रुपन्देही जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूपन्देही
भगवान गौतम बुद्धको जन्म थलो लुम्बिनी
भगवान गौतम बुद्धको जन्म थलो लुम्बिनी
नेपालको नक्शामा रूपन्देही जिल्ला (रातो)
नेपालको नक्शामा रूपन्देही जिल्ला (रातो)
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चललुम्बिनी अञ्चल
जिल्लारूपन्देही जिल्ला
सदरमुकामभैरहवा
क्षेत्रफल
 • जम्मा१,३६० किमी (५३० वर्ग माइल)
उच्चतम उचाई
१,२१९ मिटर (३,९९९ फिट)
न्यूनतम उचाई
१५२ मिटर (४९९ फिट)
जनसङ्ख्या
 (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[१][२]
 • जम्मा८८०,१९६
 • घनत्व६४७/किमी (१,६८०/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताब्राह्मण, क्षेत्री, बिश्वकर्मा मगर, गुरुङ, नेवार
भाषा
 • मुख्य भाषाहरूनेपाली, अवधी, भोजपुरी, नेवारी, थारु, मगर
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-७१
गाविस संख्या५०
नगरपालिकाहरू
उपमहानगरपालिकाबुटवल
वेबसाइटwww.ddcrupandehi.gov.np

रूपन्देही जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लाहरू मध्ये तराईमा पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिन्छ।[३]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

राष्ट्रिय जनगणना २०६८ अनुसार रूपन्देही जिल्लाको कूल जनसङ्ख्या ८,८०,१९६ जना मध्ये पुरुष ४,३२,१९३ जना र महिला ४,४८,००३ रहेका छन ।[१][२]

=== चर्चित व्यक्ति === * कृषक पिता देव धवल

 === शिक्षा ===
  • न्यूहोराइजन स्कुल
  • अक्सपोर्ट कलेज
  • अन्नपुर्ण कलेज

भौगोलिक अवस्था[सम्पादन गर्नुहोस्]

  • क्षेत्रफल : १,३६०.७० वर्ग किलोमिटर [४]
  • अवस्थिति: ८३.०१२.१६ देखि ८३०.३८-७ पूर्व( देसान्तर) २७०-२०-००देखि २७०-४७-२४ उत्तर (अक्षांश)
  • सिमाना: पूर्व नवलपरासी जिल्ला, पश्चिम कपिलवस्तु जिल्ला, उत्तर पाल्पा र दक्षिण भारतको उत्तर प्रदेश राज्य
  • उचाई : १५२ मिटर देखि १२१९ मिटर सम्म (समून्द्री सतहदेखि)[४]
  • तापक्रम: न्यूनतम ८-७५ डिग्री सेल्सियस, अधिकतम ४२-४ डिग्री सेल्सियस
  • औषत वर्षा : १३९१ मी मी
  • हावापानी: उष्ण प्रदेशीय
  • मुख्य नदीहरू : तिनाउ, रोहीणी, दानव, कोठी, महाव, कञ्चन, बधेला,
  • प्रमुख तालहरू: गैडहवा, बिष्णपुरा, चिल्हिया

समुद्र सतहबाट १५२ मिटर देखि १२१९ मिटर सम्मको उचाईमा यो जिल्ला अवस्थित छ। यस जिल्लाको कुल क्षेत्रक्रल १३६७.७० वर्ग किलोमिटर रहेको छ। यस जिल्लामा ६० गाउँ विकास समिति, ५ नगरपालिका, १ उपमहानगरपालिका १७ इलाका र ५ संसदीय निर्वाचन क्षेत्रहरू छन्।[४]

जिल्लाको नामाकरण[सम्पादन गर्नुहोस्]

यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसँग जोडिएको छ। गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपूरमा जन्मिएकी थिइन। उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रूपिदेवी भनिन्थ्यो र त्यही शब्द रूपिदेवीवाट रूपिन्देही र रूपन्देही भएको हो भन्ने भनाई छ।[३]

जनजिवन[सम्पादन गर्नुहोस्]

यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन। राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१%ले अवधी, २४%ले नेपाली, ९% लेथारु र ६%ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ।[३]

यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ। यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमीनका सिंचाई सुविधा उपलब्ध छ। सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन्। समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन्। बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्त्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन्।[३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]