सैनामैना नगरपालिका
सैनामैना नगरपालिका | |
|---|---|
| निर्देशाङ्क: २७°२८′०२″N ८३°१६′३०″E / 27.46716°N 83.27491°E | |
| देश | |
| प्रदेश | लुम्बिनी प्रदेश |
| जिल्ला | रुपन्देही |
| स्थापित | २७ फागुन २०७३ |
| सरकार | |
| • नगरप्रमुख | फणेन्द्रप्रसाद शर्मा (नेपाली काङ्ग्रेस) |
| • उपप्रमुख | विना राना (नेकपा (एमाले)) |
| क्षेत्रफल | |
| • जम्मा | १६२.१८ किमी२ (६२.६२ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ७८,३९३ |
| • घनत्व | ४८०/किमी२ (१३००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-०७१ |
| केन्द्र | साविक दुधराक्ष गाविसको वडा नम्बर ३, बुद्धनगर |
| वेबसाइट | आधिकारिक वेबसाइट |
सैनामैना नगरपालिका लुम्बिनी प्रदेशको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्व बुटवल उप–महानगरपालिका, पश्चिममा सालझण्डी गाविस, उत्तरमा पाल्पाको कचल र बल्डेङगढी गाविस, दक्षिणमा खडवा वनगाई, गजेडी र सूर्यपुरा गाविस यी चार किल्ला भित्र अवस्थित पर्रोहा र दुधराक्ष २ गाविसको मिलनबाट बनेको नगरपालिका हो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा सालझण्डी गाविसलाई पनि यसमा गाभिएको थियो।।[३][४] पूर्व बनकट्टा देखि पश्चिम वनकट्टीसम्म करिब १२ कि.मी. पूर्व पश्चिम लोकमार्गको भाग यस नगरपालिकामा पर्दछ। हाल यस नगरपालिकामा १२ वटा वडा रहेका छन्।[५] तिब्र बसाई सराईले गर्दा दिन प्रतिदिन जनसङ्ख्या अत्यधिक बृद्धि भईरहेको छ । नगरपालिका भित्र सबै जातजाती, भाषाभाषी संस्कृति एवं परम्पराको समीश्रण रही सुमधुर सम्बन्ध सहितको बसोबास पाईन्छ ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सैनामैना नगरपालिकाको कुल जनसङ्ख्या ७८,३९३ रहेको छ भने यहाँ १९,४४५ घरधुरी रहेका छन्।[२]
| नयाँ वडा | समावेश साविकका गाविसहरू | जनसङ्ख्या | क्षेत्रफल (वर्ग कि.मी.) | जनघनत्व (व्यक्ति/वर्ग कि.मी.) |
|---|---|---|---|---|
| १ | पर्रोहा (२,६) | १२,०७५ | १३.११ | ९२०.९० |
| २ | पर्रोहा (५) | ५,६६५ | १३.७४ | ४१२.३० |
| ३ | पर्रोहा (४) | ६,२०४ | ८.६५ | ७१७.२३ |
| ४ | पर्रोहा (१,७-८) | ९,२७१ | ७.०५ | १३१५.०४ |
| ५ | पर्रोहा (३,९) र दुधराक्ष (३,६) | ८,५१० | १६.०४ | ५३०.५५ |
| ६ | दुधराक्ष (१-२) | ७,६७८ | २२.३१ | ३४४.१५ |
| ७ | दुधराक्ष (७) | ५,५९६ | ८.३५ | ६७०.१८ |
| ८ | दुधराक्ष (५,८) | ५,४८३ | ६.५४ | ८३८.३८ |
| ९ | दुधराक्ष (४,९) | ४,५७२ | २१.४ | २१३.६४ |
| १० | सालझण्डी (१–४) | ६,८८४ | ३६.९३ | १८६.४१ |
| ११ | सालझण्डी (५–९) | ६,४५५ | ८.०६ | ८००.८७ |
| जम्मा | ७८,३९३ | १६२.१८ | ४८३.३७ | |
धार्मिक तथा ऐतिहासिक महत्त्व
[सम्पादन गर्नुहोस्]ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्त्व बोकेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्वका स्थलहरु रहेको यो नगरपालिकाका गहनाको रूपमा पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, बोलबम पर्यटकीय पार्क विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया आदि छन् । २ सरकारी तथा १ निजी गरी ३ क्याम्पस, सरकारी तथा निजि स्तरका उच्च माध्यमिक विद्यालय, माध्यमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालय गरी ३२ शिक्षण संस्थाहरु रहेका छन् । सरकारी निकायहरूमा नगरपालिका, इलाका प्रहरी कार्यालय, इलाका हुलाक कार्यालय, कृषि सेवाकेन्द्र पशु सेवाकेन्द्र, ईलाका वन कार्यालय, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी, कृषि विकास बैङ्क लगायत अन्य बैङ्क तथा वित्तीय संस्थाहरु तथा थुपै् गैर सरकारी संस्थाहरु रहेका छन् ।
विकास
[सम्पादन गर्नुहोस्]जन प्रतिनिधि विहिन वर्तमान अवस्थामा यहाँका राजनीतिक दलहरु बीचको विकास प्रतिको एक्यवद्धता आम नागरिकहरु तथा सरोकारवालाको विकास प्रेमी भावनाका कारण स्थानीय निकाय सञ्चालन गर्न सहजता भएको छ । यस नगरपालिकामा विकासका सम्भावनाहरु धेरै छन् । कृषि, उद्योग–ब्यापार, पर्यटनलाई यहाँका नागरिकको आम्दानीको स्रोत बनाउन सकिन्छ । खुला दिसा मुक्त तथा पूर्ण खोप युक्त नगरपालिका धोषणा भै सकेको यो नगरपालिका अव पूर्ण साक्षर युक्त नगरपालिका तर्फ लम्की रहेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "७२ नगरपालिका थपिए", अन्नपूर्ण पोष्ट, २५ बैशाख, २०७१, अन्तिम पहुँच २५ वैशाख, २०७१।
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", अन्नपूर्ण पोष्ट, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५। अभिलेखिकरण २०१७-०९-२२ वेब्याक मेसिन
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। अभिलेखिकरण २०१५-०२-१३ वेब्याक मेसिन