सामग्रीमा जानुहोस्

कावासोती नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कावासोतीबाट अनुप्रेषित)
कावासोती नगरपालिका
कावासोती नगरपालिका is located in गण्डकी प्रदेश
कावासोती नगरपालिका
नेपालको नक्सामा कावासोती नगरपालिकाको अवस्थिति
कावासोती नगरपालिका is located in नेपाल
कावासोती नगरपालिका
कावासोती नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३८′२५.०५″उ॰ ८४°७′२८.६″पू॰ / २७.६४०२९१७°N ८४.१२४६११°E / 27.6402917; 84.124611निर्देशाङ्कहरू: २७°३८′२५.०५″उ॰ ८४°७′२८.६″पू॰ / २७.६४०२९१७°N ८४.१२४६११°E / 27.6402917; 84.124611
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला
सरकार
 • नगरप्रमुखविष्णुप्रसाद भुसाल (नेकपा (एमाले))
 • उपप्रमुखफुलकुमारी थनेत (नेकपा (एमाले))
जनसङ्ख्या
 • जम्मा८६८२१
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
वेबसाइटhttp://kawasotimun.gov.np

कावासोती नेपालको गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२] कावासोती बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[३] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा कावासोती, शिवमन्दिर, पिठौलीअग्यौली गाउँ विकास समितिहरू समावेश गरिएका थिए।[४] कावासोती नगरपालिकामा २२,१६६ घरधुरि छन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिँदा कावासोती पनि नगरपालिका बनेको हो।


कावासोती नगरपालीकाले नवलपुर क्षेत्रको प्रशासनिक सदरमुकामको रूपमा कार्य गर्दै आएको छ। पहिले नवलपरासी जिल्लाको पूर्वी भेग (अहिले नवलपुर जिल्ला)का जनतालागि सम्पूर्ण प्रशासनिक कार्यहरू प्रशासनद्वारा, मालपोत, जिल्ला ट्राफीक प्रहरी कार्यालय, र्इत्यादीले गर्दै आएको छन्। बढ्दो जनसङ्ख्या र विकास निर्माणका कार्यहरूले यो शहर छिटोछिटो अघि बढ्दै आर्इरहेको छ। ब्यापार ब्यवसाय, शिक्षा, स्वास्थ्य सुविधा लगायत विषयवस्तु यस क्षेत्रको पहुचको स्तर अर्थात् गुणस्तरीय जीवन दर्शाउँछ।


यो सहर, नवलपुर जिल्लाको मुटुमा रहेको एक सुन्दर शहर हो। यसलाई हरीयाली शहर भनेर पनि चिनिन्छ, यसको लगभग ६० प्रतिशत जमिन जंगलले ढाकेको छ, जसले गर्दा यहाँका मानिसहरू स्वस्थानबाट स्वच्छ हावा, पानी तथा आवस्यक स्टफ प्राप्त गर्दछन्। यसको पूर्वी तथा दक्षीणी सिमानामा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।

कावासोती, शिबमन्दिर, पिठौली, अग्यौली र कुमारवर्ती गाविसहरूलाई मिलाएर कावासोती नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०७८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर कावासोती नगरपालिकाको जनसङ्ख्या ८६,८२१ रहेको छ ।
मानिसहरू यो शहरमा लगातार बसाईसराई गरेर भित्रदै छन्। खासगरी उत्तरी पहाडी भेगका मानिसहरू विगतका ३०-४० वर्षदेखी ठूलो संख्यामा बसाईसराई गरेर आइरहेका छन्।
कावासोती नगरपालीकाको आधिकारीक वेवसाईट अनुसार निम्नलिखीत जनसङ्ख्या छः
पुरूष: ४०,५२३
महिला: ४६,२९८
जम्मा: ८६,८२१, वार्षिक जनसङ्ख्या वृद्धिदर: ३.१७
जम्मा परिवार संख्या: २२,१६६ ,जनघनत्व : ८०१ ,साक्षरता दर: ८४.७० (पु: ९०.६० , म: ७९.६६)
जम्मा जमीन: ११४ वर्ग कि.मि.
वडा संख्या: १७

