कोटहीमाई गाउँपालिका
स्वरूप
कोटहीमाई गाउँपालिका | |
|---|---|
| निर्देशाङ्क: २७°३८′३९″N ८३°१६′२९″E / 27.644070°N 83.274645°E | |
| देश | |
| प्रदेश | लुम्बिनी प्रदेश |
| जिल्ला | रुपन्देही |
| स्थापित | २७ फागुन २०७३ |
| सरकार | |
| • अध्यक्ष | बालकृष्ण त्रिपाठी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) |
| • उपाध्यक्ष | शुशिलाकुमारी यादव (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) |
| क्षेत्रफल | |
| • जम्मा | ५८.२६ किमी२ (२२.४९ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ४५,९४५ |
| • घनत्व | ७९०/किमी२ (२०००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-०७१ |
| केन्द्र | साविक मझगावा गाविसको कार्यालय |
| वेबसाइट | आधिकारिक वेबसाइट |
कोटहीमाई गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। विसं २०७४ सालमा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा रुपन्देही जिल्लामा साविकका सक्रौनपकडी, सिपवा, मझगावा, मर्यादपुर, र बैरघाट गाउँ विकास समितिहरूलाई समेटेर कोटहीमाई गाउँपालिका बनाइएको थियो।[३] यस गाउँपालिकाको कूल जनसङ्ख्या ३०,३७२ रहेको छ । यसको क्षेत्रफल ४४.३१ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको मझगावा गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोटहीमाई गाउँपालिकाको कुल जनसङ्ख्या ४५,९७५ रहेको छ भने यहाँ ७,५३५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति
- ↑ "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ १०।