गोक्यो ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोक्यो ताल
गोक्यो ताल
रहेको स्थानसोलुखुम्बु जिल्ला
भौगोलिक निर्देशांक२७°५८′४९″उ॰ ८६°४०′०७″पू॰ / २७.९८०२८°N ८६.६६८६१°E / 27.98028; 86.66861निर्देशाङ्कहरू: २७°५८′४९″उ॰ ८६°४०′०७″पू॰ / २७.९८०२८°N ८६.६६८६१°E / 27.98028; 86.66861
सिंचित क्षेत्रनेपाल
सतहको क्षेत्रफल१९६.२ हेक्टर (४८५ एकड)
सतहको उचाई४,७००–५,००० मी (१५,४००–१६,४०० फिट)

गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर (१५,४००-१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरु मध्ये पर्दछन । यी तालहरू मध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । [१] सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ ।[२]

धार्मिक महत्त्व[सम्पादन गर्नुहोस्]

यस ताललाई हिन्दू तथा बौद्ध दुवैले शुद्ध तथा पवित्र मानेको छ । १००० भन्दा बढी हिन्दू धर्मावालाम्बीहरूले प्रत्येक वर्ष अगस्त महिनामा हुने जनैपूर्णिमाको दिन यहाँ स्नान गर्दछन । औषतरूपमा हेर्दा प्रत्येक वर्ष यहाँ ७००० पर्यटक घुम्न आउने गर्दछन । यो तालको दक्षिणपट्टि हिन्दू देवता शिव तथा विष्णुको मन्दिर रहेको छ जहाँ हजारौ श्रद्धालु आउने गर्छन । यो ठाउँ विशेष नाग देवताको लागि प्रसिद्ध रहेको छ ।

पर्यटन[सम्पादन गर्नुहोस्]

सगरमाथा बेसक्याम्प पछि गोक्यो ताल पर्यटकहरूको लागि आउने सर्वाधिक ठुलो गन्तब्य हो । ४,७९० मिटरको उचाईंमा रहेको गोक्यो गाउँ पर्यटकहरूको लागि सबैभन्दा मनोरन्जक गन्तब्य हो । नाम्चे बजार देखि यस ठाउँ पुग्न दुई दिन पैदल हिडेर पुग्न सकिन्छ ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bhuju, U.R., Shakya, P.R., Basnet, T.B., Shrestha, S. (2007) Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites. International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, Nepal. ISBN 978-92-9115-033-5 pdf वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२६ मिति
  2. Bhandari, B.B. (2009) Wise use of Wetlands in Nepal Banko Janakari, Special Issue February 2009: 10-17 pdf

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]