च्छोरोल्पा हिमताल
Jump to navigation
Jump to search
च्छोरोल्पा हिमताल दोलखा जिल्लाको गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ उपत्यकामा रहेको छ। यो नेपालकै सवैभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ। सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ। १३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]