सामग्रीमा जानुहोस्

देवचुली नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवचुली नगरपालिका
देवचुली नगरपालिका देवचुली नगरपालिका मा अवस्थित छ
देवचुली नगरपालिका
निर्देशाङ्क: २७°४१′N ८४°१०′E / 27.68°N 84.17°E / 27.68; 84.17
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्थापित२५ वैशाख २०७१
सरकार
  नगरप्रमुखहरिप्रसाद न्यौपाने (नेकपा (एमाले))
  उपप्रमुखपार्वता तिवारी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा११२.७२ किमी (४३.५२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५८,००३
  घनत्व५१०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रसाविक प्रगतीनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

देवचुली नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका देवचुली, प्रगतीनगरदिव्यपुरी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रजहर गाविस यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवचुली नगरपालिकाको कुल जनसङ्ख्या ५८,००३ रहेको छ भने यहाँ १४,४९३ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार देवचुली नगरपालिकाको कुल जनसङ्ख्या ५८,००३ रहेको छ। यस नगरपालिकालाई १७ वटा वडाहरूमा विभाजन गरिएको छ। वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

देवचुली नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका गाविस (वडाहरू)जनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
दिव्यपुरी (१-३)३,८१२२.६४१,४४३.९४
दिव्यपुरी (७)२,७१९०.९६२,८३२.२९
दिव्यपुरी (४-५)१,९९६०.८१२,४६४.२०
दिव्यपुरी (६)३,१९९१.९११,६७४.८७
दिव्यपुरी (८-९)२,२५२२३.८१९४.५८
देवचुली (२-५)१,८१७१९.३२९४.०५
देवचुली (६, ८)२,४१११.७६१,३६९.८९
देवचुली (७, ९)१,५३५२.२१६९४.५७
देवचुली (१)३,६६९४.९३७४४.२२
१०प्रगतीनगर (४, ६)३,६१६३.६८९८२.६१
११प्रगतीनगर (८-९)३,८४५२.४४१,५७५.८२
१२प्रगतीनगर (७)२,६७२२.११,२७२.३८
१३प्रगतीनगर (१)३,६९७२.२६१,६३५.८४
१४प्रगतीनगर (२, ५)३,८३२३.०३१,२६४.६९
१५प्रगतीनगर (३)३,६५५१.६६२,२०१.८१
१६रजहर (१, ७, ९)५,८५५३०.६६१९०.९७
१७रजहर (२-६, ८)७,४२१८.५४८६८.९७
जम्मा५८,००३११२.७२५१४.५८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]