सामग्रीमा जानुहोस्

पाल्हीनन्दन गाउँपालिका

पाल्हीनन्दन गाउँपालिका
पाल्हीनन्दन गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला-को अवस्थिति
पाल्हीनन्दन गाउँपालिका
पाल्हीनन्दन गाउँपालिका
नक्सामा पाल्हीनन्दन गाउँपालिका
पाल्हीनन्दन गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
पाल्हीनन्दन गाउँपालिका
पाल्हीनन्दन गाउँपालिका
नक्सामा पाल्हीनन्दन गाउँपालिका
पाल्हीनन्दन गाउँपालिका नेपाल-को अवस्थिति
पाल्हीनन्दन गाउँपालिका
पाल्हीनन्दन गाउँपालिका
नक्सामा पाल्हीनन्दन गाउँपालिका
निर्देशाङ्क: २७°२९′ उत्तर ८३°४१′ पूर्व / २७.४८° उत्तर ८३.६९° पूर्व / 27.48; 83.69
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
गाउँपालिकावि.सं. २०७३ फागुन २७
सरकार
 • अध्यक्षवैजुप्रसाद गुप्ता (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षफातुमा खातुन अनुसारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४४.६७ किमी२ (१७.२५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,१८६
 • घनत्व८५०/किमी२ (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रसाविक कुस्मा गाविसको कार्यालय
वेबसाइटpalhinandanmun.gov.np

पाल्हीनन्दन गाउँपालिका नेपालको लुम्बिनी प्रदेशमा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवस्थित एक गाउँपालिका हो।[२][३] नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७५३ वटा स्थानीय तहहरू बनाउने निर्णय पारित गरेपछि वि.सं. २०७३ फागुन २७ गते यो गाउँपालिकाको गठन भएको थियो। तत्कालिन नवलपरासी जिल्लाका रामपुरुवा, सनई (१-३,६-९), हरपुर, कुस्मा पाल्ही र गेरमी गाउँ विकास समितिहरूलाई समेटेर यो गाउँपालिकाको घोषणा गरिएको थियो।[४][५][६] पाल्हीनन्दन गाउँपालिकाको कुल जनसङ्ख्या ३८,१८६ रहेको छ ।[७]

भौगोलिक अवस्थिति

[सम्पादन]

पाल्हीनन्दन गाउँपालिकाको क्षेत्रफल ४४.६७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा सरावल गाउँपालिका पश्चिममा रूपन्देही जिल्ला उत्तरमा रामग्राम नगरपालिका तथा दक्षिणमा भारत रहेका छन्।[८]

पाल्हीनन्दन गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१रामपुरुवा३,७४६६.३४५९०.८५
२हरपुर६,९२४८.१४८५०.६१
३कुश्मा७,५९८९.२५८२१.४१
४पाल्ही६,२९४६.३९९८४.९८
५गेरमी६,९७६५.०८१,३७३.२३
६सनई (१-३, ६-९)६,६४८९.४७७०२.००
कुल३८,१८६४४.६७८५४.८५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  2. ↑ "गाउँपालिका र गाउँपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा गाउँपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, मूलबाट २०१७-०९-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच जेष्ठ १२, २०७४।
  5. ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाइन खबर, अन्तिम पहुँच २०७१ माघ ५।
  6. ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
  7. ↑ "गाउँ र गाउँपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
  8. ↑ "गाउँपालिका र गाउँपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]