सिद्धार्थनगर नगरपालिका

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सिद्धार्थनगर नगरपालिका
—  नगरपालिका  —
सिद्धार्थनगर नगरपालिका is located in Nepal
सिद्धार्थनगर नगरपालिका
सिद्धार्थनगर नगरपालिका
नेपालमा सिद्धार्थनगर नगरपालिकाको अवस्थिति
निर्देशाङ्क (सिद्धार्थनगर): २७°३०′२३″ उत्तर ८३°२६′१५″ पूर्व / २७.५०६३९° उत्तर ८३.४३७५०° पूर्व / 27.50639; 83.43750निर्देशाङ्क: २७°३०′२३″ उत्तर ८३°२६′१५″ पूर्व / २७.५०६३९° उत्तर ८३.४३७५०° पूर्व / 27.50639; 83.43750
देश  नेपाल
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल लुम्बिनी अञ्चल
जिल्ला रुपन्देही जिल्ला
स्थापना २०२४ र २०४७ जेष्ठ २८
सरकार
 - प्रकार नगरप्रमुख
 - कार्यकारी अधिकृत बिष्णु दत्त गौतम
क्षेत्रफल
 - जम्मा ३६.०३ किमी (१३.९ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा १०८,५५८
 - जनघनत्व ३,०१३/किमी (७,८०३.६/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-७१
वेबसाइट siddharthanagar.org.np

सिद्धार्थनगर नगरपालिका लुम्बिनी अञ्चलको रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको एक औद्योगीक नगर हो। यो नगर सिद्धार्थ राजमार्ग द्वारा नेपालको अन्य स्थानहरूसँग जोडीएको छ। यो पश्चिम नेपालको भारत संगको एक प्रमुख पारवहन नाका पनि हो।[१]

परिचय[सम्पादन गर्ने]

रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपालभारतको सिमानामा पर्ने पाँचवटा मुख्य प्रवेशद्वार मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित तथा भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट सम्बोधित यस नगरको पाश्र्वचित्र तयार गर्ने जमर्को गरिएको छ । भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम हो । हाल सिद्धार्थनगर नगरपालिका वडा नं. ७ मा पर्ने भैरहवा गाउँ नै पुरानो थलो हो । यसको नामकरण के कसरी भयो भन्ने शोध खोज गर्दा पाल्पामा अवस्थित भैरवस्थानको गुठी भएकोले भैरव भन्दै जाँदा यसमा हवा (स्थान) जोडेर भैरहवा भन्न थालिएको हो भन्ने परम्परा रहिआएको छ । रूपन्देही जिल्लाको सदरमुकाम बेथरीमा रहिआएकोमा वि.सं. १९९१ मा भैरहवामा सारिएका थियो ।[२]

सांस्कृतिक परम्परा र मान्यताहरू[सम्पादन गर्ने]

यहाँ रहेका विभिन्न स्मारक तथा कलावस्तुहरूले यसको पुरानो अस्तित्व प्रमाणित गर्न सघाएका छन् । सांस्कृतिक परम्परा र मान्यताहरू मानवीय आस्था, विश्वास, परम्परा, आदर्शता, साहित्य, भाषा, कला, धर्म, दर्शनादिको प्रतिबिम्ब र आध्यात्मिक जीवनको दर्पण भएकाले अभ्यस्त एवं पारखीपूर्ण नेत्रको निम्ति यी निधि खुला पुस्तकको रूपमा रहेका छन् । प्रत्येक वस्तु र परम्परामा मूर्त एवं अमूर्त संस्कृति प्रतिविम्बित हुन्छ । एक्काईसौं शताब्दीको फूर्सदिलो एवं मनोरञ्जनमा रमाउन चाहने मानवले विश्वको कुनाकाप्चामा पुगी प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रसस्वादन गर्ने क्रममा यस्ता परम्पराहरू अत्यन्त आकर्षक एवं मनमोहक भएको तथ्य विशेष स्मरणीय छ । वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भए पछि वस्ति विकासको गतिमा तीव्रता आएको पाईन्छ । यस नगर क्षेत्रमा १२३ भन्दा बढी मठ, मन्दिर, विहार, मस्जिद, चर्च, गुम्बा आदि रहिआएका छन् ।[२]

विकास[सम्पादन गर्ने]

स्थानीय विकासमा जनसहभागिताको अपरिहार्यता रहेको तथ्य महसुस गरी स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली, २०५६ समेत प्रभावकारी रहेको छ । यस स्थानीय स्वायत शासन ऐन र नियमावलीमा योजना तर्जुमाका निमित्त नगरपालिकाको अद्यावधिक पाश्र्वचित्र तथा श्रोत नक्साहरूको प्रयोग गर्नु पर्ने व्यवस्था रहेको हुँदा नगरपालिकाको सर्वाड्डिण विकासको लागि योजनाकर्ता तथा विकासकर्तालाई सवै क्षेत्रको वस्तुस्थितिको जानकारी हुनुपर्दछ । जसको लागि तथ्याड्ढ एवं सूचनाको आवश्यकता पर्दछ । यसले विकासको अवधारणालाई सहभागितात्मक र प्रजातान्त्रिक प्रक्रियासंग आवद्ध गर्न सहयोग पुर्याउने देखिन्छ । स्थानीय जनसहभागिताको आधारमा स्थानीय साधन र स्रोतकोे अधिकतम उपयोग, आङ्खनो आवश्यकता आफै पहिचान गर्ने, स्वयं कार्यान्वयन, आन्तरिक प्रविधि र सीपको उपयोग तथा निर्णय प्रक्रियामा स्वयं संलग्न रहने जस्ता व्यवहारको विकास र विस्तार गर्न पारदर्शिताको समेत आवश्यकता पर्दछ । प्रत्येक नागरिकलाई आ-आफ्नो योग्यता र क्षमताको आधारमा विकास निर्माण कार्यमा संलग्न गराउने प्रजातान्त्रिक वातावरण सिर्जना गर्न गराउनमा विकासका पूर्वाधारहरु जस्तैः– शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत, पिउने पानी, सामाजिक सुरक्षा, आर्थिक अवस्था, वातावरण आदि पक्षको जानकारी आवश्यक पर्ने हुदा बस्तुगत विवरण उपयोगी हुने गर्दछ।[२]

जनसंख्या[सम्पादन गर्ने]

राष्ट्रिय जनगणना २०६८को बिबरणका आधारमा जम्मा जनसंख्या १,०८,५५८ रहेको मध्ये महिलाः ५२,८६६ र पुरूषः ५५,६९२ हरू १८,७६३ घरधुरीमा बसोबास गर्दछन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]