नवलपरासी जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नवलपरासी
—  जिल्ला  —
नवलपरासीको गैडाकोट र चितवनको नारायणगढ बजारको दृश्य
नेपालको नक्शामा नवलपरासी जिल्ला (रातो)
निर्देशाङ्क (नवलपरासी): २७°३२′ उत्तर ८३°४०′ पूर्व / २७.५३३° उत्तर ८३.६६७° पूर्व / 27.533; 83.667निर्देशाङ्क: २७°३२′ उत्तर ८३°४०′ पूर्व / २७.५३३° उत्तर ८३.६६७° पूर्व / 27.533; 83.667[१]
देश  नेपाल
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल लुम्बिनी अञ्चल
जिल्ला नवलपरासी जिल्ला
सदरमुकाम परासी
क्षेत्रफल[२]
 - जम्मा २,१६२ किमी (८३४.८ वर्ग मी)
अधिकतम उचाईं १,९३६ मि (६,३५२ फिट)
न्युनतम उचाईं ९१ मि (२९९ फिट)
जनसङ्ख्या (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[२][३]
 - जम्मा ६४३,५०८
 जनघनत्व २९७.६/किमी (७७०.९/वर्ग मी)
जातीयता
 - मुख्य जातीयता ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, दमाई, सुनार, थारु
भाषा
 - मुख्य भाषाहरू नेपाली, अवधी, गुरुङ, नेवारी, मगर, थारू भाषा
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-७८
गाविस संख्या ६१
नगरपालिकाहरू
वेबसाइट ddcnawalparasi.gov.np

नवलपरासी नेपालको एक जिल्लाको नाम हो। पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो। त्यस भन्दा अघि यस जिल्ला लाई रूपन्देही जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो।[१]

परिचय[सम्पादन गर्ने]

नवलपरासी जिल्ला लुम्बिनी अञ्चलमा पर्दछ। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो। यो जिल्लाको सदरमुकाम परासी बजार हो। मुख्य व्यापारीक केन्द्रहरू मा परासी,भुमही सुनवल, कावासोती, गैडाकोट आदि छन। मुख्य आय स्रोत कृषी, उधोग, व्यापार, पर्यटन आदि हुन। यहाँ नेपालको धेरै ठाउँबाट बसाइ सरेर आएका बासिन्दा छन। तर स्याङ्जा, पाल्पा, अर्घाखाँची, तनहुँ, गुल्मी, प्युठान जस्ता जिल्लाबाट आउनेहरूको संख्या तुलनात्मक रूपमा धेरै पाइन्छ। नवलपरासी भौगोलिक हिसाबले पहाड, भित्री मधेशमधेश गरी तीन भागमा बिभाजीत छ। यसको भित्रि मधेश क्षेत्रलाई नवलपुर पनि भनिन्छ। यो जिल्लाको उत्तरमा पाल्पातनहुँ, पश्चिममा रूपन्देही, पूर्व र दक्षिणमा चितवन र दक्षिणको केही भाग भारतसँग जोडिएको छ। चितवन राष्ट्रिय निकुन्जमा नवलपरासीको ठूलो जंगल पर्दछ। घोरल हेर्नको लागि जिल्लाको उतरी भेगको देउराली गाविस बाट सकिन्छ। बाघ भालु हेर्न जाने मनोरन्जनात्मक स्थान टाइगर टप यहाँ पर्दछ। कुनै जमानामा एक सिङ्गे गैँडाको बासस्थान भएको गैडाकोट (कोट = वासस्थान) यहीँ पर्दछ। नवलपरासीको गैडाकोट र चितवनको नारायणगढलाई नारायणी नदीले छुट्ट्याएको छ भने तनहुँको देवघाटसँग नवलपरासीको गैडाकोटलाई गण्डकी नदीले छुट्ट्याएको छ। पूर्व-पश्चिम राजमार्गको मध्यभाग भनेर राजा महेन्द्र शाहले शिलान्यास गरी राजमार्ग निर्माण सुरू गरेको स्थान शिलान्यासमा शिलालेख हेर्न पाइन्छ।[१]

जनसङ्ख्या[सम्पादन गर्ने]

राष्ट्रिय जनगणना २०६८ अनुसार नवलपरासी जिल्लाको कूल जनसङ्ख्या ६,४३,५०८ जना मध्ये पुरुष ३,०३,६७५ जना र महिला ३,३९,८३३ मध्ये १,२८,७९३ व्यक्तिगत घरधुरिमा बसोबास गर्दछन।[२][३]

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

समुन्द्री सतहबाट करिब ९१ मि देखि १,९३६ मिटरसम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व-दक्षिण भागमा नवलपुर पश्चिम-दक्षिण भागमा तराई उत्तर-पूर्व र उत्तर-पश्चिम भागमा महाभारत पर्वत श्रृङ्खलाको चुरे पहाडी क्षेत्र पाइन्छ।[१]

नवलपरासी जिल्ला भौगोलिक रूपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रूपमा सुपरिचित रहेको छ। यहाँ पहाडी प्रदेश, भित्री मधेश र तराई प्रदेश रहेका छन। यसै भौगोलिक विविधताका कारण नेपाल भरिकै हावापानी वातावरण र संस्कृति यहाँ पाइन्छ। यहाँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ४४ डिग्री सेल्सियससम्म रहेको पाइन्छ।[१]

कालीगण्डकी करिडोर अन्तर्गत नारायणी नदीको कंचन जलप्रवाहबाट सदियौं देखि सिंचित यस जिल्लामा विविध जातजाति भाषाभाषी धर्म संस्कृतिको सम्श्रिण पाइन्छ। यहाँ जनगणना २०५८ अनुसार ५,६२,८७० जनसङ्ख्या रहेकोमा नेपाल अधिराज्यमै सबै भन्दा बढी कुमाल र रजभार जातिको बसोबास समेत रहेको पाइन्छ।[१]

धार्मिक तथा पर्यटकीय क्षेत्र[सम्पादन गर्ने]

  • रामग्राम स्तुप
  • त्रिबेणीधाम
  • पाल्हीभगवती मन्दिर
  • गजगढाधाम
  • सीतामढी
  • राधाकृष्ण मन्दिर
  • नागबाबा मन्दिर
  • कोहार मन्दिर
  • रामजानकी मन्दिर
  • बालपुरी कुटी
  • मद्रासी बाबा
  • शिबमन्दिर
  • दाउन्ने देवी
  • कैलाश आश्रम
  • बर्दगोरिया कुटी
  • मौलाकालिका मन्दिर
  • रुम्सी
  • कुमारवर्ती
  • महाराजथान
  • रुद्रपुरगढी
  • सिक्रौलीघाट
  • पितौजीघाट
  • मितेरीघाट
  • भृकुटीघाट
  • लेडाघाट
  • देवघाट धाम
  • ठांडीटारघाट
  • नारायणघाट
  • मौसरघाट
  • जलदेबीघाट
  • बालीघाट
  • गडगडीघाट
  • पण्डितपुर
  • ब्यंकटेश मन्दिर आदि।
  • कोटही देबि जर्गाह
  • बाबा बर्दगोरिया
  • भौतिक पूर्वाधार[सम्पादन गर्ने]

    यो जिल्लामा धेरै कल कारखानाहरु छन् जस्तै श्री डिस्टिलरि, चौधरी ग्रुप, भृकुटी पल्प एण्ड पेपर लिमिटेड, एम् के पेपर् मिल् आदि

    सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

    बाहिरी कडीहरू[सम्पादन गर्ने]

    यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

    ढाँचा:नेपालका नगरपालिकाहरू