समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
काठमाडौँ महानगरपालिका ३२ काठमाडौँ ८,६२,४०० ४९.४५ १७,०००
कीर्तिपुर नगरपालिका लायकु, कीर्तिपुर चिठुबिहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बहिरीगाउँ (वि.सं २०५३ अगाडिका गाविसहरू) १० कीर्तिपुर ८१,५७८ १४.७६ ५,५००
कागेश्वरी मनोहरा नगरपालिका गोठाटार, मूलपानी, डाँछी, भद्रवास, आलापोटगागलफेदी डाँछी १,३०,४४३ २९.८५ ४,४००
शङ्खरापुर नगरपालिका नाङ्गलेभारे, लप्सीफेदी, इन्द्रायणी, बज्रयोगिनी, पुखुलाछीसुन्टोल पुखुलाछी २९,३१८ ६०.२१ ४९०
गोकर्णेश्वर नगरपालिका सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटीगोकर्णेश्वर जोरपाटी १,१५,४३७ ५८.०५ २,०००
चन्द्रागिरी नगरपालिका थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँनैकाप पुरानोभञ्ज्याङ १५ बलम्वु १,३६,८६० ४३.९२ ३,१००
नागार्जुन नगरपालिका इचङ्गुनारायण, सीतापाइला, रामकोट, भीमढुङ्गास्यूचाटार १० सीतापाइला १,१५,४३७ २९.८५ ३,९००
दक्षिणकाली नगरपालिका चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौरछैमले फर्पिङ बजार २६,३६२ ४२.६८ ६२०
तारकेश्वर नगरपालिका साङला, जितपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैंजुफुटुङ ११ धर्मस्थली १,५१,४७९ ५४.९५ २,८००
१० टोखा नगरपालिका झोर महाङ्काल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासीगोङ्गबु ११ ग्रीनल्यान्ड १,३३,७५५ १७.११ ७,८००
११ बूढानीलकण्ठ नगरपालिका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाङ्काल, विष्णु बूढानीलकण्ठकपन १३ महाङ्काल १,७७,५५७ ३४.०८ ५,२००
काठमाडौँ जिल्लाका साविकका गाविसहरू

महत्त्वपूर्ण स्थलहरू

[सम्पादन गर्नुहोस्]

केही महत्त्वपूर्ण ठाउँहरू यस प्रकार छन्

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२