धनगढी उपमहानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनगढी
बेहडाबाबा मन्दिर
धनगढी is located in सुदूरपश्चिम प्रदेश
धनगढी
धनगढी
नक्सामा धनगढीको अवस्थिति
धनगढी is located in नेपाल
धनगढी
धनगढी
धनगढी (नेपाल)
निर्देशाङ्क: २८°४२′४९″उ॰ ८०°३४′०९″पू॰ / २८.७१३६१°N ८०.५६९१७°E / 28.71361; 80.56917निर्देशाङ्कहरू: २८°४२′४९″उ॰ ८०°३४′०९″पू॰ / २८.७१३६१°N ८०.५६९१७°E / 28.71361; 80.56917
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
नगर पञ्चायतवि.सं. २०३३ असार २२[२]
समावेश क्षेत्रधनगढी बजार
उपमहानगरपालिकावि.सं. २०७२ पुष २१[३]
समावेश (गाविस)फूलबारीउर्मा
थप सम्मिलित क्षेत्रहरूसाविक अत्तरिया (९-११)
समावेश मितिवि.सं. २०७३ फागुन २७[४]
सरकार
 • प्रकारस्थानीय तह
 • मेयरगोपाल हमाल (स्वतन्त्र)
 • उप मेयरकन्दकला कुमारी राना (नेकपा एमाले)
क्षेत्रफल
 • जम्मा२६१.७५ किमी (१०१.०६ वर्ग माइल)
उन्नतांश
१०९ मिटर (३५८ फिट)
जनसङ्ख्या
 • जम्मा१४७७४१[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९१
वेबसाइटdhangadhimun.gov.np

धनगढी नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको सदरमुकाम[५] तथा एक उपमहानगरपालिका हो।[६][७] पूर्व पश्चिम राजमार्ग छेउमै रहेको यो नगरपालिका नेपालको राजधानी काठमाडौँबाट करिब ७५० किलोमिटर पश्चिममा रहेको छ। यो कैलाली जिल्लाको पहिलो नगरपालिका हो। कैलाली जिल्लाको तत्कालिन धनगढी बजार क्षेत्रलाई वि.सं. २०३३ असार २२ गते मिलाएर धनगढी नगर पञ्चायत घोषणा गरिएको थियो।[२]

वि.सं. २०७२ असोज १ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७२ पुष २१ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन फूलबारीउर्मा गाउँ विकास समितिहरूलाई यसमा गाभेर यो नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गरिएको थियो।[३]यसै प्रकार सङ्घीय शासन व्यवस्था लागु भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन अत्तरिया नगरपालिकाको वडा नं. ९ र ११ लाई यस उपमहानगरपालिकामा गाभेर यो उपमहानगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[८][९][१०]

यसको दक्षिणमा भारतको उत्तर प्रदेश राज्य, उत्तरमा गोदावरी नगरपालिकागौरीगङ्गा नगरपालिका, पूर्वमा कैलारी गाउँपालिका र पश्चिममा कञ्चनपुर जिल्ला र भारतसँग सिमाना जोडिएको छ। हाल यो उपमहानगरपालिकालाई १९ वटा वडामा विभाजित गरिएको छ भने वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस उपमहानगरको जनसङ्ख्या १,४७,७४१ रहेको छ।[१] २६१.७५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यो उपमहानगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकासँगै प्रमुख सहरहरू मध्ये एक हो।

इतिहास[सम्पादन गर्नुहोस्]

जंगबहादुरले दिएको फौजी सहायताबाट खुशी भएको अंग्रेज सरकारले नेपाललाई बाँके, बर्दिया, कैलालीकञ्‍‍चनपुर ‘नयाँ मुलुक’का नाममा फिर्ता गर्‍यो।[११] अङ्ग्रेजले सुदूरपश्चिमको जोगबुडासम्म रेलको लिक पु¥याएका थिए। त्यहाँको सालको काठ ओसार्न रेलको लिक बिछ्याईएको थियो। धनगढीमा पनि रेलको लिक थियो। भारतबाट अङ्ग्रेजीहरू लखेटिएपछि यहाँको रेलको लिक हटाईएको थियो।[१२]

राणा शासन कालमा कैलाली र कञ्चनपुर एउटा गोश्वारा थियो। जिल्ला भईसकेका थिएनन। कैलाली कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो। त्यही कारण त्यतिबेलाको प्रशासनिक केन्द्र बेलौरी थियो। वि.स.१९९७ मा सदरमुकाम धनगढी सारियो र धनगढीमा बेलौरीबाट सरकारी कार्यालयहरू पनि सार्नेक्रम त्यही बेला शुरु भयो।[१३]

