सामग्रीमा जानुहोस्

सगरमाथा राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सगरमाथा राष्ट्रिय निकुञ्ज
Sagarmatha National Park
सगरमाथा राष्ट्रिय निकुञ्ज
Map showing the location of सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park
Map showing the location of सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park
स्थाननेपाल
क्षेत्रफल१,१४८ किमी (४४३ वर्ग माइल)
स्थापितजुलाई १९, १९७६
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय
किसिमप्राकृतिक
मापदण्डvii
नामाङ्कित१९७९
सन्दर्भ क्रम सङ्ख्या१२०
राज्य पार्टी नेपाल
क्षेत्रएसिया-प्रशान्त

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो इ.सं. १९७६ मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. १९७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ ।[][] यो निकुञ्ज १८०० मि. देखि ८८४८ मि. सम्मको उचाईमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर,मोनाल, हॉइटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्। यो क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ । जसमा मुख्य रूपले शेर्पा जातीको मानिसहरूको बसोवास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।

==इतिहास==sagarmatha

चित्रदीर्घा

[सम्पादन गर्नुहोस्]

यो राष्ट्रिय निकुञ्जको केही चित्रहरू :-

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sagarmatha National Park", UNESCO World Heritage Centre (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०२-०१
  2. name=unesco

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]