देवदह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवदह
देवदह
city
जनसङ्ख्या
 (2011)
 • जम्मा२८२१४ population_density =

देवदह नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एक हो। यो ठाउँमा ६४३५ वटा घर छन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१को जनगणना अनुसार देवदहको जनसङ्ख्या २८,२१४ छ।[१] यस मध्य पुरुष १२,८३६र महिला १५,३७८ जना छन्।

लुम्बिनीबाट ५४ कि. मि. पूर्व देवदह पर्दछ। यो बुद्धको मामाघर अर्थात उनको आमा मायादेवी र उनलाई हुर्काउने सानी आमा गौतमीको माइती घर थियो। यसलाई कोलियनगर, व्याग्रपुर, देवदह वा रामग्राम पनि भन्छन्। बनारसका राजा राम र कपिलवस्तुको रानी पि्रयाबाट कोलीय वंश सुरू भएकोले यस राज्यलाई कोलियनगर भनिएको थियो। देबदह एउटा एतिहासिक नगर हो।

दिगनिकायको महापरिनिर्वाणसुत्त अनुसार गौतम बुद्धको मृत्युपछि उनको अवशेष आठ भागमा विभाजन गरिएको थियो। उक्त आठ भागमध्ये एक भाग रामग्रामका कोलियले प्राप्त गरेका थिए। कोलीय राजाले उक्त अवशेष राखी स्तूपा निर्माण गरेका थिए। पछि अशोकले ८४,००० स्तूपाहरूको निर्माण गर्न सातवटा अवशेष भएको स्तूपा खोले पनि रामग्राम स्तूपा खोल्न नसकेको उल्लेख छ।

देवदह विशेष[सम्पादन गर्नुहोस्]

देवदह गौतम बुद्धको मावली स्थान हो । देवदह भन्नाले अहिले नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एक नगरपालिकाको नाम हो। सुन्दर हिमालहरू धौलागिरी र अन्नपुर्ण हिमश्रीन्खलाको माथि महाभारत मुनि चुरे काखमा अबस्थित पवित्र भुमि लुम्बिनीदेखि करिब ३५ कि. मि. उत्तरपूर्वमा देवदह पर्दछ। हरियो जंगल बीचमा बनेको पूर्वपस्चिम राजमार्गले यो पबित्र ठाउँमा पुग्न अझ सजिलो बनायको छ।अहिले यहाँ पुग्न लुम्बिनि अञ्चल, रूपन्देही जिल्लाको मुख्य सहर बुटवलदेखि महेन्द्र राजमार्ग हुदै पूर्व १३ कि.मि. गएपछी देवदह गा.वि.स. अन्तर्गत शितलनगर भन्ने ठाउँबाट दक्षिण ४ कि.मि.मा पर्दछ। यहाँ त्यति बेला देखिका अनेकौ स्तम्ब र पुरातात्विक सामग्रीहरू प्रमाणका रूपमा आज पनि प्रत्येक्क्ष रूपमा देख्न पाईन्छ। त्यस सम्बन्धमा विभिन्न सामग्रीहरू तल दिईएका छन्। यद्यपि कहि-कही नवलपरासीको रामग्राम क्षेत्रलाई पनि देवदह हो भन्ने पनि गरिन्छ।

देवदहमा बुद्धप्रतिमा[सम्पादन गर्नुहोस्]

देवदहमा बुद्धप्रतिमा देवदह माईति आउदा आउदै महारानी मायादेवीका कोखबाट लुम्बिनीमा जन्मनु भएका राजकुमार सिद्धार्थ शाक्य १० दिनमै आमाको स्वर्गाहरण भयकोले आफ्नी आमाकी बहिनि तथा कान्छी आमा महारानी प्रजापतिको दुध खादै आफ्ना मावली देवदहमा सानैमा बामे नसर्दै पदार्पण गर्नु भएको र पछि पटक पटक मावली आइ यहि हुर्कनु भएको भन्दा फरक नपर्ला। आफ्नो समयका युवाहरूमा सबभन्दा बढी सामार्थवान भएर देवदहकै परीक्षा मैदानमा सिद्धार्थले राजकुमारी यसोधरालाई प्रतियोगीतामा जितेर बरण गर्नुभएको थियो।

कुमारवर्ति[सम्पादन गर्नुहोस्]

यो ठाउँ रोहिणी नदिको किनारमा मक्रहर गो.वि.स.मा पर्दछ। कपिलबस्तुबाट देवदह आउँदा मायादेवी र प्रजापति बास बसेकोले यो ठाउँको नाम मायारानी र प्रजारानी रहन गएको हो। पछि अपभ्रम्स भएर मदरानी र पेडरानी नाउँ रहन गयो। यहाँ मायारानी र प्रजारानीका मुर्तिहरू भएको मन्दिर र प्राचिन दुइ इनार भेटिएका छन।

रोहिणी नदी[सम्पादन गर्नुहोस्]

यो एक पबित्र नदि हो। प्राचिनकालमा यो कपिलवस्तु शाक्य राज्यको पूर्वी सिमा र देवदह शाक्यवंश ( कोलियराज्य )को पश्चिमी सीमा नदि थियो।

खयरडाडा[सम्पादन गर्नुहोस्]

यो अति महत्त्वपुर्ण स्थल मानिन्छ। करिब २ कि.मि. क्षेत्रमा फैलिएको यस ठाउँमा १२ किलो वजन सम्मका इट्टाहरूको खण्डहर छ। यो ठाउँ प्राचिन देवदहनगरको भग्नावशेसको रूपमा रहेको छ। बुद्धकालीन मात्र होइन त्यस अघिका पुरातात्विक महत्त्वका धेरै सामग्रीहरू यहाँ भेटिएका छन् र सम्भावना छ।

वैरीमाई/ कन्यामाई[सम्पादन गर्नुहोस्]

वढीमाई “मायादेवी” र कन्यामाई “प्रजापति गौतमी”को जन्मथलो मानिएको र उहाहरूकै मुर्ति सहितको मन्दिर भनी पूजा गरिने चलन यहाँ छ। तर वैरीमाई र कन्यामाई भन्नासाथ कस्मिर देखि गण्डक क्षेत्रसम्म पुजिने बडीमालिका देवीका मन्दिरहरू समेत हुनसक्ने देखिन्छ। यसै स्थानमा पदमपाणी अबलोकितेस्वरको भाचिएको विसाल प्रस्तर मुर्ति पाईएको छ। यसै ठाउँमा प्राचिन कालका इट्टाहरूको खण्डहर पनि भेतियेकोछ। यसै स्थानलाई प्राचिन धर्मग्रन्थ हरूमा उल्लेखित ब्यग्रपुर/ब्यग्रपथ (हाल बंगला/बङ्गाली) मानिएको छ।बुटवलबाट करिब १३ किलोमीटर पश्चिम आएपछि शितलनगरको मुख्य गेटबाट दक्षिण तिर करिब १.५ किलोमीटर गएपछि हामीले प्रतक्ष्य बैरिमाई रअनि कन्यामाईको प्रतक्ष्य दर्सन गर्न सक्छौ।

भवानीपुर/देबीदमार[सम्पादन गर्नुहोस्]

बैरिमाइ कन्यामाइबाट करिब १ कि.मि. दक्षिणमा पर्ने भवानीपुर देबिदमारलाई पहिलेको देवदह भन्ने पनि चलन छ। यस ठाउमा सेंनकालिन सुर्यको मुर्ति र साथै एक पत्थरको स्थम्ब पनि छ। जसलाई मौर्य सम्राट अशोकले गाडेको लुम्बिनीपछिको दोस्रो अशोक स्तम्भ मानिएको छ र उत्खनन गरेमा यो लुम्बिनीको स्तम्भ जत्तिकै लामो हुन सक्ने अनुमान पनि गरिएको छ। माथि भाचिएकोले त्यो लामो हुन नसक्ने भन्नेहरू पनि छन्। यहाँ एक प्राचिन इनार पनि भेटिएको छ।

माथागढी[सम्पादन गर्नुहोस्]

माथागढी चुरे पहाडको टुप्पोमा भएको यो गडी अति नै ठुलो शक्तिपिठ मानिन्छ। त्यसैले यसको नाम नै माथा अर्थात माता (देबी) गढी रहेको छ। यहाँ हरेक वर्ष मेला लाग्छ र भब्य पुजा हुन्छ। यहाँ अति पुराना हातहतियार पनि छन्। यो ठाउँ कपिलबस्तु र देवदह राज्यको उत्तरापथ मार्गको द्वार थियो। यहाँ नजीकै दक्षिणपुर्बको दाउन्ने गाउमा सिन्जाका खस राजाहरूको राजधानी रहेको पनि इतिहासमा उल्लेख छ।

कोटियामाई[सम्पादन गर्नुहोस्]

यहाँ एउटा ठुलो पाकरिको रुख छ जसको फेदको गोलाइ ८२ फीट र उचाई करिब ९२ फीट छ। रुखकै नामले नामाकरण गरिएको पाकरि गाउको पाकरिको यो बोट बुद्धकालीन मानिन्छ। सम्भवतः नेपालकै ठुलो र बुढो हुनसक्ने यो बोट सात तले हुनुका साथै अनेक आश्चर्य लिएर उभिएको छ। जस्तै, चराले गुड नलगाउनु, गिद्द् कौवा नबस्नु, हात्ति नजिकनजानु आदि।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच मे १९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति