मुनाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मुनाल
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
T. satyra
वैज्ञानिक नाम
Tragopan satyra
(Linnaeus, 1758)

मुनाल नेपालमा पाइने एक किसिमको चरा हो। यसलाई अङ्ग्रेजीमा क्रिम्सन हर्न्ड फिजान्ट (Crimson Horned Pheasant) भनिन्छ । यसको वैज्ञानिक नाम (Tragopan satyra) हो। मुनाल डाँफेसङ्ग मिल्दोजुल्दो चरा हो र डाफेँ पाईने जङ्गलहरूमा बस्छन्। मुनाल पनि डाँफे जस्तै सुन्दर र रङ्गीगन हुन्छ। यो चरा नेपाल लगायत ,भुटान, भारतको उत्तराखण्ड र चीनको दक्षिणी तथा दक्षिणपूर्व तीब्बतको हिमाली क्षेत्रहरुमा पनि पाईन्छ। वसन्त,वर्षाग्रीष्म ऋतुमा मुनाल २४००-४२०० मि को उचाईमा बस्छन् भने जाडो कालमा १८००मि को उचाईसम्म झर्छन्। चीनमा मुनाललाई 红胸角雉 (Hóng xiōng jiǎo zhì) (अनुवाद: रातो छाती र सिङ्ग भएको चरो) भनेर चिनिन्छ र भारतको उत्तराखण्डमा लूंगी भनिन्छ।

सङ्क्षिप्त विवरण[सम्पादन गर्ने]

पोथी मुनाल
भाले मुनाल

अरू थुप्रै चरा झैँ भाले मुनाल पोथी भन्दा रङ्गीगन हुन्छ। पोथी मुनालको शरीर खैँराे हुन्छ जसमा सेता थोप्लाहरू हुन्छन्। भालेहरूका टाउका नीला र शरीर राता हुन्छन्। भालेको जीऊमा पनि सेता थोप्लाहरू प्रश्सत मात्रामा पाइन्छन् ।प्रजनन् समयमा भालेको टाउको टुप्पो बाट नीलो सुली उम्रन्छ। यस समयमा भाले मुनालले पोथीको अगाडि नाच्ने गर्छ। नाच सकेपछि आफूलाई ठूलो बनाएर भालेले आफ्नो सबै आभूषण देखाउँछ। यसको प्रजनन् समय बैशाख देखि असारसम्म र कहिलेकाँहि श्रावणसम्म पनि हुन सक्छ भनी विश्वास गरिएको छ। यसले जमिन वा रुखको हाँगामा गुँड बनाँउछ र एकपटकमा २–३ वटासम्म फुल पार्छ तर घरपालुवा मुनालले ४–६ वटासम्म फुल पारेको पनि पाइएको छ। मुनाल लज्जालु स्वभावको हुन्छ र यो एक्लै अथवा जोडीमा बस्छ । यसले गुराँस तथा चुत्रोको फल तथा फुलहरु, कलिला पात तथा खान योग्य मुना तथा जराहरु खान्छ । यसको अलावा झ्याउ, घाँस, किराफट्यांग्रा, लाइकेन तथा चट्टानको मसिना टुक्राहरु पनि खाने गर्छ। नेपालमा अति बिरल आबासिय यो चराका गुँड एकदम अग्ला रुखहरूमा पनि पाइएको छ। यसका फुललाई हाब्रेमलसाँप्राले आहारा बनाउने गर्छन्।

बासस्थान[सम्पादन गर्ने]

मुनाल भूईमा प्रशस्त बुट्यान सहितको बाँझ/कटुसगुराँसको आद्र सदावहार वन, मिश्रित वन, बाक्लो बुट्यान, निगालोको घारीहरु, चौडापाते तथा सल्लाको जङ्गल आदि बासस्थानमा आवासीय चरा हो । यो भिरालो पहाड, समथर भु भाग वा साँघुरा खोंचहरुमा बस्न मन पराउँछ। नेपालमा यो चरा खासगरि उच्च पहाडी भेगमा बस्छन्। मुनाल खप्तड, शे फोक्सुण्डो, लाङटाङ, सगरमाथा र मकालुबरुण राष्ट्रिय निकुञ्जहरु ढोरपाटन शिकार आरक्ष तथा अपि नाम्पा, अन्नपूर्ण, मनास्लु, गौरीशंकर र  कञ्चनजंघा संरक्षण क्षेत्रहरुमा अभिलेख गरिएका छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्थानीय रुपमा शिकार खेलिनाले र ब्यापारको लागि पक्रनाले पनि यस चराको अस्तित्व संकटमा पर्दै गएको छ । जङ्गलमाथि मानिसको चाप पर्नाले जङ्गलमा अत्याधिक काठ काट्ने, अत्याधिक घाँस दाउरा संकलन गर्ने र अत्याधिक मात्रामा चरिचरण गराउनाले बासस्थान मासिदै एवं टुक्रिदै गएको छ । प्रशस्तमात्रामा निगालोको संकलन गरिनाले पनि यसको बासस्थानमा समस्या देखिएको छ ।  विश्वमा यस चराको संख्या बीसहजार भन्दा कम अनुमान गरिएको छ । नेपालमा यसको संख्या एकहजार भन्दा कम अनुमान गरिएको छ । विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाइ खतराको सूचीको नजिक पुगेको जनाएको तर क्षेत्रगत रुपमा यसको संख्या घट्दै गएको देखिएकोले नेपालमा यसलाई खतराको सूचीको वर्गमा राखिएको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ द्धारा अनुसूची १ मा राखी मुनाललाई संरक्षण गरिएको छ ।

तस्विर सङ्ग्रह[सम्पादन गर्ने]

निर्देशिका[सम्पादन गर्ने]

[१][२][३]

  1. http://dnpwc.gov.np/ne/species-detail/46/
  2. http://www.birdlife.org/datazone/speciesfactsheet.php?id=238
  3. https://archive.org/stream/avicultural3319111912avic#page/153/mode/1up