कैलाली र कञ्चनपुर गोश्वाराको जनसङ्ख्या ५० हजार जति थियो। २०१५ सालको निर्वाचनमा यहाँबाट लोकेन्द्र बहादुर शाहले चुनाव जिते। अभिलेखअनुसार ०१९ सालमा कैलाली र कञ्चनपुर अलग भएका हुन् । तर, मुख्य मुकाम धनगढी नै भयो । व्यापारिक केन्द्र पनि । आठ दशकअघिको कुरा हो । त्यति बेलाको धनगढीमा पाँचवटा मात्र घर पक्की थिए। जताततै जङ्गल थियो। अहिलेको सेती प्रादेशिक अस्पतालका दुई वटा साना पक्की भवन थिए। गोश्वारा, अञ्चलाधीशको आवास, कारागार, वन बिभागको एउटा घर र माल अड्डा(मालपोत कार्यालय) का गरी जम्मा पाँच वटा पक्की घर थिए। धनगढीको पुरानो बजार हालको मस्जिद र शिवमन्दिर क्षेत्र हो। पछि त्यहाँबाट बजार विस्तार हुँदै गयो।[१३]२००७ सालअघि हाल मस्जिद रहेको क्षेत्रमा केही पसलहरु थिए। २०३६ सालतिर पहाडमा भोकमरी भयो। धमाधाम मान्छेहरू तराई झर्न थाले। पूर्वबाट पनि आए। आसाम र बर्माबाट लखेटिएर नेपालीहरू आए। त्यसपछि जङ्गल फाड्ने क्रम तिब्र भयो। पुनर्वास गरिएका जनतालाई सरकारले दुई वर्षसम्म पुष्टिक आहार दिएर पाल्यो।[१२]

नामकरण[सम्पादन गर्नुहोस्]

मध्यकालीन समयमा महाराणा प्रतापका वंशज मानिने राना थारू समुदायले आफ्नो धन (मुद्रा) जमिनमा गाडी सुरक्षित भएर बसेकोले उक्त क्षेत्रको नाम 'धनगढी' रहन गएको किंवदन्ती छ। त्यस समयमा भारतमा मुसलमानहरूको दवदवा सहन नसकी त्यहाँका राना थारूहरू यहाँ आएर बसेका हुन्।[१४]

नगर प्रशासन इतिहास[सम्पादन गर्नुहोस्]

वि.सं. २०३३ मा नगर पञ्चायत[१५] बनेको धनगढीको पहिलो प्रधानपञ्च यज्ञराज पन्त[१६] थिए भने उपप्रधानपञ्च रत्नभक्त श्रेष्ठ थिए। उनीहरू दुबै जनालाई तत्कालीन श्री ५ को सरकारले प्रधानपञ्च तथा उपप्रधानपञ्चमा मनोनित गरेको थियो। वि.सं. २०३९ मा सम्पन्न चुनावबाट प्रमुखमा छेदालाल चौधरी र उपप्रमुखमा जुद्धलाल राना निर्वाचित भएका थिए भने वि.सं. २०४३ सालमा सम्पन्न चुनावबाट पनि दुवै जना सोही पदमा निर्वाचित भएका थिए। वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना पश्चात् वि.सं. २०४९ को नगर चुनावबाट प्रमुखमा नेपाली कांग्रेसका किशोरकुमार बम र उपप्रमुखमा पनि सोही पार्टीकै उजागर राना निर्वाचित भएका थिए। यसै प्रकार वि.सं. २०५४ मा नेकपा एमालेका खेमराज पाण्डेय प्रमुख र नारदमुनि राना उप-प्रमुखमा निर्वाचित भएका थिए। निर्वाचिन जनप्रतिनिधिहरूको कार्यकालको समाप्तिसँगै तत्कालिन सरकारद्वारा नगर प्रमुखमा धनबहादुर बम र उप-प्रमुखमा श्रीमती जनक कुँवरलाई मनोनीत गरेको थियो। वि.सं. २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका नृप बहादुर वड[१७] नगर प्रमुख पदमा निर्वाचित भएका छन् भने सोही दलकी सुशीला मिश्र भट्ट नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।[१८]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको राष्ट्रिय जनगणना २०५८को जनगणना अनुसार तत्कालिन धनगढी नगरपालिकाको जनसङ्ख्या ६७,४४७ थियो।[१९] वि.सं. २०७२ पुष २१ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालिन फूलबारीउर्मा गाउँ विकास समितिहरूलाई मिलाएर धनगढी उपमहानगरपालिका बनाइएपछि नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार धनगढी उपमहानगरपालिका[२०] जनसङ्ख्या १,३७,६६६ रहेको छ।[१]यस उपमहानगरपालिमा बाहुन, क्षेत्री, चौधरी, डगौरा, राना थारु, ठकुरीदलित समुदायको बाहुल्य रहेको छ।

