सामग्रीमा जानुहोस्

दोलखा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोलखा जिल्ला
बागमती प्रदेशको नक्सामा दोलखा जिल्लाको अवस्थितिको अवस्थिति
बागमती प्रदेशको नक्सामा दोलखा जिल्लाको अवस्थिति
देश नेपाल
प्रदेशबागमती प्रदेश
स्थापनावि.सं २०१८
सदरमुकामचरिकोट
सरकार
  प्रकारजिल्ला समन्वय समिति
  अङ्गजिसस, दोलखा
क्षेत्रफल
  जम्मा२,१९१ किमी (८४६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७२,७६७
  घनत्व७९/किमी (२००/वर्ग माइल)
  धरधुरीहरू
४९,५३८
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०४९
मुख्य भाषा(हरू)
वेबसाइटआधिकारिक वेबसाइट

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बुरामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ। नेपालको राजधानी काठमाडौँबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।

२००७ साल पूर्व र त्यसपछि २०१८ सालसम्म पनि पूर्व २ नं. गोश्वराको प्रशासनिक इकाइको रूपमा रहेको दोलखालाई २०१८ सालदेखि मात्र अलग जिल्लाको रूपमा अस्तित्वमा आए पनि २०२४ सालदेखि मात्र अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्य जस्ता जिल्ला स्तरीय कार्यालयहरू स्थापना हुन थालेका हुन्। ऐतिहासिक स्थल दोलखाको नामबाट नामाकरण गरिएको यस जिल्लाका केही स्थानहरूमा किरात वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ।

जिल्लाको नामाकरण

प्राचीन समयमा मुगलहरूको अत्याचारमा परी भारतवर्षवाट भागेर आएका एक जोगी गौरीशंकर हिमालको काखमा एउटा गुफाभित्र कसैले नदेख्ने गरी तपस्या गर्न थाले। उनको तपस्याबाट खुसी भएर भगवान शिवजीले त्यस जोगीलाई बरदान दिए। शिवजीको वरदान पाएर खुसी भएका जोगी एकपटक सबैतिर चक्कर लगाएर आउँछु भनि हिँडे। उनी जति घुमेपिन त्यही ठाउँमा पुग्दथे। एवं रीतले दुई लाख पटक चक्कर मार्दा पनि कहि पुग्न सकिन भनेर पहिले आफूले तपस्या गरेको गुफामा आई वस्न थालेछन्। यसरी दुई लाख पटक घुम्दा पनि त्यहि स्थानमा आएकाले सो स्थानलाई दो+लाखबाट अपभ्रंस हुदै दोलखा नाम रहेको जनश्रुति पाइन्छ।

वि.सं. सातौँ शताब्दीमा भारतको बिहार लगायत उत्तरी क्षेत्रको तिब्बतसँगको व्यापार दोलखाको बाटोवाट हुने गर्दथे। यो मार्ग खुलेपछि दोलखालाई "वनगढ"को रूपमा विकसित गरियो। उक्त वनगढमा काठमाडौँ उपत्यकाबाट ७०० नेवार परिवार झिकाई त्यस ठाउँमा बसाइयो। भनिन्छ त्यस वेला यस वनगढको कुथरे अधिकरणबाट वार्षिक २ लाख प्राप्त हुने भएकोले यसको नाम दुइलाखा रहन गई पछि दोलाखा हुँदै दोलखा रहन गयो भन्ने भनाई पनि छ। कुथुरे अड्डा संभवत हालको नागदह नजीकको कुर्थेवेसी वा कुथलीमा रहेको थियो। कुथुरे भनेको लिच्छविकालमा कर उठाउने अड्डाको नाम थियो।

तिब्बती भाषा अनुसार "दो"को अर्थ ढुङ्गा र "ल"को अर्थ मन्दिर र "खा"को अर्थ घर भएकोले यस जिल्लामा प्रशस्त मात्रामा ढुङ्काबाट बनाईएको मन्दिर र घरहरू भएकोले दोलखा नामाकरण भएको हो भन्नेहरू पनि छन्।

जिल्लाको इतिहास

दोलखा करिव ५०० वर्ष स्वतन्त्र राज्यको रूपमा रहेको पाइन्छ। लिच्छवी शासन अन्तर्गत आउनु अघि दोलखा किरांत राज्यको खुम्बुआन क्षेत्र अन्तर्गत पर्दथ्यो। खुम्बुआन सुनकोशी भेगदेखि दुधकोशी भेगसम्मको क्षेत्र थियो र यसलाई माझकिरात वा राईकिराँत समेत भन्ने गरिन्थ्यो। किराँत अन्तर्गतको प्राचीन दोलखा हालको किराँतीछाप इलाका थियो।

