सभाखोला
स्वरूप
(सभा नदीबाट अनुप्रेषित)
सभाखोला | |
---|---|
स्थान | |
देश | नेपाल |
भौतिक विषेशताहरू | |
स्रोत | सभा लेख |
• स्थान | नेपाल |
मुख | अरुण नदी |
• स्थान | दक्षिण तुम्लिङटार, सङ्खुवासभा जिल्ला, नेपाल |
• भौगोलिक निर्देशाङ्क | २७°१६′२३″उ॰ ८७°१२′२८″पू॰ / २७.२७३०६°N ८७.२०७७८°Eनिर्देशाङ्कहरू: २७°१६′२३″उ॰ ८७°१२′२८″पू॰ / २७.२७३०६°N ८७.२०७७८°E |
सभाखोला पूर्वी नेपालको सभा तालबाट उत्पन्न हुन्छ। सङ्खुवासभा जिल्लामा पूर्वी र उत्तरी गरी दुई मुख्य भागहरू रहेका छन्। सभाखोलाले जिल्लाको यी दुई भागहरूलाई छुट्याउँछ।[१]
सभाखोलाको किनारमा सिँचाइ र पिउने पानीको स्रोत पनि हो। यो नदी धेरै लामो छैन, तर यो माछाको स्रोत पनि भएकाले स्थानीय जनताका लागि धेरै उपयोगी छ। सिँचाइ र जलविद्युतको लागि सभाको राम्रो उपयोग भएमा यो सभा उपयोगी हुन्छ। यो नदी तुम्लिङटारको दक्षिणमा अरुण नदीमा मिसिन्छ।
सङ्खुवासभा जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी सङ्खुवासभा जिल्ला रहन गएको हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "पहिरोले सभाखोला थुनियो, बाह्रबिसे बजार नै उच्च जोखिममा", शिलापत्र, अन्तिम पहुँच २०२४-०८-१७।