कन्काई नदी
कन्काई नदी | |
River | |
महेन्द्र राजमार्ग अन्तर्गतको कन्काई पुल
| |
देशहरू | नेपाल, भारत |
---|---|
सहायक नदीहरू | |
- दायाँ | रतुवा खोला |
श्रोत | महाभारत लेख |
मुख | महानन्दा नदी |
- स्थान | दलखोला नजिक, किशनगंज जिल्ला, बिहार, भारत |
- निर्देशांक | २५°५२′५९″उ॰ ८७°४७′५३″पू॰ / २५.८८३०६°N ८७.७९८०६°E |
कन्काई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बङ्गालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको दोस्रो लामो पूल हो।[१] सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। यस नदीबाट कन्काई नहरको निर्माण गरी झापाका केही क्षेत्रमा सिंचाई सुविधा पुर्याइएको छ ।
चित्र सङ्ग्रह[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "जिल्ला जनसङ्ख्या पार्श्वचित्र झापा" (PDF), जिल्ला जनस्वास्थ्य कार्यालय, झापा, अन्तिम पहुँच १८ जनवरी २०२०।