दोलखाको ऐतिहासिक पृष्ठभूमि बारे प्रसिद्ध इतिहासकार बाबुराम आचार्यले उल्लेख गर्नु भएको छ "दोलखानिर 'किराँती छाप" भन्ने ठाउँका खण्डहरूमा पछिल्ला लिच्छविकालका कुटिल लिपिको शिलालेख छ। यस कारण साँतौ शताब्दिमा तिब्बतबाट हिमालय छिचोली कुतीमा झर्ने बाटो खुलेपिछ तामाकोशीका किनारबाट सिन्धुली उत्रेर उत्तर भारतका मैदानमा झर्ने वाणिज्य मार्ग खुल्दा काठमाडौँ उपत्यकाका मानिसहरू गएर दोलखामा उपनिवेश स्थापना गरेका र किरातछापमा रहेको पुरानो दोलखाको वस्ती सन् चौधौँ शताब्दिमा समसुद्दिनको आक्रमणबाट ध्वस्त भई अचेलको दोलखा बसेपिछ भीमेश्वरको स्थापना भएको अनुमान हुन्छ। "दोलखाको इतिहास नगासिए काठमाडौँ उपत्यकाको मल्लकालको इतिहास अंगहीन हुन्छ।"

काठमाडौँमा यक्ष मल्ल राजा भएताका दोलखामा कीर्तिसिंह सामन्ती शासकका रूपमा थिए। वि.सं. १५३१ सम्म शासन गरी कीर्तिसिहको निधन भएपछि उनका छोरा उद्धवदेव १४ वर्षको उमेरमा दोलखाका राजा भए। त्यसबेला उद्धवदेवले आफ्नो नामको अगाडि "दोलखाधिपति" लेख्ने गरेका थिए जसबाट दोलखा एउटा स्वतन्त्र राज्यको रूपमा रहेको थियो भन्ने कुराको पुष्टि हुन्छ।

वि.सं.१५६८को अभिलेखमा उल्लेख भएअनुसार उद्धवदेव पछि नन्ददेव दोलखाका राजा भएका थिए भने त्यसपछि उध्दवदेव राजा भएको कुरा वि.सं. १५७७को अभिलेखमा पाउन सकिन्छ। उध्दवदेवले दोलखाको राजनीतिक एवं सांस्कृतिक अवस्था मजबुत तुल्याएका थिए। त्यसपछि दोलखामा गोविन्द सिंहले शासन गरे र १५९१मा उनको पनि मृत्यु भयो। इन्द्रिसंह दोलखाका राजा भएपछि काठमाडौँ उपत्यकाका राजाहरूसँग राम्रो मैत्री सम्बन्ध स्थापना भयो। दोलखामा सवैभन्दा पहिला चाँदीको मोहरमा आफ्नो नामको टक छापी प्रचलनमा ल्याउने राजा इन्द्रिसंह नै हुन्। उनले आफूलाई "राजाधिराज" समेत घोषणा गरेका थिए। यिनैको शासनकालमा दोलखा राज्यको नाम राखिएको थियो। वि.सं. १६०५को माघ महिनामा उनको पनि मृत्यु भयो। तत्पश्चात नारायणिसंह दोलखाको राजगद्दीमा विराजमान भए। नारायणिसंह राजा भएता पनि त्यसबेला जयनारायणले शासन चलाएका थिए। त्यसपिछ वि.सं. १६४२ मा भीष्मदेव दोलखाका राजा भए। दोलखा तथा उपत्यकाका राजाहरू बीचमा राम्रो सम्बन्ध भएतापनि त्यसवखतका कान्तिपुरका राजा शिविसंहले वि.सं. १६५५ मा ललितपुर माथि आक्रमण गरे र त्यसलाई आफ्नो कब्जामा लिए। त्यसपछि वि.सं. १६५५ मा नै उनले स्वतन्त्र रूपमा रहेको दोलखामा पनि आक्रमण गरी तत्कालिन राजा भिष्मदेवलाई परास्त गरी आफ्नो अधिनमा लिई दोलखामा ठकुराई राजप्रशासन चलाए। ठकुराई कै क्रममा दोलखाका अन्तिम ठाकुर महिन्द्र सिंहले दोलखाको कार्यभार आफ्ना उत्तराधिकारी छोरा नीलनारायण मल्ललाई सुम्पेको बेला अर्कातिर गोरखाका राजा पृथ्वीनारायण शाह नेपालको एकिकरण गर्ने कार्यमा लागीरहेका थिए।

