सामग्रीमा जानुहोस्

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नवलपुर जिल्लाबाट अनुप्रेषित)
नवलपुर
नवलपुर जिल्लाको प्रशासनिक विभाजन
नवलपुर जिल्लाको प्रशासनिक विभाजन
देवचुली स्थित शास्वत धामको अवस्थिति
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
सदरमुकामकावासोती
स्थापना२०७४
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गजिल्ला सभा
क्षेत्रफल
 • जम्मा१,४२६.२७ किमी (५५०.६९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७८,०७९
 • घनत्व२६५/किमी (६९०/वर्ग माइल)
 • जातीयता
ब्राह्मण
क्षेत्री
थारू
 • मुख्य भाषा
नेपाली
अवधी
थारू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
जिसस केन्द्रकावासोती
वेबसाइटnawalpur.dcc.gov.np

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गण्डकी प्रदेशका ११ जिल्लाहरू मध्ये एक हो।[][] २०१८ सालमा पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर अर्थात् नवलपरासी बर्दघाट सुस्ता पूर्व र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको थियो।[]

वि.सं २०१८ सालमा पूर्व नवलपुर र पश्चिम परासी क्षेत्रलाई गाभेर नवलपरासी जिल्ला कायम गरिएको थियो। यसअघि रुपन्देही जिल्लाको पाल्ही माझखण्डको रुपमा चिनिने नवलपरासी जिल्ला ५४ वर्षपछि पुनः पूर्व र पश्चिममा विभाजित भएको थियो।[] सरकारले संविधानअनुसार नवलपरासीलाई गण्डकी प्रदेशलुम्बिनी प्रदेश मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुङ्गो लगाएको थिएन। सरकारले गण्डकी प्रदेशमा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेको थियो। २०७२ साल असोज तीन गते जारी भएको नेपालको संविधानले ५४ वर्षपछि नवलपरासीलाई पूर्व नवलपुर र पश्चिम परासीमा विभाजन गरेको थियो[] भने २०७४ साल असोज २९ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवलपुरको सदरमुकाम कावासोती राख्ने आधिकारिक निर्णय गरेको थियो।[]

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिकाहरू गरि ८ वटा स्थानीय तहहरू रहेका छन्।[][]

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
कावासोती नगरपालिका शिवमन्दिर, पिठौली, अग्यौलीकुमारवर्ती १७ कावासोती ८६,८२१ १०८.३४ ८००
गैँडाकोट नगरपालिका मुकुन्दपुर, अमरापुरीरतनपुर १८ गैँडाकोट ७९,३४९ १५९.९३ ५००
देवचुली नगरपालिका देवचुली, प्रगतीनगर, दिव्यपुरीरजहर १७ प्रगतीनगर ५८,००३ ११२.७२ ५१०
मध्यविन्दु नगरपालिका तमसरिया, नारायणी, कोल्हुवा, मैनाघाट, राकाचुली (१-५), प्रसौनीनयाँ बेल्हानी (१-७,९) १५ चोरमारा बजार ६१,०९१ २३३.३५ २६०
बुलिङटार गाउँपालिका कोटथर, डाडाझेरी टाडी, बुलिङटार, उपल्लो अर्खला, जौबारी (४-९) र भारतीपुर बुलिङटार १४,६३७ १४७.६८ ९९
बौदीकाली गाउँपालिका जौबारी (१-३), मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङनरम डेढगाउँ ११,३३८ ९१.७८ १२०
हुप्सेकोट गाउँपालिका हुप्सेकोट, धौबादीदेउराली देउराली २६,५८३ १८९.२१ १४०
विनयी त्रिवेणी गाउँपालिका त्रिवेणी सुस्ता (१-३,५-९), दुम्किबास, राकाचुली (६-९), बेणिमणिपुरधुर्कोट (१-५,९) दुम्किबास ३८,३७० २८८.०६ १३०
नवलपरासी जिल्लाका पूर्व गाविसहरूको नक्सा


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०७८ नतिजा", केन्द्रीय तथ्याङ्क विभाग (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०८१ 
  2. "अब ७५ होइन ७७ जिल्ला", १८ भदौ २०७४, अन्तिम पहुँच ७ आश्विन २०७४ 
  3. "नवलपुर छुट्टै जिल्ला बन्छ : प्रधानमन्त्री शेर बहादुर देउवा", २०७४ असार २४, अन्तिम पहुँच २०७४ आश्विन ७ 
  4. "पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला र सदरमुकाम कावासोतीमा राख्ने निर्णय", नारायण शर्मा (कान्तिपुर), आश्विन ६, २०७४, अन्तिम पहुँच आश्विन ७, २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  5. "जिल्लाको संक्षिप्त परिचय" (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  6. "पूर्वी नवलपरासी अब 'नवलपुर'"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  7. "नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक", काठमाडौँ टुडे, २०७४ असार २५, अन्तिम पहुँच २०७४ आश्विन ७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२६ मिति
  8. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२ 
  9. "सहरको जनसङ्ख्या– तथ्याङ्क, नक्सा र तालिका", www.citypopulation.de, ८ अक्टोबर २०१७, अन्तिम पहुँच २१ मार्च २०१८ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]