कावासोती नगरपालिका
कावासोती नगरपालिका | |
---|---|
![]() कावासोती नगरपालीका | |
उपनाम(हरू): काहाहोसाथी | |
देश | ![]() |
प्रदेश | Gandaki Province |
जिल्ला | नवलपुर जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• प्रकार | स्थानिय सरकार |
• नगरप्रमुख | चन्द्र कुमारी पुन |
• उप नगरप्रमुख | प्रेम शंकर मर्दानिया थारू |
क्षेत्रफल | |
• जम्मा | ११४ किमी२ (४४ वर्ग माइल) |
उन्नतांश | १८० मिटर (५९० फिट) |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | ६२,४२१ |
• घनत्व | ५५०/किमी२ (१,४००/वर्ग माइल) |
source website of office[१] | |
भाषा | |
• आधिकारीक | नेपाली |
• स्थानिय भाषा | नेपाली, गुरुङ्ग, मगर, थारू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोष्टल कोड | ५६३०० |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-७८ |
वेबसाइट | Official Website |
कावासोती नेपालको Gandaki Provinceमा पर्ने नवलपुर जिल्लामा अवस्थित एक नगरपालिका हो ।[२] कावासोती बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[३] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा कावासोती, शिबमन्दिर, पिठौली र अग्यौली गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[४] कावासोती नगरपालिकामा १४,१०४ घरधुरि छन । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कावासोती पनि नगरपालिका बनेको हो ।
कावासोती नगरपालीकाले नवलपुर क्षेत्रको प्रशासनिक सदरमुकामको रूपमा कार्य गर्दै आएको छ। पहिले नवलपरासी जिल्लाको पूर्वी भेग (अहिले नवलपुर जिल्ला)का जनतालागि सम्पूर्ण प्रशासनिक कार्यहरू प्रशासनद्वारा, मालपोत, जिल्ला ट्राफीक प्रहरी कार्यालय, र्इत्यादीले गर्दै आएको छन्। बढ्दो जनसङ्ख्या र विकास निर्माणका कार्यहरूले यो शहर छिटोछिटो अघि बढ्दै आर्इरहेको छ। ब्यापार ब्यवसाय, शिक्षा, स्वास्थ्य सुविधा लगायत विषयवस्तु यस क्षेत्रको पहुचको स्तर अर्थात् गुणस्तरीय जीवन दर्शाउँछ।
यो शहर, नवलपुर जिल्लाको मुटुमा रहेको एक सुन्दर शहर हो। यसलाई हरीयाली शहर भनेर पनि चिनिन्छ, यसको लगभग ६० प्रतिशत जमिन जंगलले ढाकेको छ, जसले गर्दा यहाँका मानिसहरू स्वस्थानबाट स्वच्छ हावा, पानी तथा आवस्यक स्टफ प्राप्त गर्दछन्। यसको पूर्वी तथा दक्षीणी सिमानामा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।
जनसङ्ख्या[सम्पादन गर्ने]
कावासोती, शिबमन्दिर, पिठौली, अग्यौली र कुमारवर्ती गाविसहरूलाई मिलाएर कावासोती नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर कावासोती नगरपालिकाको जनसङ्ख्या ६२,४२१ रहेको छ ।
मानिसहरू यो शहरमा लगातार बसाईसराई गरेर भित्रदै छन्। खासगरी उत्तरी पहाडी भेगका मानिसहरू विगतका ३०-४० वर्षदेखी ठूलो संख्यामा बसाईसराई गरेर आर्इरहेका छन्।
कावासोती नगरपालीकाको आधिकारीक वेवसाईट अनुसार निम्नलिखीत जनसङ्ख्या छः
पुरूष: २८,६१६
महिला: ३३,८०५
जम्मा: ६२,४२१
जम्मा घरसंख्या: १४,१०४
जम्मा जमीन: ११४ वर्ग कि.मि.
वडा संख्या: १७
सिमाना[सम्पादन गर्ने]
पूर्व: देवचुली नगरपालिका र चितवन राष्ट्रिय निकुञ्ज
पश्चिम: मध्यबिन्दु नगरपालिका
उत्तर: धौवादी गा.वि.स.
दक्षिण: चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी
मुख्य जातजाती[सम्पादन गर्ने]
ब्राम्हण, क्षेत्री, थारू, मगर, तामाङ, नेवार, कुमाल, गुरूङ्ग, बोटे, मुसहर, कामी, दमाई, र्इत्यादी।
धर्म[सम्पादन गर्ने]
मुख्यः हिन्दु अन्यः बौद्ध, ख्रिष्टीयन (र्इसाई), मुस्लीम, र्इत्यादी।
मुख्य स्थानहरू[सम्पादन गर्ने]
- कावासोती बजार
- थाना चोक
- र्इन्द्र चोक
- सभापति चोक
- पुरानो कावासोती बजार
- डण्डा बजार
- विष्णुनगर
- हसौरा
- साँढ
- त्रिभुवन टर
- अग्यौली
- थकाली चोक
- मगरकोट
- पिठौली
पेशा[५][सम्पादन गर्ने]
पेशा | प्रतिशत | पेशा | प्रतिशत |
---|---|---|---|
कृषी | ५७% | ब्यापार | १४.९४% |
नोकरी | १९.८३% | मज्दुरी | २.७८% |
उद्योग | ५.१७% | अन्य | ०.२८% |
सुचना माध्यम[सम्पादन गर्ने]
यहाँको स्थानीय कला संकृती तथा ब्यापार लगायतका कुराहरू प्रचारप्रसार गर्न तथा ताजा राष्ट्रिय तथा स्थानीय समाचार प्रसारणकालागि यहाँ, केही रेडियो तथा टेलिभिजन स्थापना भएका छन्।
रेडियोहरू[सम्पादन गर्ने]
- रेडियो मध्यविन्दु एफ्.एम् - १०१ मेघाहर्ज,[६]
- रेडियो नवलपुर - १०४.७ मेघाहर्ज[७]
- रेडियो सामर्थ्य - ९२.१ मेघाहर्ज[८] र
- रेडियो कावासोती - १०२.0 मेघाहर्ज
स्थानीय टेलिभिजनहरू[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "संक्षिप्त परिचय: कावासोती नगरपालिकाको कार्यालय", www.kawasotimun.gov.np, अन्तिम पहुँच १९ जनवरी २०१७।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच बैशाख २५।
- ↑ "Kawasoti_Draft_WATSAN_Plan", Kawasoti Municipality, अन्तिम पहुँच २० जनवरी २०१७।
- ↑ "Radio Madhyabindu FM 101MHz", Radio Madhyabindu FM (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ जनवरी २०१७।
- ↑ "Nawalpur FM 104.7 MHz", Nawalpur FM (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ जनवरी २०१७।
- ↑ "Radio Samarthya", Radio Samartya 92.1 MHz, अन्तिम पहुँच १९ जनवरी २०१७।
- ↑ "Devchuli News", devchulinews.com, अन्तिम पहुँच १९ जनवरी २०१७।
- ↑ "Mukundasen Television", Mukundasen Television, अन्तिम पहुँच १९ जनवरी २०१७।