तिब्बतसँगको व्यापार नुवाकोट जिल्लावाट चल्ने हुनाले कान्तिपुरका राजाले सिन्धुपाल्चोक र दोलखा समेत आफ्नो मातहतमा राखेका हुँदा तिब्बतको व्यापार आफ्नो हातमा पार्न पृथ्वीनारायण शाहले मुश्किल महशुस गरेका थिए। त्यसैगरी उनले दोलखालाई आफ्नो कब्जामा पार्ने योजना अनुरूप ठोसेको फलामखानी समेत अधिनस्थ गर्न दुधकोशी समेत कब्जामा लिएका थिए। उनले तुलाराम पाण्डे र कहरिसंह बस्न्यातका हातमा दोलखाली देशवार प्रधानहरूलाई "नालदुम पूर्व मेरो अम्बल भयो तिमी प्रजापात्र हौ मेरो हजुर्मा आओ तिम्रो रक्षा गरुला" भनेर पत्र पठाएपछि दोलखालीहरूले मंजुर गरे र गोरखा राज्य दुधकोशीसम्म विस्तार भयो। यसरी वि.सं. १८०३ सम्ममा नुवाकोट सिन्धुपाल्चोक र दोलखा पृथ्वीनारायण शाहको राज्य सञ्चालन भित्र परिसकेका थिए।

वि.सं. २००७ पूर्व र वि.स.२०१८ सालसम्म पनि पूर्व २ नम्वर गोश्वाराको प्रशासनिक इकाईको रूपमा रहेको दोलखालाई वि.सं. २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि मात्र अलग जिल्लाको रूपमा अस्तित्वमा आएको पाइन्छ।


प्रशासनिक विभाजन

जिल्लामा दुई नगरपालिका र ७ गाउँपालिकाहरू गरि ९ वटा स्थानीय तहहरू रहेका छन्।[]

दोलखा जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग

किमी)

जनघनत्व (वर्ग

किमी)

भीमेश्वर नगरपालिका बोच, लाकुरीडाँडासुष्पाक्षमावती चरिकोट ३४,७१२ १३२.५० २६०
जिरी नगरपालिका जिरी, ठूलोपाताल, मालीश्यामा जिरी १६,१०९ २११.२७ ७६
शैलुङ गाउँपालिका तामचेत दूधपोखरी, भूषाफेदामागापौवा, काटाकुटी, फस्कुशैलुङ्गेश्वर काटाकुटी १७,९२३ १२८.६७ १४०
वैतेश्वर गाउँपालिका गैरीमुदी, मिर्गे, काब्रे, नाम्दुक्षेत्रपा नाम्दु १७,८९६ ८०.४१ २२०
विगु गाउँपालिका लामाबगर, ओराङ, बुलुङ, लादुक, चिलङ्खा, आलम्पु, विगुखोपाचाँगु लादुक १६,४९० ६६३.२ २५
मेलुङ गाउँपालिका पवटी, घ्याङसुकाठोकर, भेडपु, डाँडाखर्कमेलुङ भेडपु १५,८९३ ८६.५४ १८०
तामाकोशी गाउँपालिका हाँवा, च्यामा, झुले, भीरकोट, जफे, मालुशहरे जफे १५,१६३ १५३.०६ ९९
गौरीशङ्कर गाउँपालिका गौरीशङ्कर, खारे, मार्बु, सुरी, चङ्खु, झ्याकुजुँगु सुरी १५,९९५ ६८१.३९ २३
कालिन्चोक गाउँपालिका लापिलाङ, लामिडाँडा, बाबरे, कालिन्चोक, सुनखानीसुन्द्रावती सुनखानी २१,०९७ १३२.४९ १६०
दोलखा जिल्लाका पूर्व गाविसहरूको नक्सा

जिल्लाको सिमाना

भौगोलिक अवस्थिति

  • अक्षांस: २७.२८" देखि २८.०" उत्तर
  • देशान्तर ८५.५०" देखि ८६.३२" पूर्व
  • उचाई ७३२ देखि ७१४८ मिटर
  • क्षेत्रफल २१९१ वर्ग किलो मिटर
  • राजधानीवाट दुरी १३२ कि.मी.
  • सवैभन्दा उच्च स्थान: गौरीशंकर ७१४८ मी.
  • सवैभन्दा कम उचाई भएको स्थान: सितली ७३२ मी. मेलुङ्ग

धार्मिक तथा पर्यटकीय स्थलहरू

दोलखा भिमसेन

भीमसेन मन्दिर

सदरमुकाम चरिकोटबाट ४ किमी उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो। यसको स्थापना किरातकालमा नै भएको अनुमान छ। देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रूपमा पसिना आउने गर्दछ।

पौराणिक कालमा दोलखा सहरमा पाण्डबहरू गुप्तवास बसेको र सो गुप्तावास बस्दाको समयमा प्रयोग गरिएको सांकेतिक भाषा नै हाल दोलखाली नेवारहरूले बोल्ने नेवार भाषा हो भन्ने किम्बदन्ती रहेको छ। सो मन्दिरमा नित्य पूजा बाहेक भिम एकादशी, वालाचर्तुदशी, चैतेदशै, बडादशै इत्यादिमा मेला लाग्ने गर्दछ।

सदरमुकाम चरिकोटबाट करिव १५ कि.मी. उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीय स्थल कालिञ्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मी.को उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलानञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिन्चोक डांडांबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।

शैलुङ्गेश्वर महादेव

सदरमुकाम चरिकोटबाट करिव २० कि.मी. दक्षिणमा शैलुङ्गेश्वर डाँडामा अवस्थित यो स्थान ३५०० मी.को उचाईमा रहेको छ। साना ठूला गरेर १०० वटा थुम्काहरू रहेकोले शैलुङ्ग भनिएको यस स्थानबाट प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ।

टसी गुम्बा

जिल्ला सदरमुकाम चरिकोटबाट १३ कोष उत्तरमा रहेको विगु गाविस वडा नं. ८मा अवस्थित विगु गुम्बा वास्तवमा यस जिल्लाकै एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ। विगु गुम्बाको स्थापना विक्रम संम्बत १९९० तिर डुम्पा रिम्पोछे (स्योराव दोर्जे)ले गर्नु भएको विश्वास गरिन्छ। समथर स्थानमा रहेको उक्त गुम्बामा हाल करिव ६० जना आनी (महिला भिक्षुणी) हरू रहेका छन्। जसले गुम्बामा नियमित रूपमा पाठपूजा गर्ने, पढ्ने र नयाँ भिक्षुहरूलाई पढाउने कार्य गर्दछन्। गुम्बामा कहिल्यै ननिभ्ने एक निमबत्ती नियमित रूपमा बल्दछ। उक्त गुम्बामा दशैको सप्तमीदेखि एकादशीसम्म बत्ती बाल्ने परम्परा छ। हिन्दू धर्मावलम्बीहरूले दशै काटमार गरी बली चढाउने परम्परा भएको र सो परम्पराबाट काट मारमा परी मर्ने हाँस, कुखुरा, बोका, राँगा आदिको नाममा बत्ती बालिएको हो भन्ने किम्बदन्ती छ।

देउलाङ्गेश्वर महादेव

ओराङ र लामाबगर गाविसको सीमानामा रहेको देउलाङ्गेश्वर महादेवको मन्दिर उत्तरी क्षेत्रको प्रसिद्ध तिर्थ स्थल हो। स्वस्थानी पूर्णिमाको दिन ठूलो मेला लाग्ने यस मन्दिरमा सत्य यूगमा महादेवले सत्यदेवीलाई जोगीको भेषमा विवाह गरी ल्याउँदा यहि मन्दिरसंगै रहेको कुटीमा राखेको र सत्यदेवीले विलौना गर्दा खरले छापेको सो कुटीको भित्तो च्याती हिमालय पर्वतको दर्शन गराएको किम्बदन्ती रहेको छ। उक्त कुटी मन्दिरसंगै अझै पिन देख्न सकिन्छ।

रोलवालिङ्ग उपत्यका

पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चकारी स्थलको रूपमा रहेको यस उपत्यकामा साहसिक पैदल यात्राका लागि विदेशी पर्यटकहरू आकर्षित हुने गर्दछन्।

च्छोरोल्पा हिमताल

गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ्ग उपत्यकामा रहेको च्छोरोल्पा हिमताल नेपालकै सवभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ। सन् १९६३मा यो हिमताल ०.२३ वर्ग कि.मी. क्षेत्रफलमा रहेकोमा सन् १९९७मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग कि.मी. सम्म फैलिएको छ। १३५ मी. गहिरो उक्त हिमतालमा १० करोड घ.मी. पानी रहेको अनुमान छ।

गौरीशंकर हिमाल

गौरीशंकर हिमाल

७१३४ कि.मी अग्लो यो हिमालबाट नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ।

वेदिङ्ग गाउँ

गौरीशंकर गाविसको वडा नं. १मा पर्ने वेदिङ्ग गाउँलाई हिम मजदुरको गाउँ भन्ने गरिन्छ। यस गाउँका २९ जना भन्दा बढी व्यक्तिले सगरमाथाको आरोहण गरी सकेका छन। हालसम्म १८० सगरमाथा आरोहण गर्ने सफल नेपाली मध्ये वेदिङ्ग वासीले मात्र ७० पटक भन्दा बढी सगरमाथा आरोहण गरी सकेका छन्।

वि.सं. २०४२ साल वैशाख २४ गते गौरीशंकर गाविसको टसीनामामा जम्मिएका तेम्बाछिरी शेर्पा सवैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति हुन। उनले गत २०५८ जेष्ठ ११ गते उक्त विश्व किर्तिमान कायम गरेका हुन्।

जिरी उपत्यका

जिरी बजार नेपाल

सदरमुकाम चरिकोटबाट ५६ कि.मी पूर्वमा रहेको जिरी बजार (उपत्यका) सगरमाथा प्रवेशद्वार हो। समुद्र सतहबाट १९५१ मी.को उचाईमा रहेको जिरी मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ। यसलाई नेपालको स्वीटजरल्याण्ड पनि भन्ने गरिन्छ। नेपालको स्वीजरल्याण्ड भनिने पहिचान बनाएको दोलखाको जिरी पुग्न सदरमुका चरिकोटबाट २ घण्टाको यात्रा तह गर्नु पर्छ । काठमाण्डौंबाट एक सय ८४ किलोमीटरका यात्रा पछि पुगिने जिरी सिमान्तकृत जिरेलहरूको बसोबास रहेको छ । १९०५ मीटरको उचाईमा रहेको जिरी उपत्यका सन् १९३८ सालमा स्वीस सरकारले पक्की सडक पु¥याएको थियो । सगरमाथाको प्रवेशद्धार पनि भनिने जिरीमा जिरेल जातिको मात्र बसोबास रहेको सिक्रिलाई होम स्टे बनाउनका लागि जिरी उच्च माविका प्राचार्य टेकबहादुर जिरेलको संयोजकत्वमा बनेको समितिले होम स्टेको पूर्वाधार तयारी र छलफल अन्र्तक्रिया छलफलको कामलाई अघि बढाएको छ । सगरमाथाको प्रवेशमार्गको रूपमा चिनिने जिरीमा पर्यटकहरूको आगामण बढ्दै गएपछि जिरी बजारमा रहेका होटलहरूले पर्यटकको चाप थेग्न नसक्ने र गाउँबासीलाई पनि व्यवसायी बनाउनका लागि यो अवधारणा ल्याइएको हो । सिक्रिमा होम स्टेका लागि विभिन्न टोलीले स्थलगत अध्ययन पनि गरी सकेका छन् । पाहुनालाई घरायसी वातावरणमा बस्नका लागि एक घरमा चार जनासम्म बस्न मिल्ने गरी सिक्रिका २५ घरमा होम स्टे बताउने योजना बनेको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष भूमिराज खड्काले जानकारी दिए । स्वीट्जरल्याण्डको जुरिच सहरको रूपमा जिरीलाई चिनिन्छ । सगरमाथा आरोहणमा जानेहरु र सगरमाथा क्षेत्रमा जाने पैदल यात्रीहरु जिरीहुँदै जाने गरेका छन् । इकाला प्रहरी कार्यालय जिरीको तथ्याङ्क अनुसार सन् २००९ भन्दा सन् २०१० मा १५ प्रतिशतभन्दा बढी विदेशी पर्यटकहरूले भ्रमण गरेका छन् । विशेष गरी विदेशी पर्यटकहरु रोल्वालिङ क्षेत्र घुम्न सिंगटी हुँदै जाने गर्दछन् । जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ क्षेत्रका हिमालहरु, र दोलखा र रामेछापका अधिकांश गाउँहरु देखिने र चेर्दुङ महादेवको दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

जटापोखरी

जिल्लाको श्यामा गाविस वडा नं. १मा पर्ने जटापोखरी सदरमुकाम चरिकोटबाट १६ कोष उत्तरपूर्वमा पर्दछ। धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिने उक्त पोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्दछ। यो पोखरी करीव ४५०० मीटरको उचाइमा रहेको छ।

बहुला पोखरी

आलम्पु गाविस वडा नं ९मा रहेको आमा बाभारे पर्वतको थोरै तलतिर वरिपरि कडा चट्टानको आडमा फैलिएको बहुला पोखरीको लम्बाई ३०० मीटर र चौडाइ २०० मीटर रहेको छ भने गहिराइ एकीन हुन सकेको छैन। नेपाल अधिराज्यकै सबैभन्दा गुणस्तरयुक्त स्लेट खानीले मात्र प्रसिद्ध आलम्पु गाविस यस पोखरीको माध्ययमले पनि चिनिन थालेको छ। मनकामना माइले इच्छाएको कुरा पुरा गर्ने किम्बदन्ती जस्तै यस पोखरीले पनि इच्छाएको कुरा पुरा गर्न सक्ने विश्वास गरिन्छ। ऋषि तर्पणी पूर्णिमाको अघिल्लो राति ठूलो मेला लाग्ने उक्त पोखरीको व्यापक प्रचार प्रसार हुन सकेको खण्डमा पर्यटकीय आकर्षण बढ्न सक्ने कुरा निर्विवाद छ।

दोलखाको तथ्यांकीय परिचय

भौगोलिक बनावट

यस जिल्लाको अधिकांश भूभाग उच्च पहाड तथा हिमालले ढाकिएको छ। पहाड र हिमालको खोच, नदी किनार, टार र बेंसी गरी जम्मा १० प्रतिशत भूभाग मात्र समतल भएको अनुमान छ। भू-धरातलीय स्वरूपको आधारमा ३५ प्रतिशत भूभाग उच्च हिमाली भेगमा, ४० प्रतिशत भूभाग उच्च पहाडी भागमा र २५ प्रतिशत भूभाग मध्य पहाडी भागले ओगटेको छ।

भू धरातलको किसिमक्षेत्रफल (हेक्टरमा)प्रतिशत %
उच्च हिमाल७५०००३५
उच्च पहाड८५७१४४०
मध्य पहाड५३५७३२५

भौगोलिक उपयोगको स्थिति

जिल्लाको कूल क्षेत्रफल २,१४,२८७ हेक्टरमध्ये २६.४५ प्रतिशत अर्थात ५६,६८३ हेक्टर जमीन कृषि क्षेत्रले ओगटेको छ। वन क्षेत्र ४७.३७ प्रतिशत र घाँसे मैदान (चरण भूमि) १३.७७ प्रतिशत छ।

क्र.सं.विवरणक्षेत्रफल(हेक्टरमा)प्रतिशत %
कृषि क्षेत्र५६,६८३२६.४५
वन क्षेत्र१,०१,५००४७.३७
चरण भूमि-घाँसे मैदान२९,५००१३.७७
हिउँले ढाकेको क्षेत्र५,६६५२.६४
पर्ती जग्गा१३,७४०६.४१
पानीले ढाकेको७,०६८३.३०
अन्य१३१०.०६
-जम्मा२,१४,२८७१००

राजनीतिक विभाजन

दोलखा जिल्लालाई दुई संसदीय क्षेत्र, ११ इलाका, ५१ गाविस र एक नगरपालिकामा विभाजन गरिएको छ। जिल्लाको ५१ वटा गाविसमध्ये तामाकोशी पारिका २३ वटा र तामाकोशी वारीका ५ वटा गरी कूल २८ वटा गाविस क्षेत्र नं. एकमा राखिएको छ भने तामाकोशी वारीका २३ वटा गाविस र एक नगरपालिकालाई क्षेत्र नं. दुईमा राखिएको छ। नगरपालिका १३ वडामा विभाजित छ। इलाका विभाजन निम्न अनुसार रहेको छ।

इलाका नं.भौगोलिक क्षेत्र
गौरीशंकर, खारे, मार्वु, चंखु र सुरी
झ्याँकु, जुँगु, क्षेत्रपा, नाम्दु र काब्रे
जिरी, माली, श्यामा र ठूलो पातल
गैरीमुदी, मिर्गे, भिरकोट र झूले
हाँवा, च्यामा, मालु, शहरे र जफे
डाँडाखर्क, मेलुङ, भेडपु, घ्याङसुकाठोकर र पवटी
फस्कु, मागापौवा, शैलुङ्केश्वर, काटाकुटी, ताम्चेत र भूषाफेदा
लाँकुरीडाँडा, बोच र भिनपाका वडा १ र ५-१३ सम्म
सुष्पाक्षमावती, शुन्द्रावती, सुनखानी र भीनपाका वडा २, ३ र ४
१०लापीलाङ, लामीडाँडा, वावरे, खोपाचागु, आलम्पु र कालिञ्चोक
११विगु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामाबगर

जनसङ्ख्या

वि.सं. २०४८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार यस जिल्लाको जनसङ्ख्या १,७३,२३६ थियो, जसमा पुरूष ८४,८२५ (४८.९६%) र महिला ८८,४११ (५१.०४%) थियो। २०३८ सालको जनगणना अनुसार यो संख्या १५०५७६ थियो। २०३८ सालदेखि २०४८ सालसम्मको १० वर्षको अवधिमा २२३६०ले बृद्धि भएको देखिन्छ। २०५७मा पुरूष १,०९,३६९ (५०.३५%) र महिला १,०७,८४९ (४९.६५%) गरी जम्मा २,१७,२१८ (जि.वि.स.वाट भएको प्राथमिक तथ्याङ्क संकलनबाट) रहेको छ। २०४८ देखि २०५७को जनसङ्ख्या बृद्धिदर २.५ प्रतिशत रहेको छ। जुन वृद्धिदर राष्ट्रिय दर भन्दा उच्च छ।

क्र.सं.विवरणजनगणना २०२८जनगणना २०३८जनगणना २०४८घरधुरी सर्वेक्षण(जिविस/एलजिपि २०५७
कूल जनसङ्ख्या१,३०,०२२१,५०,५७६१,७३,२३६२,१७,२१८
पुरुष६३,१८०७४,९१०८४,८२५१,०८,१७०
महिला६६,८४२७५,५६६८८,४१११,०९,०४८
कूल घरधूरी-२८,८४८३५,८७२३९,९२३
औसत परिवार संख्या-५.२४.८५.४३
जनघनत्व (प्रति वर्ग किमी)-६८.७७९.१९९.१४
आर्थिक रूपमा सक्रिय-७२,१५५९३,२१६१,३८,६४८

जनगणना २०५८को प्रारम्भिक परिणाम अनुसार जिल्लामा ४३२६२ घरधुरी, पुरुष १००१४७, महिला १०४५९७ गरी जम्मा २०४७४४ जनसङ्ख्या रहेको छ।[स्रोत नखुलेको]

Dolakha bazar

काठमाडौँदेखि दोलखा बजारसम्म सडक यातायातको दुरी १ सय ३४ किलोमिटर छ। बजारमा करिब ५ हजार मानिस बस्छन्। नेवार, थामी, तामाङ र दमाइ बढी छन्। बजार प्रवेश गर्ने ठाउँमा भर्खरै राजा जयइन्द्रसिंह देवमा समर्पित ढोका निर्माण गरिएको छ। मन्दिर र बिहारमात्रै होइन, कलात्मक आँखीझ्याल भएका घर र दरबार पनि छन् यहाँ। कतिपय कलात्मक घर र दरबार जिर्ण भइसकेका छन्। बहाल टोलको रानी दरबारको पनि बिजोगै छ। पुरानो दरबार भत्किएको ठाउँमा राजकुलेश्वर निम्न माध्यमिक विद्यालय ठडिएको छ। टक्सार भवन जिर्णोद्धार गरी सङ्ग्रहालय बनाउने अभियानमा जुटेको छ, द्वाल्खा गुठी। यसबाहेक कुमारी घर, त्रिपुरा सुन्दरी, तलेजु भवानी, महादेव आदिका मन्दिर र ९ वटा चैत्य छन्। यति सानो बस्तीमा मठ, मन्दिर, पोखरीलगायत एक सय १४ वटा सांस्कृतिक सम्पदा छन्। 'यसले पनि दोलखाको ऐतिहासिकता पुष्टि गर्छ,' श्रेष्ठ भन्छन्।

भिमेश्वर मन्दिरमा धार्मिक पर्यटकको घुइँचो लाग्छ। संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठका अनुसार भिमेश्वरको दर्शनबिना पशुपतिनाथको दर्शन अपुरो मानिन्छ। जनकपुरको रामजानकी मन्दिर र भिमेश्वरलाई एकिकृत गरी गुरुयोजना तर्जुमा गर्नुपर्ने मागका साथ संस्कृतिमन्त्रीलाई पनि भेटिसकेको उनले बताए। सरकारले 'भीमेश्वर जनकपुर बृहत्तर क्षेत्र विकास योजना' लागू गरे हिमाली, पहाडी र तराईबासीबीच सहिष्णुताको नाता अझ गाढा हुने उनको भनाइ छ।

दोलखा नेपाल भाषा

दोलखा नेपाल भाषाको लिपि छैन। काठमाडौँ र दोलखाका नेवारले प्रयोग गर्ने भाषाको फरक बुझ्न केही शब्द हेरौं। पानीलाई दोलखाली 'लोखु' भन्छन् भने काठमाडौँकाले 'ल'। किताबलाई दोलखालीले 'साँफर' भन्छन् भने काठमाडौँमा 'सफु' भनिन्छ। दोलखाली अर्धांगिनीलाई 'कलात' भन्छन् भने काठमाडौँमा 'कला'। दोलखालीले राम्रोलाई 'बाँलकु' भन्छन् भने काठमाडौँमा 'बाँला' भनिन्छ। त्यस्तै मिठोलाई 'साकु' भनिन्छ भने काठमाडौँमा 'सा' मात्रै भन्छन्। डराउनेलाई दोलखालीले 'ग्याफर' भन्छन् भने काठमाडौँका नेवार 'ग्याफ' भन्छन्।

२०५२ मा तत्कालीन दोलखा गाविस अध्यक्ष रविभक्त श्रेष्ठ, समाजसेवी टिकानारायण प्रधान, वकील प्रविण प्रधान, शिक्षक भरत श्रेष्ठ, तीर्थनारायण जोशी र शान्तकृष्ण श्रेष्ठलगायत मिलेर 'कुल्सी परिवार गठन' गरिएको थियो। यसले 'कुल्सी हवाई पत्रिका प्रकाशन गथ्र्‍यो, जसका सम्पादक तीर्थनारायण जोशी थिए। चार वर्ष प्रकाशन भएको पत्रिकाले दोलखा भाषाको संरक्षण र प्रचारमा सहयोग पुर्‍याएको थियो। आफ्नै लिपि नभएकाले देवनागरी लिपिमै त्यो पत्रिका छापिन्थ्यो। केही समयपछि यही उद्देश्यले 'बाँपीझ्याला' पत्रिका पनि प्रकाशन हुन थाल्यो। कालान्तरमा दुवै पत्रिकाले विश्राम लिए। केही समयपछि 'अभयपुर' मासिक पत्रिका दोलखा भाषा र राष्ट्रिय भाषामा प्रकाशन भयो। यसअघि पनि कालिञ्चोक युथ क्लबको आँखा, द्वाल्खा गुठीको स्मारिका, तिलिञ्चो परिवारको 'चिमाल' प्रकाशन भएका थिए। आँखा पत्रिका अझै प्रकाशन भइरहेको छ। अभयपुर पत्रिकाले पनि बिश्राम लियो। बाँपिझ्याला मासिक पत्रिका नयाँ साजसज्जाको साथ प्रकाशन भैरहेको छ। हाल बाँपिझ्याला मासिक पत्रिका ले पनि बिश्राम लियो ।