पर्यटकीय तथा धार्मिक स्थलहरू[सम्पादन गर्नुहोस्]

वनदेवी मन्दिरको प्रवेश द्वार

यस उपमहानगरपालिकाभित्र जाखोर ताल, धनगढी पार्कएअरक्राफ्ट म्युजियम रहेको छ। यसका साथै यहाँ नैनादेवी मन्दिर, लक्ष्मीनारायण मन्दिर, वनदेवी मन्दिर, बेहडाबाबा मन्दिरशिवपुरीधाम समेत रहेको छ।

यातायात[सम्पादन गर्नुहोस्]

सडक यातायात[सम्पादन गर्नुहोस्]

धनगढी नगर भारतको उत्तर प्रदेश, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू र काठमाडौँसँग सडक सञ्चालनले जोडिएको छ। सुदूरपश्चिमाञ्चल यातायात, कर्णाली यातायात, मालिका यातायात व्यावसायी सङ्घले बस सेवा सञ्चालन गरेका छन्।[२१]

हवाई यातायात[सम्पादन गर्नुहोस्]

धनगढी विमानस्थल प्रशासनिक केन्द्रबाट १० किलोमिटर र काठमाडौँबाट करिब ६६० किलोमिटर पश्चिममा अवस्थित छ।[२२] यो विमानस्थलको धावनमार्गलाई १,५२४ मिटर (५,००० फिट) लम्बाइमा विस्तार गरी फोकर १०० विमान अटाउन कालोपत्रे गरिएको छ।[२३]

प्रमुख होटलहरू[सम्पादन गर्नुहोस्]

नेपाल तथा भारतको सीमाक्षेत्रमा रहेको कारणले गर्दा यस नगरमा भारतीय तथा नेपाली पर्यटकहरूको निरन्तर आगमन भइरहेको हुन्छ। सुदूरपश्चिम प्रदेशको व्यापारिक नगरको[२४] उपनामले चिनिने धनगढी उपमहानगरपालिकाभित्र होटल डिभोटी, होटल फ्लोरा[२५], होटल साथी, होटल रुबस[२६], होटल जलसा, होटल जगदम्बा, अमृत प्लाजालगायतका होटलहरू रहेका छन्।[२७][२८][२९]

शैक्षिक संस्थाहरू[सम्पादन गर्नुहोस्]

यस उपमहानगरपालिकामा माध्यमिक तह तथा उच्च शिक्षाका लागि निजी तथा सरकारी विद्यालय तथा कलेजहरू रहेका छन्। यस नगर क्षेत्रभित्र ऐश्वर्य विद्या निकेतन, ग्यालेक्सी उच्च माध्यमिक विद्यालय, पन्चोदय उच्च माध्यमिक विद्यालय, कैलाली मोडल उच्च माध्यमिक विद्यालय, ग्रिनल्यान्ड पब्लिक स्कुल, एरिस्टो इङ्लिस बोर्डिङ हाइस्कुल, कैलाली विद्या निकेतन, बासुदेवी हायर सेकेन्डरी स्कुल, फारवेस्ट सेकेन्डरी स्कुलर बोर्ड बेस्ड एकेडेमी, कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल एकेडेमी, ऐश्वर्य बहुमुखी क्याम्पस, वेस्टर्न विजनेस स्कुल, धनगढी इन्जिनियरिङ कलेज रहेका छन्।

बैङ्क तथा वित्तीय संस्थाहरू[सम्पादन गर्नुहोस्]

यस उपमहानगरपालिकाभित्र नेपाल राष्ट्र बैङ्कको क्षेत्रिय कार्यालय हुनुका साथै राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, एभरेष्ट बैङ्क, नबिल बैङ्क, बैङ्क अफ काठमाडौँ, नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क, सिद्धार्थ बैङ्क, माछापुच्छ्रे बैङ्क, कुमारी बैङ्क, नेपाल बङ्गलादेश बैङ्कको शाखा कार्यालय र कञ्चन विकास बैङ्क रहेको छ।

सञ्चार तथा सूचना क्षेत्र[सम्पादन गर्नुहोस्]

एफएम स्टेसनहरू[सम्पादन गर्नुहोस्]

