गैँडाकोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गैंडाकोट बाट पठाईएको)
गैंडाकोट नगरपालिका
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपुर जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरमदनभक्त अधिकारी
 • उप मेयरशन्ति कोइराला
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा५५,२०५[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटwww.gaindakotmun.gov.np

गैंडाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा अवस्थित एक नगरपालिका हो ।[२] गैडाकोट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[३] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा गैंडाकोट, मुकुन्दपुरअमरापुरी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[४] गैंडाकोट नगरपालिकामा १३,०२४ घरधुरि छन ।[१] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गैंडाकोट पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

परिचय[सम्पादन गर्नुहोस्]

नारायणी नदीको पुल तरेपछि सुरू हुने पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलनवलपरासी जिल्लाको सबैभन्दा पहिले आउने ठाँउलाई गैंडाकोट भनिन्छ । शिलान्यास भन्ने ठाउँ, जुन तत्कालीन राजा श्रि ५ राजा महेन्द्रले पूर्व पश्चिम राजमार्गको बाटो निर्माण गर्दा सबै भन्दा बिचको खण्ड भनेर शिलान्यास गरी काम सुरू गराएका थिए । यसका अलावा यहाँको मौलाकालिका देवीको मन्दिर, दिब्यधाम, देवघाटधामको पारीपट्टी पर्ने दोभान, विभिन्न वेदाश्रमहरू पर्यटकिय एवं धार्मिक हिसावले प्रख्यात स्थानहरू हुन । यसका साथै चीनले बनाइदिएको नेपालको सवै भन्दा ठूलो कागज कारखाना भृकुटी पल्प एण्ड पेपर लिमिटेड, लुम्बिनी ग्याँस, कोसी ग्याँस, कुखुराको मासु कारखाना, डिष्टिलरी आदी कारखानाहरू प्रमुख छन । भित्री मधेस पर्ने हावापानी राम्रो भएको यहाँ पानी केही बढी पर्छ भने नारायणी नदीको कारण जाडोमा हुस्सु पनि बढी लाग्छ । बढ्दो शहरीकरणले गर्दा कुनै बेला गैंडा बढी आउने ठाँउ "गैंडाको कोट" (कोट = घर) गैंडाकोटमा अहिले विरलै गैंडाहरू आउने गर्दछन् । गौंडाकोट वा गैंडाकोटगैंडाकोत तिनैवटा नामहरू उस्तैभएपनि पहिलो गुल्मी जिल्लामा पर्दछ र दोस्रो नवलपरासी जिल्लामा पर्दछ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

गैंडाकोट, मुकुन्दपुरअमरापुरी गाविसहरूलाई मिलाएर गैंडाकोट नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर गैंडाकोट नगरपालिकाको जनसङ्ख्या ५५,२०५ रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  3. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  4. "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच बैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]