अत्तरिया नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अत्तरिया नगरपालिका
देश नेपाल
अञ्चलसेती अञ्चल
जिल्लाकैलाली
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा७,९००
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.attariyamun.gov.np

अत्तरिया नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपालिका हो । अत्तरिया सुदुर पश्चिमको मुख्य नाकाको रुपमा रहिआएको छ । महेन्द्र राजमार्ग सँगै जोडिएको अत्तरिया सुदुर पश्चिमको प्रबेशद्वार बन्न पुगेको छ । यसै बर्ष नेपाल सरकारले घोषणा गरेका ७२ ओटा नयाँ नगरपालिका मध्ये अत्तरिया पनि एक हो। मालाखेती, श्रीपूर, बेलादेवीपुरगेटा गा.बि.स. लाई मिलाएर २०७१ जेठ ४ मा अत्तरिया नगरपालिका बन्न पुग्यो । यस नगरपालिकामा हाल १३ वटा वडाहरु रहेका छन् । [१]

शिक्षा[सम्पादन गर्नुहोस्]

प्रमुख स्कुलहरू[सम्पादन गर्नुहोस्]

  • श्री समैजी माध्यमिक विद्यालय (मजगाउँ)
  • होलिल्याण्ड हाईअर सेकेन्डरी स्कुल
  • जे के सेकेन्डरी स्कुल
  • ठेकराज माध्यमिक विद्यालय (घोडसुवा)
  • ग्लोवल एकेडेमी (घोडसुवा)
  • दुर्गा जोति बोर्डिङ स्कुल (स्याउले बजार)
  • घण्टेश्वरी माध्यमिक विद्यालय (अत्तरिया)
  • लोतस एकेडेमी
  • गुरास माध्यमिक विद्यालय
  • ईमानुयल एकेडेमी
  • गुह्यश्वरी माध्यमिक विद्यालय
  • सारदा माध्यमिक विद्यालय (श्रीपुर)
  • सिद्धबाबा माध्यमिक विद्यालय (गेटा)

प्रमुख क्याम्पसहरू[सम्पादन गर्नुहोस्]

  • दुर्गालक्ष्मी बहुमुखी क्याम्पस
  • सरस्वती ईन्टरनेशनल हाई स्कुल

स्वास्थ्य[सम्पादन गर्नुहोस्]

अस्पतालहरू[सम्पादन गर्नुहोस्]

  • सेवानर्सिङ होम
  • पदमा अस्पताल
  • गेटा अाँखा अस्पताल

यातायात[सम्पादन गर्नुहोस्]

अत्तरिया सुदूरपश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ | महेन्द्र राजमार्ग र महाकाली राजमार्ग दुबै अत्तरिया भएर गएका छन | यो काठमाडौबाट करिब ६०० कि.मी. टाढा, धनगढीबाट १५ कि.मी., महेन्द्रनगरबाट ४० कि.मी. र डडेल्धुराबाट १२० कि.मी. टाढा रहेको छ | बस, मुख्य यातायात साधनको रूपमा रहेको छ | म्याजिक गाडी, ट्याम्पो, ट्याक्सी, विद्युतिय अटो अादि स्थानीय यातायातकाे रूपमा सेवा दिदै अाइरहेका छन |

मिडिया (रेडियो)[सम्पादन गर्नुहोस्]

  • गोदावरी एफ एम : ८७.९ मेघाहर्ज
  • खप्तड एफ एम : ९८.२ मेघाहर्ज

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सरकारद्वारा ७२ नयाँ नगरपालिका घोषणा", द काठमान्डौ पोस्ट, अन्तिम पहुँच २०१४-०६-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०६ मिति