देवदह नगरपालिका
देवदह नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | पश्चिमाञ्चल |
अञ्चल | लुम्बिनी अञ्चल |
जिल्ला | रुपन्देही जिल्ला |
स्थापना | २०७१ वैशाख २५ |
सरकार | |
• प्रकार | नगरप्रमुख |
• कार्यकारी अधिकृत | गणेश घिमिरे |
क्षेत्रफल | |
• जम्मा | १६२.२ किमी२ (६२.६ वर्ग माइल) |
जनसङ्ख्या (वि.स.२६८) | |
• जम्मा | ४२,९५३ |
• घनत्व | २६०/किमी२ (६९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७१ |
वेबसाइट | www |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
देवदह नगरपालिका लुम्बिनी अञ्चल, रुपन्देही जिल्ला मा अवस्थित नगरपालिका हो ।
परिचय[सम्पादन गर्नुहोस्]
प्राचिन कोलीय राज्यको राजधानी देवदह पश्चिमाञ्चलको रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रूपमा प्रशिद्ध रहेको छ । देवदह नगरपालिका नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गाउँ विकास समितिहरू मिलेर बनेको हो ।[१][२] यस नगरपालिकामा २०६८ को जनगणना अनुसार ९५६७ घरधुरी र ४२९५३ जनसङ्ख्या रहेको छ ।[३] यस नगरपालिकाको पूर्वमा सुनवल नगरपालिका पश्चिममा बुटवल उप-महानगरपालिका उत्तरमा पाल्पा जिल्लाको गोठादी गाविस, चुरे पहाड र दक्षिणमा सिक्टहन गाविसको बिचमा पर्यटकीय नगरी को रूपमा रहेको छ । कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको, विभिन्न जातजातीहरूको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रूपमा रहेको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "७२ नगरपालिका थपिए", अन्नपूर्ण पोष्ट, २५ बैशाख, २०७१, अन्तिम पहुँच २५ बैशाख, २०७१।
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", अन्नपूर्ण पोष्ट, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- हाम्रो देवदह, हाम्रो गौरव वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-०१ मिति
- देवदह संरक्षण प्रतिष्ठान वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२२ मिति