बुलिङटार गाउँपालिका
बुलिङटार गाउँपालिका | |
---|---|
देश | ![]() |
प्रदेश | गोर्खा प्रदेश |
जिल्ला | नवलपरासी जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | १४७.६८ किमी२ (५७.०२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १९,१२२ |
• घनत्व | १३०/किमी२ (३४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
कार्यालय | साविकको बुलिङटार गाविसको कार्यालय |
बुलिङटार गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका जौबारीको (४-९)वडाहरू, डाँडाझेरी, अर्खला, भारतीपुर र बुलिङटार गाउँ विकास समितिहरूलाई समेटेर बुलिङटार गाउँपालिका घोषणा गरिएको हो ।[४][५] बुलिङटार गाउँपालिकको कूल जनसङ्ख्या १९,१२२ रहेको छ ।[६]
भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]
बुलिङटार गाउँपालिकाको क्षेत्रफल १४७.६८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा गैंडाकोट नगरपालिका र तनहुँ जिल्ला पश्चिममा बुङ्दीकाली गाउँपालिका उत्तरमा तनहुँ जिल्ला तथा दक्षिणमा हुप्सेकोट गाउँपालिका र देवचुली नगरपालिका रहेका छन् ।[७]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।