बौदीकाली गाउँपालिका
स्वरूप
बौदीकाली गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३६′१६″N ८३°५६′५८″E / २७.६०४३३९°N ८३.९४९३९९°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | प्रकाश ओझा (नेकपा (एमाले)) |
• उपाध्यक्ष | डिलकुमारी केसी सारु (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ९१.७८ किमी२ (३५.४४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,६३७ |
• घनत्व | १६०/किमी२ (४१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
केन्द्र | साविकको डेढगाउँ गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
बौदीकाली गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका जौवारी(१-३), मिथुकरम, डेडगाउँ, रकुवा, रूचाङ र नरम गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बौदीकाली गाउँपालिकाको कुल जनसङ्ख्या १४,६३७ रहेको छ भने यहाँ २,९१३ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]बौदीकाली गाउँपालिकाको क्षेत्रफल ९१.८७ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा बुलिङटार गाउँपालिका पश्चिममा पाल्पा जिल्ला उत्तरमा तनहुँ जिल्ला तथा दक्षिणमा हुप्सेकोट गाउँपालिका रहेका छन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।