पूर्व: देवचुली नगरपालिकाचितवन राष्ट्रिय निकुञ्ज
पश्चिम: मध्यबिन्दु नगरपालिका
उत्तर: धौवादी गा.वि.स.
दक्षिण: चितवन राष्ट्रिय निकुञ्जनारायणी नदी

मुख्य जातजाती

[सम्पादन गर्नुहोस्]

ब्राम्हण, क्षेत्री, थारू, मगर, तामाङ, नेवार, कुमाल, गुरूङ्ग, बोटे, मुसहर, कामी, दमाई, र्इत्यादी।

मुख्यः हिन्दु अन्यः बौद्ध, ख्रिष्टीयन (र्इसाई), मुस्लीम, र्इत्यादी।

मुख्य स्थानहरू

[सम्पादन गर्नुहोस्]
  1. कावासोती बजार
  2. थाना चोक
  3. ईन्द्र चोक
  4. सभापति चोक
  5. पुरानो कावासोती बजार
  6. डण्डा बजार
  7. विष्णुनगर
  8. हसौरा
  9. साँढ
  10. त्रिभुवन टार
  11. अग्यौली
  12. थकाली चोक
  13. मगरकोट
  14. पिठौली
पेशा प्रतिशत पेशा प्रतिशत
कृषी ५७% ब्यापार १४.९४%
नोकरी १९.८३% मज्दुरी २.७८%
उद्योग ५.१७% अन्य ०.२८%

सुचना माध्यम

[सम्पादन गर्नुहोस्]

यहाँको स्थानीय कला संकृती तथा ब्यापार लगायतका कुराहरू प्रचारप्रसार गर्न तथा ताजा राष्ट्रिय तथा स्थानीय समाचार प्रसारणकालागि यहाँ, केही रेडियो तथा टेलिभिजन स्थापना भएका छन्।

  1. रेडियो मध्यविन्दु एफ्.एम् - १०१ मेघाहर्ज,[६]
  2. रेडियो नवलपुर - १०४.७ मेघाहर्ज[७]
  3. रेडियो सामर्थ्य - ९२.१ मेघाहर्ज[८]
  4. रेडियो कावासोती - १०२.0 मेघाहर्ज

स्थानीय टेलिभिजनहरू

[सम्पादन गर्नुहोस्]
  1. देवचुली टेलिभिजन,[९]
  2. मुकुन्दशेन टेलिभिजन (MTV)[१०]
  3. बुद्ध दर्शन टि.भि.
= स्थानिय डिजिटल मिडिया कम्पनीहरू ======
[सम्पादन गर्नुहोस्]
  1. एन. सन्चार मिडिया प्रा.ली. Nsanchar Online News
  2. इन्टिग्रेटेड मिडिया कम्पनी
  3. सायरा मिडिया
  4. वेस्ट मिडिया
  5. nawalpurtimes.com

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  2. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  3. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]
  4. "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच बैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  5. "Kawasoti_Draft_WATSAN_Plan", Kawasoti Municipality, अन्तिम पहुँच २० जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१७ मिति
  6. "Radio Madhyabindu FM 101MHz", Radio Madhyabindu FM (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ जनवरी २०१७ 
  7. "Nawalpur FM 104.7 MHz", Nawalpur FM (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ जनवरी २०१७ 
  8. "Radio Samarthya", Radio Samartya 92.1 MHz, अन्तिम पहुँच १९ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१७ मिति
  9. "Devchuli News", devchulinews.com, अन्तिम पहुँच १९ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१७ मिति
  10. "Mukundasen Television", Mukundasen Television, अन्तिम पहुँच १९ जनवरी २०१७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]