देउमाई नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देउमाई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। इलामको पवित्र तीर्थस्थल गजुरमुखी यसै नदीको तीरमा अवस्थित छ। इलाम जिल्लाको पश्चिम उत्तरी क्षेत्र पाटे नागीलाई यसको उद्गम स्थल मानिन्छ । दक्षिणबाट पश्चिम हुँदै पूर्व बगेपछि यो नदी माईमा समाहित हुन्छ र यसको निजी नाम समाप्त हुन्छ ।