सामग्रीमा जानुहोस्

कालिञ्चोक भगवती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालिञ्चोक मन्दिर
कालिञ्चोक भगवतीको मूर्ति
कालिञ्चोक भगवती पृथ्वी-को अवस्थिति
कालिञ्चोक भगवती
कालिञ्चोक भगवतीको मूर्ति
धर्म
सम्बन्धनहिन्दुत्व
जिल्लादोलखा
स्थान
स्थानकालिन्चोक गाविस
देशनेपाल

कालिञ्चोक भगवती नेपालको बाग्मति प्रदेशको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर[१] को उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।[१] जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन।

कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ।

चित्र दिर्घा

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस

[सम्पादन]