सामग्रीमा जानुहोस्

सुस्ता गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुस्ता गाउँपालिका
सुस्ता गाउँपालिका को सुस्ता गाउँपालिका मा अवस्थिति
सुस्ता गाउँपालिका
सुस्ता गाउँपालिका को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला मा अवस्थिति
सुस्ता गाउँपालिका
सुस्ता गाउँपालिका को लुम्बिनी प्रदेश मा अवस्थिति
सुस्ता गाउँपालिका
सुस्ता गाउँपालिका को नेपाल मा अवस्थिति
सुस्ता गाउँपालिका
निर्देशाङ्क: २७°२८′N ८३°४९′E / 27.47°N 83.82°E / 27.47; 83.82
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
वडा सङ्ख्या
स्थापना२०७३ फागुन २७
सरकार
  अध्यक्षटेकनारायण उपाध्याय (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षगीता चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा९६.५१ किमी (३७.२६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४०,६५५
  घनत्व४२०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
केन्द्रसाविक कुडिया गाविसको कार्यालय
वेबसाइटsustamun.gov.np

सुस्ता गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवस्थित छ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका कुडिया, त्रिवेणी सुस्ता (४), रुपौलिया (३-९), नस्रहीपकलीहवा गाउँ विकास समितिहरूलाई समेटेर सुस्ता गाउँपालिका घोषणा गरिएको थियो।[][]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

सुस्ता गाउँपालिकाको क्षेत्रफल ९६.५१ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा चितवन राष्ट्रिय निकुञ्जभारत पश्चिममा बर्दघाटप्रतापपुर नगरपालिका उत्तरमा चितवन राष्ट्रिय निकुञ्जबर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन् ।[]

सुस्ता गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
रुपौलिया (३-७)६,८३४२१.२२३२२.०५
रुपौलिया (८-९) र कुडिया (१, ५-८)७,१४३११.५०६२१.१३
कुडिया (२-४, ९)६,३०२१०.५५५९७.३५
नस्रही६,७९७१७.०२३९९.३५
पकलीहवात्रिवेणी सुस्ता (४)१३,५७९३६.२३३७४.८०
कुल४०,६५५९६.५१४२१.२५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाइनखबर, अन्तिम पहुँच २०७१ माघ ५
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]