कैलाली जिल्ला

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कैलाली जिल्ला
Kailali district location.png
अञ्चल: सेती अञ्चल
सदरमुकाम: धनगढी,
क्षेत्रफल: ३२३५ वर्ग कि.मि.
जनसंख्या: १६६९७(२००१)
गाविस संख्या: ३९ वटा
नगरपालिका(हरू): ६ वटा धनगढी, टीकापुर, लम्की
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: तराई
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०९१
प्रमुख जिल्ला अधिकारी: -
वेबसाइट: www.ddckailali.gov.np
 हे  वा  सं 


कैलाली नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा अवस्थित समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो। यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०५८) 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो। यस जिल्लामा छ वटा नगरपालिका छन् :लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, अत्तरिया नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी-त्रिशक्ती नगरपालिकाधनगढी उपमहानगरपालिका। टीकापुरमा अवस्थित "टीकापुर बृहत उद्यान" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो कैलाली जिल्लामै रहेको "घोडाघोडी ताल"लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन्। ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन्। परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो। माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ। सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ।

भौगोलिक अवस्था

  • विकासक्षेत्र: सुदूर पश्चिमाञ्चल
  • अञ्चल: सेती
  • अक्षांस: २८.२२" उत्तर देखि २९.५" उत्तर सम्म
  • देशान्तर: ८०.३०" पूर्व देखि ८१.१८" पूर्व सम्म
  • सिमाना: पूर्व-कर्णाली नदी, बर्दियासुर्खेत, पश्चिम-कञ्चनपुरडडेलधुरा, उत्तर-डोटीडडेलधुरासुर्खेत, दक्षिण- मोहना नदी र भारतको उत्तर प्रदेश राज्य
  • क्षेत्रफल: ३,२३५ वर्ग किलोमिटर(पहाड ४०.३% र तराई ५९.७%)
  • सबभन्दा अग्लोस्थान: १,९५० मिटर
  • सबभन्दा होचोस्थान: १०९ मिटर
  • धरातल: चुरे पहाडी प्रदेश र तराई प्रदेश

प्रमुख नदीहरू[सम्पादन गर्ने]

कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगंगा, गौरी, गंगा, वनरा, गुलरा, गोदावारी, जमरा,आदी

प्रमुख तालहरू[सम्पादन गर्ने]

घोडाघोडी ताल, जोखर ताल, तिलेक, कोईलही, लौकाभौका, वेहडावावा

प्रमुख धार्मिक स्थलहरू[सम्पादन गर्ने]

धनगढी ४ उत्तरवेहडी शिवपुरीधाम, शमैजी (गोला देउ) फूलवस्ती, गोदावरीगंगा, ग्वाशी, बेहडाबाबा, लक्ष्मीनारायण मन्दिर, नैनादेवी मन्दिर, पशुपति मन्दिर, वेङ्कटेश्वर मन्दिर, वनदेवी मन्दिर, गोदावरीस्थित शिव मन्दिर, खैरालामा रहेकाे माेहन्याल मन्दिर,चाैमालाकाे माेहन्यालबाबा

प्रमुख पर्यटक स्थलहरू[सम्पादन गर्ने]

टीकापुर पार्क, घोडाघोडी ताल, लम्किको चिसापानि स्थित कर्णाली पुल, खैराला दरबार, गोदावरी, खानीडाडा, धनगढी स्थीत जोखर ताल, धनगढी पार्कराजकॉडा आदि हुन....

बङ्गला (टीकापुर पार्क)[सम्पादन गर्ने]

बङ्गला यो टीकापुर पार्क को वास्तविक नाम हो ।टिकापुर पार्क नेपाल कै सबै भन्दा ठुलो उद्ध्म क्षेत्र हो।यो राजा महेन्द्र को पाला स्थापना गरिएको सुन्दर स्थान हो।हाल एस को सम्पुर्ण जिम्मेवारी र अधिकार टिकापुर नगरपालिका लाइ रहेको छ। यो पार्क शाही परिवार सङ्ग चिरपरिचित छ। एहां बर्सेनि हजारौं को सङ्ख्या मा आन्तरिक तथा वाहिरी पर्यटक आउछ्न ।

     नया बर्ष ,तिहार पछि ,माघी पर्ब मा यहाँ  विशेष रमाइलो गर्न दैनिक २० हजार भन्दा बढी मानिसको भिद हुन्छ । कर्णाली नदिको किनर मा रहेको यो स्थान बन भोज र नदिमा साहासिक कार्य गर्न र पार्क मा   करिब १० प्रजातिको फुल हरु नै एस्को विशेष आकर्षण हो।

प्रमुख जातजातिहरू[सम्पादन गर्ने]

थारुहरूमा जस्तैः कठरिया, चौधरी , कुश्मी, दहित, महतो, घोतैली,बैद्य,रजबंशी ,डङ्गौरा ,जगथवा, कलेहुव , राना थारू आदि (थारु जाती यस जिल्लामा बसोबास गर्ने प्रमुख जाती हो))
बाहुनहरू जस्तैः पन्त, भट्ट, रेग्मी, जोशी, उपाध्याय, पाठक, पनेरू, दाहाल, फुलारा, भण्डारी आदि ।
ठकुरीहरू जस्तै: शाह, शाही, चन्द, Singh, Malla, चँन्द बटाला पाल, सिंह, बम (बम्म), हमाल ठकुरी आदि ।
क्षेत्रीहरू जस्तैः कुंवर, खाती,बोहरा, खड्का, धामी, साउँद, बिष्ट, कार्की, महरा, महत, बोगटी, धानुक, कडायत, थापा आदि |

नयाँ टिकापुर[सम्पादन गर्ने]

यो दुर्गौली गाबिस र टिकापुर नपा को सिमाना मा अबस्थित एक सुन्दर गाउँ हो।यो गाउँ एक जातीय सद्भाव पुर्ण सुन्दर गाउँ हो।यहाँ बिशेष गरि थारू र क्षेत्री को बहुल्यता रहेको छ।यस गाउँ मा रहेको जगन्नथिया बाबा नामक मन्दिर को कारण ले चर्चा मा छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

नेपालको क्षेत्रीय वर्गीकरण

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]