तामाकोशी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तामाकोशी नदी
भौतिक विषेशताहरू
मुखसप्तकोशी नदी
२६°५४′४७″N ८७°०९′२५″E / २६.९१३°N ८७.१५७°E / 26.913; 87.157.
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी नदी जल प्रवाह


तामाकोशी नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो। तामाकोशी नदी सुनकोशीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी हो जुन भोटेकोशी भन्दा दुई गुणा ठुलो छ। तामा कोशी नदी थुप्रै हिमनदी र हिम शिखर पग्लेर तिब्बतबाट बग्न सुरु गर्दछ। बुस्तिको रोड भेटिनु पुर्व यो नदि ७५ कि.मि. फैलिएको छ। तामा कोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ। यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ। राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरूले गरेको विलापला‌ई सितलामाजु नाम दिेइएको थियो जसले उनीहरूको कठिन यात्रा र दुःख वर्णन गर्दछ। गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ जसबाट यो नदी उत्पन्न भएको हो। यस नदीको पानीको गति असाध्यै उच्च छ। यस नदीको पानीको बहाबलाई ग्रेड ४-६ दिइएको छ। तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो। धेरै उच्च बहाब र रेपिडको कारण यो नदी व्यवसायिक प्रयोग को लागि कठिन छ। व्यवसायिक प्रयोग कठिन भएतापनि र्‍याफ्‍टिङ्ग र क्याकिङ्गको लागि यो नदी पनि प्रयोग हुँदै आएको छ। यो नदी दोलखा, रामेछाप , सिन्धुली हुँदै बग्ने नदी हो एवं नेपालको बहुप्रतिष्ठित माथिल्लो तामाकोशी जलविद्युत आयोजना ४५६[१] मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ।

पूर्ण विवरण[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]