सामग्रीमा जानुहोस्

अपि नाम्पा संरक्षण क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अपि नाम्पा संरक्षण क्षेत्र
आइयुसिएन श्रेणी VI (प्राकृतिक स्रोतको दिगो उपयोग सहितको संरक्षित क्षेत्र)
(अपि नाम्पा)
Map showing the location of अपि नाम्पा संरक्षण क्षेत्र
Map showing the location of अपि नाम्पा संरक्षण क्षेत्र
स्थाननेपाल
नजिकैको सहरधनगढी
क्षेत्रफल१,९०३ किमी (७३५ वर्ग माइल)
स्थापितविसं २०६७
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

अपि नाम्पा संरक्षण क्षेत्र नेपालको सुदुरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्लामा अवस्थित संरक्षण क्षेत्र हो । २०६७ साल असार २८ गते दार्चुला जिल्लाका उत्तरी भेगका २१ गाविस समेटेर यस क्षेत्रको घोषणा गरिएको हो ।[] अपि क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत बन्य जन्तु पनि पाउने गर्दछन् । यस क्षेत्रमा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । जैविक विविधाताले भरिपुर्ण यस संरक्षण क्षेत्र भित्र ७१३२ मिटर उचाई रहेको अपि हिमाल तथा ६७५५ मिटर अग्लो नाम्पा हिमाल पनि पर्दछ। यसका साथै रिङरेपानी, कापाकोर, काली ढुंगा, बबई लगायतका चुलीहरु रहेका छन् । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "अपि हिमालको सौन्दर्य", everesttimes.net, एभरेस्ट टाइम डटनेट।[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन]