गुफापोखरी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गुफापोखरी | |
---|---|
रहेको स्थान | संखुवासभा जिल्ला |
भौगोलिक निर्देशांक | २७°१७′०६″N ८७°३०′२१″E / 27.2850984°N 87.5057387°E |
अन्तर्वाह | unknown |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | किलोमिटर |
अधिकतम चौडाई | किलोमिटर |
सतहको क्षेत्रफल | वर्ग किलोमिटर |
अधिक गहिराई | मिटर |
सतहको उचाई | २,९०० मिटर (९,५०० फिट) |
गुफापोखरी नेपालको संखुवासभा जिल्ला, नुनढाकी गाविसमा अवस्थित पर्यटकीय महत्त्वको स्थान हो। लालीगुराँसको राजधानी भनेर चिनिने धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा २९०० मिटरको उचाइमा अवस्थित गुफापोखरी क्षेत्रमा चण्डी, धान-च्याब्रुङ, तामाङ सेलो, विझुवा झाँक्री र वालन नाच र पञ्चेबाजाका लागि पनि चिनिन्छ।
पुग्ने कसरी?
राजधानीबाट ५३९ किलोमिटर पूर्वमा छ धरान। काठमाडौंबाट धरानका लागि बस पनि पाइन्छ वा विराटनगरसम्म हवाईजहाजमा पनि पुग्न सकिन्छ। एक दिन धरान बसेर भोलिपल्ट यस वरपरका बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकाली, शिवजट्टा, पञ्चकन्या, किरातकालीन दरबार, ऐतिहासिक विजयपुर, विष्णुपादुका एक दिनमै घुम्न सकिन्छ।
धरानबाट चालीस किलोमिटरमा छ, कोशीटप्पु। एक दिन कोशीटप्पु घुम्न गए पनि भयो! अथवा सीधै भेडेटार, हिले हुँदै पाँच घण्टा बसमा पुगिन्छ, कञ्चनजङ्घा आधार शिविरको मुख्य प्रवेशद्वार बसन्तपुर। बसन्तपुरमा प्रशस्तै होटल छन्। होटलमा बस्न नचाहनेले पाल टाँगेर बस्न पनि सक्छन्। र, यहाँबाट थप ६ घण्टामा- गुफापोखरी। यो बाटोमा तोङ्बा, सुकुटी, छुर्पी मात्र होइन, गुराँसको जुससमेत पाइन्छ।
बसन्तपुरबाट करिब तीन घण्टाको दूरीमा अग्लो पहाड र जङ्गलको बीचमा रहेको चौकीमा तेस्रो बास बस्न सकिन्छ। यहाँका दश-पन्ध्र वटा घरमा खाना खाएपछि सित्तैँमा बास पाइन्छ। तीनजुरे, मिल्के, जलजले क्षेत्र नेपालका पाँच प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्येको एक हो। १७ सयदेखि ५ हजार मिटरसम्मको उचाइमा रहेको यो क्षेत्र ५५८ वर्ग किलोमिटरमा फैलिएको छ। नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २५ भन्दा बढी यहाँ पाइन्छ। २५० वनस्पति पाइने क्षेत्र र विश्वकै २०० मह१४०वपूर्ण इकोलोजिकल जोन (परिस्थितिकीय क्षेत्र)को रूपमा समेत यो क्षेत्र रहेको छ। बराह क्षेत्रबाट चीनको तिब्बतसम्म फैलिएको नेपालकै सबभन्दा लामो पहाड शृङ्खला रहेको यो क्षेत्र जैविक विविधता, प्राकृतिक श्रोत तथा सामाजिक-सांस्कृतिक विविधताको खानीको रूपमा रहेको छ।
चौकीबाट श्रीमाने, पाँचपोखरी, लामपोखरी हुँदै निकै चिसो बाटो भएर सुस्त-सुस्त अगाडि बढ्नु पर्छ। यहाँ चैतमा पनि पनि हिउँ परिरहेको हुनसक्छ। पोखरीमा आफ्नै छायाँ हेरेर रमाउन, अँगालोभरी गुराँस बोकेर तस्बिर खिच्न, खुल्ला चौरमा लमतन्न सुतेर आकाशतिर हेर्दै थकाइ मार्न यो सबैभन्दा राम्रो मौका हुनसक्छ।
पाँचपोखरी, लामपोखरी नाघेर अग्लो डाँडैडाँडा पूर्वतिर लाग्दा माथिबाटै देखिन्छ लमतन्न परेको मनोरम गुफापोखरी। हिमालको छायाँ देखिने बजारसँगैको पोखरी र अलिपर मेन्छ्याम डाँडाको फेदीमा रहेको गुफालाई जोडेर यो ठाउँको नाम गुफापोखरी रहन गएको हो। मेन्छ्याम (लिम्बू भाषामा तरुनीे) डाँडा माथिबाट पनि हिमशृङ्खला देखिन्छ। शेर्पा जातिको बाहुल्य रहेको गुफापोखरी बजारमा राम्रो खानपिन र आनन्दको बाससहितका आधा दर्जन होटल छन्। होटलमा रु.१००मा कोठा र रु.४० देखि १००मा खाना पाइन्छ।
चौरीको दूध, घिउ र छुर्पी पाइने गुफापोखरीमा बिहान चौरीका घण्टीको आवाजले ब्यूँझाउँछ। पाँचबजे नै उठेर आधा घण्टा टाढाको तरुनी डाँडा चढेर पूर्वको सूर्योदय हेरेपछि उत्तरतिरका हिमाल टल्किँदै सामुन्नेमा आइपुग्छन्।