दाउन्ने देवी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालमा प्रशस्तरूपमा धार्मिक पयटकीय भिकेस्थानहरू छन् । त्यसमध्येको दाउन्ने देवीको आफ्नै महिमा र पहिचान छ । नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा भनिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । हालका माकर, दुम्कीबास, वेलिवेनीपुर तमासपुर गाविस तत्काल मङ्गलपुर गाविसमा पर्दथे । त्यतिबेला पाल्पाका राजा मणि मुकुन्द सेन थिए । पछि १८६६ मा एकीकरण भएपछि नेपाल अधिराज्यमा गाभिएको थियो ।

महेन्द्र राजमार्गबाट ३० कि.मी. जति पूर्वी उकालो लागेपछि दाउन्ने गाविस वडा नं. ५ मा देवीको तीन तले मन्दिर छ । राजा मणीमकुन्द सेनका दुईवटा रानीमध्ये कान्छी रानी लामो समयसम्म बिरामी परिन् धेरै औषधि उपचारपछि पनि निको नहुँदा चिन्तित भएको बेला सपनामा देवीको स्थापना गरी पूजा आएको रेग्मी खान्दानले स्थापना कालदेखि नै पूजा गर्दै आएका थिए । सुरूबाट नै मन्दिरको पूजा आजा तथा रेखदेख जमिन्दार रहेका केसी र रेग्मी खान्दानले गर्दै आएको छ । उनैको पुस्तेउली सन्तान हुँ भन्ने यज्ञप्रसाद रेग्मीकाअनुसार पहिले वनदेवी भनी पूजा गरिन्थ्यो पछि गएर दाउन्ने देवीको नामले प्रख्यात भएको पाइन्छ । वृटिश सरकारले बाटो बनाउँदा दामन्ने डाँडा भन्दाभन्दै डाँडाको नाम दाउन्ने रहेको र पछि गएर दाउन्नेदेवीको नामले प्रख्यात् भएको भनिन्छ ।[१]

नैनित्य पूजामा शनिवार, पञ्चमी, सप्तमी, अष्टमी र पूणिर्माका दिन बली दिइन्छ । चैते दसैं र बडा दसैँमा मेला लाग्ने गर्दछ । चैते दसैंमा धुमधाम मेला लाग्दछ । पूजा गरेर परेवा उडाउने चलन व्यापक छ । भाकल गर्ने र भाकल पूरा भएपछि पूजा गर्ने चलन छ । देवीले मनोरथ पूरा गर्ने जनविश्वास छ । यसै सन्दर्भमा मन्दिरमा पूजा गर्न आएकी तम्सरिया २, बसन्तपुर बस्ने ७६ वषिर्या फट्टकिाकुमारी पन्तको अनुभव उल्लेख छ । यस्तैमा एक गाउँले ठकुर्नी दिदीले दाउन्ने देवीको सबैले सुन्ने गरी ठूलो स्वरमा मैले कान सुन्न सकुँ भनी पूजा गर्नुभएमा सुन्नुहुन्छ भनी आफ्नो पनि त्यस्तै अनुभव सुनाएपछि यहाँ आई पूजा गरेपछि कान सुन्न थालेको उहाँ भन्नुहुन्छ । राम्रो मनले कामका लागि चिताएको पुग्ने सोही ठाउँका लक्ष्मी पाठक र भवीसरा मगरले थपे ।

विकास तथा रेखदेख[सम्पादन गर्ने]

मन्दिरको संरक्षण तथा व्यवस्थापन दाउन्ने देवी व्यवस्थापन समिति (२०४९) ले गर्दछ । दाउन्ने देवीको हालको मन्दिर २०५३ सालमा सुरू भई २०५५ सालमा निर्माण कार्य पूरा भयो । बेलाबेलामा अध्ययन, अनुसन्धान तथा उत्खनन् कार्य भएका छन् । २०३२ सालमा तीन वटा शिला भेटिएका थिए । त्यस्तै २०५३ मा ऋषिराम शर्माको अध्यक्षतामा भएको उत्खननमा १ लेखिएका पैसाहरू भेटिएका थिए भनी स्थानीय वासीको भनाइ थियो । अनिवार्य मुठ्ठी दान र भेटीबाट गौशालाको रेखदेख भएको छ । अन्य आम्दानीको स्रोतहरूमा मन्दिरमा गरिने ब्रतबन्ध र बलीस्वरूप उठ्ने रकम रहेको छ ।

हराभर जङ्गलको बीचमा अवस्थित यस स्थानमा पुग्ने कुनै कठिनाई छैन । शनिबार दर्शनार्थी र वनभोज जानेको भीड लागेको हुन्छ । दाउन्नेको नजिक दुम्किबास बर्दघाटमा प्रशस्त होटेल लजहरू छन् । पर्यटन प्रवर्द्धनका लागि पिकनिक स्थल, रिसोर्ट खोल्ने, पर्यटकका लागि स्थानिय स्तरमा त्यहाँका मुख्य आदिबासी थारू भएकोले उनीहरूको संस्कृति झल्किने भेषभूषा, रहनसहन परिपाटिको विकास गर्नुपर्ने आवश्यक महसुस गरिन्छ । स्थानीय प्रचलित खाना तथा पेय पदार्थको प्रयोग र त्यो ठाउँलाई चिनाउने वस्तुको उपहार दिन सकियो भने सुनमा सुगन्ध थपिन्छ । सुनौली नाकाबाट लुम्बिनी तिलौराकोट अवलोकन गरी काठमाडौं आउने पर्यटकलाई बर्दघाटमा कम्तिमा एक रात बास बसाली त्रिवेणीधाम घुमाउनुको साथै दाउन्नेको रमणीय दृश्यावलोकन पश्चात चितवन लैजाने र काठमाडौंबाट चितवन हुँदै लुम्बिनी जाने पर्यटकलाई दुम्किवास वा दाउन्नेमा बास बसाली दाउन्ने र त्रिवेणीको पछि मात्र लुम्बिनीको यात्रा गराएमा पर्यटन विकासमा गतिलो टेवा पुग्ने प्रष्ट छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]