द्वाल्खा नेपाल भाषामा गोरखापत्र राष्ट्रिय दैनिकको नयाँ नेपाल स्तम्भमा पाक्षिक रूपमा लेखरचनाहरू प्रकाशन डा. आदर्श प्रधानको संयोजनमा २०६४ पुस १३ गतेबाट शुरु भएको हो, जुन हाल सम्म प्रकाशन भैरहेको छ। उक्त पत्रिकामा समसामयिक लेख रचना, समचार, अनुसन्धनात्मक लेखहरू प्रकाशन भैरहेको छ।

प्रसिद्ध ठाउँहरू

गौरिशंकर हिमाल, च्छोरोल्पा हिमताल, प्रसिद्ध दोलखा भिमसेन मन्दिर, शैलुङ्गे डाँडा,गाईखुरा महादेब मन्दिर, खिम्ती जलविद्युत आयोजनाको पावर हाउस (किर्ने), म्याग्नेसाईट खानी (खरिढुङ्गा), चरिकोट, जिरी, किर्नेटार आदि।

जिल्ला स्तरीय कार्यालयहरू

क्र.सं.कार्यालयकार्यालय फोन नं.
श्री दोलखा जिल्ला अदालत४२११०२
श्री जिल्ला प्रशासन कार्यालय४२११३३
श्री वर्द वहादुर गण चरिकोट४२११०१
श्री जिल्ला प्रहरी कार्यालय४२१३३३
श्री जिल्ला प्रशासन कार्यालय४२११०४
श्री राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय४२११०६
श्री जिल्ला विकास समितिको कार्यालय४२११४४
श्री जिल्ला शिक्षा कार्यालय४२११०५
श्री जिल्ला स्वास्थ्य कार्यालय४२१०५९
१०श्री डिभिजन सडक कार्यालय४२११२१,४२११२७
११श्री जिल्ला कृषि विकास कार्यालय४२११३०
१२श्री जिल्ला वन कार्यालय४२११३५
१३श्री खानेपानी तथा सरसफाई डिभिजन कार्यालय४२१११०
१४श्री को.ले.नि.का.४२११४०
१५श्री कृषि विकास वैंक४२११६६
१६श्री नेपाल वैंक लि.४२११५५
१७श्री घरेलु तथा साना उद्योग विकास समिति४२११२६
१८श्री जिल्ला पशु सेवा कार्यालय४२१११५
१९श्री मालपोत कार्यालय४२१११९
२०श्री जिल्ला सरकारी वकील कार्यालय४२११०३
२१श्री मध्यमाञ्चल सिचाई सव डिभिजन४२११७५
२२श्री जिल्ला निर्वाचन कार्यालय४२१४४३, ४२१७२२
२३श्री प्राथमिक स्वास्थ्य केन्द्र४२११२५
२४श्री भिमेश्वर नगरपालिका४२११७०
२५श्री जिल्ला भू-संरक्षण कार्यालय४२१११७
२६श्री जिल्ला हुलाक कार्यालय४२११८०
२७श्री महिला विकास कार्यालय४२११०७
२८श्री नेपाल विद्युत प्राधिकरण४२११०९, ४२१०७७
२९श्री सीमा प्रशासन कार्यालय, लामावगर४२११०४
३०श्री जिरी प्राविधिक शिक्षालय, जिरी४२९१५३, ६९०२८०
३१श्री जिरी अस्पताल, जिरी४२९१५४
३२श्री पशु विकास फर्म, जिरी४२९१४८
३३श्री राष्ट्रिय वाणिज्य वैंक, चरिकोट४२१३०२
३४श्री जिल्ला आयूवेदिक कार्यालय४२१३०६
३५श्री शितोण प्रदेशीय फलफुल रुटस्टक विकास केन्द्र वोच, दोलखा४२१२३४
३६श्री पहाडिवाली अनुसन्धान कार्यालय, काभ्रे६९००३७
३७श्री कारागार शाखा४२१२१९
३८श्री डिभिजन सहकारी कार्यालय४२१११८
३९श्री नापी शाखा४२११२३
४०श्री नेपाल टेलीकम४२११११,४२१३०१,४२११२२
४१श्री नेपाल स्वी.सा.व. परियोजना४२१४४५,४२११४५
४२श्री ग्रामीण स्वास्थ्य विकास परियोजना४२१११३
४३श्री जिल्ला प्राविधिक कार्यालय४२१०४९

दोलखाका प्रसिद्ध जात्राहरू

दोलखा जिल्लाको पहिलो इन्टरनेट पत्रिकाहरू

सन्दर्भ सामग्रीहरू

  1. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२

यो पनि हेर्नुहोस

बाह्य कडीहरू