सामग्रीमा जानुहोस्

कावासोती नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कावासोती नगरपालिका
कावासोती नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
कावासोती नगरपालिका
गण्डकी प्रदेशको नक्सामा कावासोती नगरपालिकाको अवस्थिति
कावासोती नगरपालिका मा पर्दछ नेपाल
कावासोती नगरपालिका
कावासोती नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३६′१६″N ८३°५६′५८″E / 27.604339°N 83.949399°E / 27.604339; 83.949399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्थापित२५ वैशाख २०७१
सरकार
  नगरप्रमुखविष्णुप्रसाद भुसाल (नेकपा (एमाले))
  उपप्रमुखफुलकुमारी थनेत (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०८.३४ किमी (४१.८३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८६,८२१
  घनत्व८००/किमी (२१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रसाविकको कावासोती गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कावासोती नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका कावासोती, शिवमन्दिर, पिठौली, अग्यौली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कुमारवर्ती गाविस यसमा गाभिएको थियो।

कावासोती नगरपालीकाले नवलपुर क्षेत्रको प्रशासनिक सदरमुकामको रूपमा कार्य गर्दै आएको छ। पहिले नवलपरासी जिल्लाको पूर्वी भेग (अहिले नवलपुर जिल्ला)का जनतालागि सम्पूर्ण प्रशासनिक कार्यहरू प्रशासनद्वारा, मालपोत, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इत्यादीले गर्दै आएको छन्। बढ्दो जनसङ्ख्या र विकास निर्माणका कार्यहरूले यो शहर छिटोछिटो अघि बढ्दै आर्इरहेको छ। ब्यापार ब्यवसाय, शिक्षा, स्वास्थ्य सुविधा लगायत विषयवस्तु यस क्षेत्रको पहुचको स्तर अर्थात् गुणस्तरीय जीवन दर्शाउँछ। यो सहर, नवलपुर जिल्लाको मुटुमा रहेको एक सुन्दर शहर हो। यसलाई हरीयाली शहर भनेर पनि चिनिन्छ, यसको लगभग ६० प्रतिशत जमिन जंगलले ढाकेको छ, जसले गर्दा यहाँका मानिसहरू स्वस्थानबाट स्वच्छ हावा, पानी तथा आवस्यक स्टफ प्राप्त गर्दछन्। यसको पूर्वी तथा दक्षीणी सिमानामा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कावासोती नगरपालिकाको कुल जनसङ्ख्या ८६,८२१ रहेको छ भने यहाँ २२,१६६ घरधुरी रहेका छन्।[]

कावासोती नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
शिवमन्दिर (४,८)६,६२६२०.६१३२१.४९
शिवमन्दिर (३,५)७,८३६३.८६२०३०.०५
शिवमन्दिर (१-२)१२,०१२५.६१२१४१.१७
शिवमन्दिर (९)३,३९७५.९२५७३.८१
शिवमन्दिर (६)३,२८०४.३४७५५.७६
शिवमन्दिर (७)२,३२१४.१६५५७.९३
कावासोती (१-४)२,९१०४.५७६३६.७६
कावासोती (६)९,५८९४.२८२२४०.४२
कावासोती (६)२,४१२१.९३१२४९.७४
१०कावासोती (७-९)२,८२०४.०१७०३.२४
११पिठौली (७-८)३,२६२३.०३१०७६.५६
१२पिठौली (१-२,९)२,६८१६.१७४३४.५२
१३पिठौली (३-६)४,००७५.८६६८३.७८
१४अग्यौली (१-३,७,८)६,१३५४.८७१२५९.७५
१५अग्यौली (४-६)४,७६७५९५.८७
१६अग्यौली (९)५,८४५६.९६८३९.७९
१७कुमारवर्ती६९२११४.१७४८८.४२
जम्मा८६,८२११०८.३५८०१.३०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]