सामग्रीमा जानुहोस्

रामग्राम नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामग्राम
रामग्राम स्तूप प्रवेशद्वार
रामग्राम स्तूप प्रवेशद्वार
आदर्श वाक्य(हरू): 
"नगरबासीकाे सराेकार! स्वच्छ,पारदर्शी र विकासमुखी स्थानीय सरकार"
रामग्राम is located in लुम्बिनी प्रदेश
रामग्राम
रामग्राम
नक्सामा रामग्रामको अवस्थिति
रामग्राम is located in नेपाल
रामग्राम
रामग्राम
रामग्राम (नेपाल)
निर्देशाङ्क: २७°३२′उ॰ ८३°४०′पू॰ / २७.५३३°N ८३.६६७°E / 27.533; 83.667निर्देशाङ्कहरू: २७°३२′उ॰ ८३°४०′पू॰ / २७.५३३°N ८३.६६७°E / 27.533; 83.667
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[१]
नगरपालिकावि.सं. २०५३ चैत्र १४
समावेश (गाविस)परासी आदर्श, उनवछ, मन्झरिया र जमुवाड
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
समावेश (गाविस)सनई (४-५), सुक्रौली, हकुई, अम्रेठ, बन्जरियादेवगवा
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २७[२]
सरकार
 • नगरप्रमुखधनपत यादव (नेपाल कम्युनिष्ट पार्टी (एमाले))
 • उपप्रमुखसम्झना चौधरी (राष्ट्रिय प्रजातन्त्र पार्टी)
क्षेत्रफल
 • जम्मा१२८.३२ किमी (४९.५४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६४,०१७
 • घनत्व५००/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
३३०००
क्षेत्रीय सङ्केत०७८
वेबसाइटwww.ramgram.gov.np

रामग्राम नगरपालिका नेपालको लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[५]मा पर्ने एक नगरपालिका हो। तत्कालिन नवलपरासी जिल्ला टुक्रिएर दुई वटा जिल्ला बनेपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम रहेको परासी[६] बजार यसै नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो।[७] तत्कालिन नवलपरासी जिल्लामा रहेका तत्कालिन परासी आदर्श, उनवछ, मन्झरिया र जमुवाड गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यस नगरपालिका क्षेत्रमा ऐतिहासिक बुद्धकालीन रामग्राम स्तूप रहेको छ जसलाई युनेस्कोले सन् १९९६ मा आफ्नो सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ।[८][९]यो १८ वटा वडामा विभाजित छ।[१०] रामग्राम नगरपालिकाको पूर्वमा सरावल गाउँपालिका, त्यस्तै यसको पश्चिममा रुपन्देही जिल्ला, उतरमा सुनवल नगरपालिका तथा दक्षिणमा पाल्हीनन्दन गाउँपालिका रहेका छन्।

गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तूपका नाममा यस नगरपालिकाको नामाकरण गरिएको हो।[११][१२]

क्षेत्रगत फैलावट

[सम्पादन गर्नुहोस्]

नेपाल राजपत्रमा वि.सं. २०५३ चैत्र १४ गते प्रकाशित सूचना अनुसार तत्कालिन परासी आदर्श, उनवछ, मन्झरिया र जमुवाड गाविसहरूलाई मिलाएर यो नगरपालिकाको स्थापना भएको हो। वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय बमोजिम यस नगरपालिकामा १८ वडा रहेका छन्।[१३][१४][१५]

स्थानीय तह पुनर्संरचना आयोगले वि.सं. २०७३ फाल्गुन २२ गते गरेको सिफारिसलाई नेपाल सरकारले अनुमोदन गरि नेपाल राजपत्रमा वि.सं. २०७३ फाल्गुन २७ गते प्रकाशित गरेपछि यस नगरपालिकामा वर्तमान नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[१६] जिल्लाका तत्कालिन सनईको वडा ४ र ५, सुक्रौली, हकुई, अम्रेठ, बन्जरियादेवगवा गाउँ विकास समितिलाई सम्मिलित गरिएको थियो।[२] नगरपालिकाको कुल क्षेत्रफल १२८.३२ वर्ग किलोमिटर रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामग्राम नगरपालिकाको कुल जनसङ्ख्या ६४,०१७ रहेको छ भने यहाँ १३,१३७ घरधुरी रहेका छन्।[१०]

भगिनी सम्बन्ध कायम रहेका सहरहरू

[सम्पादन गर्नुहोस्]

रामग्रामको निम्नलिखित सहरहरूसँग भगिनी सम्बन्ध रहेको छ[१७]:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५ 
  2. २.० २.१ "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  3. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  4. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  5. "नयाँ जिल्ला अदालत स्थापना गर्ने सूचना", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२ 
  6. "जिल्ला परिचय", जिप्रका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२१, "सदरमुकाम परासी" 
  7. "पूर्वी नवलपरासी अब ‘नवलपुर’", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०७ 
  8. "रामग्राम स्तुप क्षेत्रमा जियोफिजिक्स सर्भे शुरु", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०७, "रामग्राम स्तुप युनेस्कोको विश्व सम्पदाको सम्भावित सूचीमा छ।" 
  9. "ऐतिहासिक स्थल रामग्राम स्तूप क्षेत्रमा स्थानीय बसिन्दाले गरे रोपाइँ", जागरण पोस्ट (नेपालीमा), २०२०-०७-२१, अन्तिम पहुँच २०२२-०२-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०७ मिति
  10. १०.० १०.१ "नेपाल जनगणना वि.सं. २०६८", अन्तिम पहुँच फेब्रुअरी २०२२ 
  11. "रामग्रामको रहस्य", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०७ 
  12. "काठमाडौँ महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०७ 
  13. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  14. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  15. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  16. "नेपालमा अब ७७ जिल्ला !", बाह्रखरी, अन्तिम पहुँच २०२२-०२-०८ 
  17. "तीव्र विस्तार गर्दै भगिनी सम्बन्ध", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२१ 
  18. "रामग्राम र काठमाडौंबीच भगिनी सम्बन्ध", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२१ 
  19. "रामग्राम र बाओजी सिटीबीच भगिनी सम्बन्ध", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२१ 
  20. "स्पेनको नगरपालिका र लुम्बिनी प्रदेशका ४ पालिकाबीच भगिनी सम्बन्ध", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]