रेडियोको नाम ठेगाना मेघाहर्ज प्रसारण संस्था
दिनेश एफएम धनगढी-४ ९३.८ मेगाहर्ज दिनेश एफएम प्रा.लि.
धनगढी एफएम धनगढी-३ ९०.५ मेगाहर्ज धनगढी एफएम प्रा.लि.
पश्चिम टुडे धनगढी-१ ९८.८ मेगाहर्ज पश्चिम टुडे प्रा.लि.
रेडियो सुदूर सन्देश धनगढी-४ १०४ मेगाहर्ज सुदूर सन्देश पब्लिकेशन प्रा. लि
खप्तड एफएम धनगढी-१३ ९८.२ मेगाहर्ज खप्तड कम्युनिकेशन प्रा.लि.
रेडियो डेली मेल धनगढी-४ ९४.६ मेगाहर्ज रेडियो डेली मेल प्रा.लि.
रेडियो एक्टिभ एफएम धनगढी-२ ९७.२ मेगाहर्ज एसटिए मिडिया प्रा.लि

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०७२ मङ्सिर २४, अन्तिम पहुँच वि.सं. २०७८ माघ २८ 
  2. २.० २.१ भट्ट (सन् १९८१), नेपाल राजपत्र सारा सङ्ग्रह : नेपालको साप्ताहिक राजपत्रबाट छनोट, अधिकांश कानूनमा, सन् १९५१-१९८० मार्च (नेपालीमा), पृ: १२८। 
  3. ३.० ३.१ "नगरपालिका घोषणा गरी क्षेत्र तोकेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७२ पुष २१, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ६ 
  4. "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फागुन २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  5. "नेपाल अधिराज्यलाई १४ अञ्चल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पुष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  6. "फेरि थपिए २६ नगरपालिका, धनगढी उपमहानगरपालिका (सूचीसहित)", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फागुन ०७ 
  7. "२६ नयाँ नगरपालिका थपिए, धनगढी उपमहानगरपालिका बन्यो", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फागुन ०७ 
  8. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फागुन ०७ 
  9. काफ्ले, प्रतिक्षा (वि.सं. २०७३ फागुन ३०), "जीविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ०७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  10. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, वि.सं. २०७३ फागुन ३०, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ०७ 
  11. "सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !", Nepaliheadline (en-USमा), २०२२-०८-०४, अन्तिम पहुँच २०२३-०९-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-१६ मिति
  12. १२.० १२.१ "धनगढीको विकासका साक्षीहरू", epaschimtoday (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१४ 
  13. १३.० १३.१ "उहिलेको धनगढी, अहिलेको धनगढी", saptahik.com.np (Englishमा), अन्तिम पहुँच २०२३-०५-२० 
  14. "उहिलेको धनगढी, अहिलेको धनगढी", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  15. "नागरिकताविहिन मुस्लिम बस्तिको गुनासो : आफ्नो सम्पत्ति अर्काको नाममा, प्रमाणको नाममा छोराहरूको जन्मदर्ता !", नेपाल टक (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-१९ मिति
  16. "धनगढीमा ४४ वर्षपछि फोहोरमैला व्यवस्थापनको पहल", नेपाल समय (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  17. "उत्कृष्ट मेयर नृप वडको राजनीतिक यात्रा", दलित अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  18. "धनगढी उपमहानगरपालीका मेयरमा कांग्रेसका नृप वड विजयी", रिपोर्टर्स नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  19. "नेपालको राष्ट्रिय जनगणना २०५८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०६४ साउन ३२, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ७ 
  20. सुवेदी, अर्जुन, "२६ नगरपालिका थप", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  21. सुदीप श्रेष्ठ, चेतना गुरागाईं र, "यसरी फेरिँदैछ धनगढी सहर", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  22. "धनगढी विमानस्थल बढाउन २२७ विघा जमिन अधिग्रहण गरिने", देशसञ्चार (नेपालीमा), २०२०-०२-०८, अन्तिम पहुँच २०२२-०२-१९ 
  23. छत्याल, दिलबहादुर, "धनगढी विमानस्थल अन्तर्राष्ट्रिय स्तरकाे बनाउन गुरुयोजना", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  24. "होटलमा लगानी वृद्धि", कारोबार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  25. "होटलको शहर बन्दै धनगढी, १० अर्ब रूपैयाँ भन्दा बढी लगानी, धमाधम होटल स्तरोन्नति हुँदै", बिजमाडौं (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  26. "चार तारे स्तरको बन्दै धनगढीको ‘रुबस होटल’", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  27. "धनगढीमा होटल व्यवसाय फस्टाउँदै, लगानी उच्च", शुभदिन (नेपालीमा), २०१७-०४-०३, अन्तिम पहुँच २०२२-०२-१९ 
  28. "धनगढीमा २१ करोडको लगानीमा ‘होटल फ्लोरा’ खुल्दै", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  29. "४ करोडको लगानीमा होटल वर्षाले गर्यो धनगढीमा पनि सेवा सुरु", ओखल समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९